बुटवल । जेन जी रुपन्देही नेतृत्व समिति गठन गर्न असोज २८ गते तिलोत्तमा–१३ को बभनीमा भेला आयोजना गरिएको छ । जेन जी अगुवाहरु राजु श्रेष्ठ, सुरज पोखरेल र योगराज क्षेत्री लगायतको वैठकले जेन जी रुपन्देहीको संगठन निर्माण,आगामी कार्यदिशा र संरचना सम्बन्धी विभिन्न प्रस्ताव पारित गर्दै जेन जी रुपन्देहीको आधिकारिक नेतृत्व समिति गठन गर्न औपचारिक प्रकृया शुरु गर्ने निर्णय गरेको हो ।
जेन जी रुपन्देहीको नेतृत्व समिति गठनका लागि बोलाइएको भेलामा सदस्य बन्न विभिन्न मापदण्ड तोकिएको छ । जसमा १८ वर्ष उमेर पुगेको रुपन्देहीबासी हुनुपर्ने, नागरिकताको मूल प्रमाणपत्र पेश गर्नुपर्ने,सामाजिक कामहरु गरेको प्रमाण पेश गर्नुपर्ने,व्यक्तिगत धारणा र दृष्टिकोण राख्नुपर्ने र औपचारिक पोशाकमा उपस्थित हुनुपर्ने मापदण्ड तय गरिएको जेन जी अगुवा सुरज पोखरेलले जानकारी दिए । भेला न्यू राइज युथ क्लबको हल तिलोत्तमा १३ बभनीमा बिहान १० बजे शुरु हुने उनले बताए । उक्त दिन गठन हुने समितिले आगामी नेतृत्व चयन संगै नीतिगत दिशा,क्रियाकलाप संयोजन गर्ने मूल निकायका रुपमा रहनेछ ।




