२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

६ महिनासम्म रोकिएको अन्तर्राष्ट्रिय उडान अक्टोबर २६ देखि

६ महिनासम्म रोकिएको अन्तर्राष्ट्रिय उडान अक्टोबर २६ देखि

छुट सुविधा दिँदा पनि एअरलाइन्स कम्पनीहरू आकर्षित भएका छैनन् ।

६ महिनासम्म रोकिएको अन्तर्राष्ट्रिय उडान अक्टोबर २६ देखि

६ महिनासम्म रोकिएको अन्तर्राष्ट्रिय उडान अक्टोबर २६ देखि

छुट सुविधा दिँदा पनि एअरलाइन्स कम्पनीहरू आकर्षित भएका छैनन् ।

६ महिनासम्म रोकिएको अन्तर्राष्ट्रिय उडान अक्टोबर २६ देखि
पत्रकारितामा क्रियाशिल विगत १३ वर्षदेखि रूपन्देहीलाइ कार्यक्षेत्र बनाइ अर्थ, सुरक्षा, खेल र समसमायिक तथा खोजमूलक विषयमा कलम चलाउँछन् ।
शुक्रवार, आश्विन २४ २०८२
शुक्रवार, आश्विन २४ २०८२
  • भैरहवा  । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा हिउँदे सिजनका लागि अक्टोबर २६ देखि उडान सुरु हुने भएको छ ।
    लामो समयदेखि नियमित अन्तर्राष्ट्रिय उडानविहीन भएको विमानस्थलमा थाई एयर एसियाले विन्टर सिजन अगावै उडान गर्न लागेको हो । अक्टोबर २८ देखि सुरु हुने विन्टर सिजनको दुई दिन अगावैबाट थाई एयरले उडान अवतरण गर्ने भए पनि अरु एयरलाइन्स कम्पनीले उडानबारे निश्चित गरेका छैनन् । 

    गत वर्ष ५ महिनासम्म भैरहवाबाट नियमित अन्तर्राष्ट्रिय उडान भएका थिए । भैरहवाबाट उडान भर्नका लागि अहिले थाई एयर एशियाले हप्तामा दुई उडान गर्ने गरी अनुमती लिइसकेको छ भने जजीरालगायत अन्य कम्पनीहरु पाइपलाइनमा रहेको छन् । जजीराको हकमा कन्ट्री डाइरेक्टर र विमानस्थलसँग समन्वय भइरहेको छ ।

     
    हिउँदे सिजनका लागि तिहारपछि जजीराले उडान निश्चित गर्ने छ, पहिला पनि नियमित उडान भएकोले सबै सेटअप भइसकेकोले उडान प्रक्रिया समय नलाग्ने कम्पनीको भनाइ छ । 


    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको क्रममा यहाँ ५ वटासम्म अन्तर्राष्ट्रिय विमान कम्पनीबाट उडान भएको थियो । विमानस्थलमा सातामा २०–२२ वटासम्म उडान भएको थियो । 


    अप्रिलदेखि बन्द भएको नियमित अन्तर्राष्ट्रिय उडानअघिको ५ महिनामा २ सय बढी उडानबाट ७ हजार यात्रु हेण्डल गरेको हो । अहिले चार्टर उडानहरु मात्रै सीमित भएको विमानस्थलमा विन्टर सेडुल अक्टोबर २८ देखि सुरु हँुदैछ । त्यसको दुई दिनअघिबाटै थाई एयर एसियाले उडान भर्न अनुमति लिएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीले जानकारी दिए ।


    २०७९ साल जेठ २ गते २५६६औँ बुद्ध जयन्तीको अवसर पारेर गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन भएको थियो । उद्घाटनपश्चात् नेपाल वायुसेवा निगमको नेपाल एयरलाइन्स, संयुक्त अरब इमिरेट्स (युएई) को फ्लाई दुबई, कुवेतको जजीरा एयरवेज, थाइल्याण्डको थाइ एयर एशिया र हिमालय एयरलाइन्सले व्यवसायिक उडान गरेका थिए  । 


    अहिले पनि महानिर्देशक, विमानस्थलका महाप्रबन्धक, नेपाल सरकार, मन्त्रालय र निजी क्षेत्र र सम्पूर्ण सरोकारवाला निकाय नियमित अन्तर्राष्ट्रिय उडान गर्नका लागि झकझकाइरहेका छन् । आशा छ तिहार पछि थप उडानहरु आउने छन् । प्रधान कार्यालयबाट पनि पहल निरन्तर भइरहेका छन् । नयाँ थप आउनका लागि चासो देखाइरहेको भए पनि पुराना एयरलाइन्सको सरदरभन्दा माथि नै यात्रु पाएकोले उनीहरुले निरन्तरता दिने अपेक्षा छ ।  


    आन्तरिकतर्फ २० वटा उडान भइरहेको छ भने एक वर्षको दौरानमा यहाँबाट ७ लाखभन्दा बढी आन्तरिक यात्रुलाई हेण्डल गरेको थियो । अहिले यात्रुहरुको सहजताका लागि आन्तरिकतर्फ फराकिलो नयाँ आगमन कक्ष पनि सञ्चालनमा आएको छ । प्रथान कक्ष पनि फराकिलो बनाइँदै छ भने आन्तरिकतर्फ व्यागेज हेण्डलिङ पनि राखिंदै छ । 

    १ हजार ५७ वटा उडान अवतरण, ६१२५४ ले गरे आवगमन
    गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा एक वर्षको अवधिमा ५ सय ५६ वटा अन्तर्राष्ट्रिय उडान र अवतरण भएको छ । 
    ५ वर्षको अवधिमा यो विमानस्थलबाट १ हजार ५७ वटा उडान अवतरण भएको छ । जसमा २९ हजार ६ सय २१ यात्रु यहाँ ओर्लिएका छन् भने ३१ हजार ६ सय ४१ यात्रु बाहिरिएका छन् । ५ वर्षको अवधिमा कुल ६१ हजार २ सय ५४ जनाले ओहोरदोहर गरेका छन् । 
    चालु आर्थिक वर्षमा १० वटा उडान अवतरण भएको छ, ती सबै चार्टर उडान हुन् ।

     
    आर्थिक वर्ष २०८१-०८२ मा विमानस्थलबाट विभिन्न एयरलाइन्स कम्पनीले २७८ वटा अन्तर्राष्ट्रिय उडान र त्यतीकै संख्यामा अवतरण गरेका हुन् । यी उडानबाट १२ हजार ८३० जना यात्रु भैरहवा झरेका छन् । त्यस्तै ११ हजार १२८ जना भैरहवाबाट बाहिरको गौतमबुद्ध विमानस्थलका सूचना अधिकारी विनोदसिंह रावतले जानकारी दिए । 


    उनका अनुसार आर्थिक वर्ष २०७८-०७९ मा ५६ उडान अवतरणबाट ६ हजार ३ सय १८ ले ओहोरदोहोर गरेका छन् । यस्तै आर्थिक वर्ष २०७९-०८० मा ३१५ उडान अवतरणबाट २८ हजार ९ सय ९८ यात्रुले आवगमन गरेका छन् । यस्तै २०८०÷०८१ मा १२० उडान अवतरणबाट १ हजार ९ सय ७६ जनाले ओहोरदोहर गरेका छन् ।


    गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटनसँगै कुबेतको जजीरा एयरवेजले भैरहवामा उडान भरेको थियो । विभिन्न कम्पनीका विमानले भैरहवामा १३ वटा चार्टड उडान गरेका छन् । अप्रेल, मे मा ९ वटा, जुन र जुलाईमा २–२ वटा चार्टड विमानले अवतरण गरे भने सोही संख्यामा उडान गरे । 


    चार्टरअन्तर्गत अन्तर्राष्ट्रिय विमानहरु ल्याण्डिङ र पार्किङ्को लागि मात्र आउने गर्छन् । भैरहवामा ल्याण्डिङ र पार्किङ् निःशुल्क भएकोले केही अन्तर्राष्ट्रिय विमानहरु पार्किङ्को लागि मात्र भैरहवा आउने

    गर्छन् ।

    छुट सुविधा कायम हुँदा पनि आकर्षित भएनन् एअरलाइन्स कम्पनी 

    सरकारले भैरहवा र पोखरा विमानस्थलमा अन्तर्राष्ट्रिय उडान गर्ने विदेशी वायुसेवालाई आकर्षित गर्न विभिन्न छुट सुविधाहरू प्रदान गरेको छ ।

    अन्तर्राष्ट्रिय उडानका लागि हवाई टिकटमा लाग्ने प्रतियात्रु ३ हजार रुपैयाँको यात्रु सेवा शुल्कमा छुट दिइएको छ । साथै, दुवै विमानस्थलमा पार्किङ्, ल्याण्डिङ र न्याभिगेसन शुल्कमा पूर्ण छुटका साथै नेपाल एयरलाइन्सले प्रदान गर्ने ग्राउन्ड ह्यान्डलिङ शुल्कमा ७५ प्रतिशत छुटको व्यवस्था गरिएको छ ।

    यस्तै इन्धनमा पनि सय डलर छुट दिँदै आए पनि विदेशी विमान कम्पनी आकर्षित हुन सकेका छैनन् ।

     

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij