२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

जापानमाथि नेपालको ५ विकेटको जित, २ अंकसहित सुपर सिक्स खेल्ने

जापानमाथि नेपालको ५ विकेटको जित, २ अंकसहित सुपर सिक्स खेल्ने

जापानमाथि नेपालको ५ विकेटको जित, २ अंकसहित सुपर सिक्स खेल्ने

जापानमाथि नेपालको ५ विकेटको जित, २ अंकसहित सुपर सिक्स खेल्ने

जापानमाथि नेपालको ५ विकेटको जित, २ अंकसहित सुपर सिक्स खेल्ने
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
शुक्रवार, आश्विन २४ २०८२
शुक्रवार, आश्विन २४ २०८२
  • बुटवल ।  नेपालले जापानलाई ५ विकेटले पराजित गरेको छ ।

    आइसीसी पुरुष टी-२० विश्वकपको एसिया र इस्ट एसिया–प्यासिफिक क्षेत्रको छनौट प्रतियोगिता अन्तर्गत जापानले दिएको १३२ रनको लक्ष्य पछाएको नेपालले १८ ओभरमा ५ विकेट गुमाएर लक्ष्य पुरा गरेको हो ।

    नेपालका लागि आसिफ सेखले सर्बाधिक ३८ रन बनाए भने गुलशन झाले अविजित २८ रन बनाएका थिए । त्यस्तै कुशल भुर्तेलले २१ रन बनाए भने दिपेन्द्र सिंह ऐरीले १४ रन बनाएका थिए । त्यसैगरी कप्तान रोहित पौडेलले १८ रन बनाएका थिए । त्यस्तै जापानका बलर शोमा स्लाटरले २ विकेट लिएका थिए ।    


    यसअघि टस हारेर पहिला ब्याटिंग गरेको जापानले २० ओभरमा ८ विकेट गुमाएर १३१ रन बनाएको थियो । जापानका लागि कप्तान केन्डेल काडोवाकी-फ्लेमिङले सर्बाधिक ६० रन बनाएका थिए ।

    त्यस्तै एसाम रहमानले ३१ रन बनाए भने बेन्जामिन इटो डेभिसले १७ रन बनाएका थिए । त्यसैगरी नेपाली बलर सन्दीप लामिछाने र गुलशन झाले २-२ विकेट लिए भने सोमपाल कामी र नन्दन यादवले एक एक विकेट लिएका थिए ।


    यो जितपछि नेपालले समुह बी मा दुवै खेल जितेर समुह विजेता हुदै २ अंक लिएर सुपर सिक्समा पुगेको छ । त्यस्तै हारपछि पनि समुह बी बाट उपविजेता हुदै जापान सुपर सिक्समा पुगेको छ ।

    यद्यपी जापान अंक विहिन हुदै सुपर सिक्स खेल्ने छ । योसंगै नेपाल र जापानसंगै युएई र कतार सुपर सिक्समा पुगेका छन् ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij