२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

टुगा आस्थाको एकाई बैठक सम्पन्न, निर्णय प्रमाणितका लागि प्रतिनिधी छनोट

टुगा आस्थाको एकाई बैठक सम्पन्न, निर्णय प्रमाणितका लागि प्रतिनिधी छनोट

टुगा आस्थाको एकाई बैठक सम्पन्न, निर्णय प्रमाणितका लागि प्रतिनिधी छनोट

टुगा आस्थाको एकाई बैठक सम्पन्न, निर्णय प्रमाणितका लागि प्रतिनिधी छनोट

टुगा आस्थाको एकाई बैठक सम्पन्न, निर्णय प्रमाणितका लागि प्रतिनिधी छनोट
पत्रकारितामा क्रियाशिल विगत १३ वर्षदेखि रूपन्देहीलाइ कार्यक्षेत्र बनाइ अर्थ, सुरक्षा, खेल र समसमायिक तथा खोजमूलक विषयमा कलम चलाउँछन् ।
बिहिवार, आश्विन २३ २०८२
बिहिवार, आश्विन २३ २०८२
  • भैरहवा । रुपन्देहीको ठुटीपिपलमा अवस्थित टुगा आस्था विकास बचत तथा ऋण सहकारीले सातौ साधारण सभाको एकाई बैठक सम्पन्न भएको छ । 

    ३ वटा सेवा केन्द्र रहेको सहकारीको ठुटीपिल, कोटिहवा र भैरहवामा भएको एकाई बैठकले विभिन्न १६ वटा प्रस्ताव पारित गरी निर्णय प्रमाणितका लागि ४० जना प्रतिनिधी छनोट गरेको हो ।

    २० वर्ष अगाडि स्थापित ३ वटा सहकारी ६ वर्ष अघि एकीकृत भएको थियो । एकीकरण पछि जिल्ला भर कार्य क्षेत्र रहेको सहकारीमा हाल ७ हजार १ सय ७८ सदस्य रहेको छन । 

    दिगो, सबल र गुणस्तरीय सेवा सहित समुदायमा उत्कृष्ट सहकारीको परिकल्पना सहित सदस्यको सम्बृद्धिका लागि भरपर्दो वित्तिय सेवा प्रदान गर्न, निति ,विधी र उच्च प्रविधिको प्रयोग गर्दै सामुदायिक सहकारी बन्ने ध्येयका साथ संस्था सञ्चालनमा रहेको संस्थाका अध्यक्ष डि.बि थापाले बताए ।  

    संस्थाको कारोबार बढ्दै गएसँगै अवसर र चुनौती पनि बढेकोले यसलाई कार्यकुसशलतापूर्वक सम्पन्न गर्न सबै लाग्नु पर्ने बताउदै आन्तरिक सुशासन र पारदर्शितालाई केन्द्र विन्दुमा राखी संस्थाको समग्र विकास र विस्तारमा क्रियाशिल हुनका लगि विभिन्न योजनाहरु अघि सारिएको अध्यक्ष थापाले बताए । 

    संस्थाका अध्यक्ष डी.बि. थापाको अध्यक्षता  बिहीबार कोटिहवाको पशुपति कलेजमा भएको एकाई सभामा बोल्दै प्रमुख वक्ता सहकारी अभियान्ता प्रकाश भट्टराईले साधारण सभा सहकारीको सर्वोच्च कार्यक्रम भएकोले संस्थाको अवस्था बुझनका लागि पनि अनिवार्य उपस्थिती जनाउनु पर्ने बताए । अहिले सहकारीमा वित्यि संकट आउनु सुशासन अभावको कारण भएकोले सहकारी संस्था पारदर्शी, कानुनी, वित्तिय र नितिको बारेमा सबै मालिकहरुलाई जानकारी हुनुपर्ने बताए । 

    यस्तै भैरहवा सेवा केन्द्रको सभामा बोल्दै प्रमुख वक्ता जिल्ला सहकारी संघका सहायक व्यवस्थापक भुपराज भट्टराईले सहकारीको कार्यक्रम मितव्ययी बनाउदै भड्किलो, अनावश्यक देखावटी रोक्न निर्देशन भएको बताए । उनले घाटा भित्र नाफा खोजिरहेकोले सहकारीका सदस्यलाई आयमुखी बनाउदै परनिर्भर नबनाउन आग्रह गरे । 

    इकाई बैठकमा बोल्दै अतिथिहरुले वित्तिय आधार बलियो रहेको, ३० प्रतिशत तरलता भएको, २५ प्रतिशत शेयर सदस्यमा लगानी भएकोले सबैलाई जोड्नु पर्ने बताए ।  टुगा सहकारीले सदस्य र समुदायमा पारेको सकारात्मक प्रभाव र बिश्वास जितेको बताउदै शेयर सदस्य सचेत भएमा सहकारी दिगो हुने बताए ।

    २१ जना कर्मचारी रहेको संस्थाले राष्ट्रिय तथा अन्तराष्ट्रिय सहकारीका सिद्धान्तहरुलाई आत्मसात गर्दै अघि बढेको र बचत तथा ऋणको माध्यमबाट सदस्यहरुको आर्थिक, सामाजिक तथा सांस्कृतिक रुपान्तरणको लागि काम गर्दै आएको छ । विभिन्न छातासंघहरुमा आबद्ध रहेको संस्थाको सातौँ वार्षिक साधारण सभाको निर्णय प्रमाणित सभा शनिबार गरिने छ । 

    सभामा सबै सेवा केन्द्र स्तरिय साधारण सभाबाट चयन भएका निर्णय प्रमाणित गर्ने प्रतिनीधिहरु, उपसमितिहरु, सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति, सल्लाहकारहरु, कर्मचारीहरुको उपस्थितीमा अन्तिम निर्णय प्रमाणित सभा संस्थाको प्रधान कार्यालयमा हुने संस्थाका सचिव गोकुल पोखरेलले बताए ।

    एकाई बैठकमा कोषाध्यक्ष शारदा देवी पौडेलले आर्थिक प्रतिवेदन, सचिव गोकुल पोखरेलले संस्थाको नितिगत प्रस्ताव र योजना सहितको प्रतिवेदन, लेखा संयोजक रतन बहादुर भण्डारी र उपाध्यक्ष पर्शुराम बास्तोलाले लेखा परिक्षण प्रतिवेदन पेश गरेका थिए । 

    गणपूरक सदस्य सख्याको उपस्थितिमा भएको सभाको अवसरमा गत वर्षको कक्षा १२ को परिक्षामा उत्कृष्ट अंक हासिल गर्ने ८ जना जेहन्दार युवा विद्धार्थीहरुलाई कदर पत्रद्वारा सम्मान गर्नुको साथै पन्ध्र सयको सस्थाको सेयर प्रदान गरि सेयर सदस्यताको प्रमाण पत्र प्रदान गरेको छ । यस्तै सेवा केन्द्रमा सबै भन्दा बढि बचत गर्ने १३ सदस्यलाई असल बचतकर्ता र सबै भन्दा बढि कारोबार गर्ने १३ सदस्यलाई उत्कृष्ट करोबारीको रुपमा सम्मानित गरिएको थियो । 

    सहकारीमा सदस्यहरुका लागि पाँचलाखको दुर्घटना बीमा सुविधा, ऋण बीमा, निःशुल्क रगत सुविधा, समवेदना राहत सुविधा, स्वास्थ्य सेवामा विशेष छुट, सुत्केरी भेटघाट तथा नव दम्पत्ति स्वागत कार्यक्रम, ज्येष्ठ नागरिक सदस्य सम्मान, बाल बचतकर्ता सम्मान लगायतको सुविधा रहेको छ । 

    संस्थामा २०८२ को असाढ मसान्त सम्म ९० करोड पुजी भएको छ । यस्तै ७ करोड ७८ लाख सेयर पूंजी, ६८ करोड २ लाख बचत निक्षेप, ६३ करोड २२ लाख ऋण लगानी, संस्थागत पूंजी ६ करोड ५१ लाख  रहेको छ । संस्थामा १ हजार ६७ जना बाल सदस्य समेत रहेका छन ।

     

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij