२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

कार्की नेतृत्वको आयोगप्रति उठेका प्रश्न

कार्की नेतृत्वको आयोगप्रति उठेका प्रश्न

कार्की नेतृत्वको आयोगप्रति उठेका प्रश्न

कार्की नेतृत्वको आयोगप्रति उठेका प्रश्न

कार्की नेतृत्वको आयोगप्रति उठेका प्रश्न
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
शुक्रवार, आश्विन २४ २०८२
शुक्रवार, आश्विन २४ २०८२
  • भदौ २३ गते भएको नवयुवा प्रदर्शनका क्रममा भएको गोली प्रहार र २४ गतेको विध्वंशको छानबिन गर्न गठित पूर्व न्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको आयोगप्रति प्रश्न उठेको छ ।


     आयोगको गठन प्रक्रियाभन्दा पनि कार्कीको सार्वजनिक धारणा र त्यसले आयोगको काममा पार्ने प्रभावका बारेमा प्रश्न उठाइएको हो । कार्की नेतृत्वको आयोग न्यायिक हो । यसले गर्ने छानबिन सत्य र तथ्यमा आधारित हुन्छ भन्ने विश्वास हुनुपर्छ । यस्तो विश्वास जबसम्म मात्रै रहन्छ, आयोगमा रहने व्यक्तिका धारणा र विचार कसैप्रति ढल्किनेभन्दा स्वतन्त्र खालका हुनुपर्छ । विधि र कानुनलाई हेक्का राखेर उनीहरुले धारणा राख्नुपर्छ । तर कार्कीले आयोगमा बस्नुअघि नै तत्कालीन प्रधानमन्त्री केपी ओलीप्रति उग्र र असहिष्णु धारणा सार्वजनिक मात्रै गरेनन्, जेनजी आन्दोलनलाई उकास्न सामाजिक सञ्जालको भरपुर प्रयोग गरे । जेनजी आन्दोलनको बहानामा भएको हिंसा भड्काउन पनि कार्कीझैं केही बुद्धिजीवीको पनि हात रहेको भन्दै आलोचना हुँदै आएको छ ।

    पूर्व न्यायाधीश जस्तो सम्मानित व्यक्तिले बोल्ने र लेख्ने विचार र धारणाले पार्ने प्रभाव र असरको पटक्कै हेक्का नराख्नु उनको सामान्य कमजोरी होइन् । अझ विवादित व्यक्तिलाई छानबिन आयोगको नेतृत्व सुम्पेर सरकारले निष्पक्षता र न्यायिक निरूपणका बारेमा उठ्ने प्रश्नप्रति पटक्कै ख्याल गरेको पाइएन् । लोकतन्त्र विधिको शासन हो, विधिमा चलेमात्रै आम नागरिकले विश्वास गर्ने हुन्, तर यहाँ विधि र व्यवहारप्रति पटक्कै तारतम्य मिलाइएन् ।


    कार्कीको भूमिकाप्रति नागरिक अगुवा, कानुन व्यवसायी र मानवअधिकारकर्मीले पनि प्रश्न उठाएका छन् । उनले छानबिन निष्पक्ष गर्न सक्तैनन्, तसर्थ राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्छ भन्ने धारणा स्वभाविक छ । कार्कीकै विगतले आयोगको औचित्य र भूमिकाप्रति प्रश्न उठेपछि अब आयोगले गर्ने छानबिन निष्पक्ष हुन्छ भन्ने आधार कमजोर भएको छ । आयोगले छानबिन गरिरहेको विषयमा सरकारले पूर्व प्रधानमन्त्री केपी ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्ने सरकारको तयारीले सरकारले विधि र प्रक्रियालाई स्थापित गरी अघि बढ्नुको साटो पूर्वाग्रहले प्रेरित भइ अघि बढेको स्पष्ट भएको छ । एकातिर कार्कीको विगतदेखिकै सार्वजनिक धारणा र अर्कोतिर सरकारको रवैयाले आयोगको निष्पक्षताप्रति उठेका प्रश्नलाई झनै बल पुगेको छ ।


     पूर्व प्रधानमन्त्री ओलीले कार्की नेतृत्वको आयोगलाई नमान्ने बताइसकेका छन् । जे प्रश्न उठेका छन्, ती प्रश्न उठाएर कार्कीप्रति अमान्य भएको ओलीको धारणा अस्वभाविक होइन् । संभवतः उनी आयोगले बोलाउँदाका बखत बयान दिन नजान सक्छन्, त्यसबेला मुठभेड निम्तिन सक्छ । मुलुकलाई मुठभेडको मार्गमा जान जोगाउने हो भने निष्पक्ष कार्यशैली र आचरण भएका व्यक्तिले आयोगको नेतृत्व गर्नु राम्रो हुन्छ । गम्भीर प्रश्न उठेपछि कार्कीले आयोगको नेतृत्वबाट अलग रहनु नै राम्रो हुनेछ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij