२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

टुगा आस्थाको साताैं निर्णय प्रमाणित साधरण सभा सम्पन्न

टुगा आस्थाको साताैं निर्णय प्रमाणित साधरण सभा सम्पन्न

टुगा आस्थाको साताैं निर्णय प्रमाणित साधरण सभा सम्पन्न

टुगा आस्थाको साताैं निर्णय प्रमाणित साधरण सभा सम्पन्न

टुगा आस्थाको साताैं निर्णय प्रमाणित साधरण सभा सम्पन्न
पत्रकारितामा क्रियाशिल विगत १३ वर्षदेखि रूपन्देहीलाइ कार्यक्षेत्र बनाइ अर्थ, सुरक्षा, खेल र समसमायिक तथा खोजमूलक विषयमा कलम चलाउँछन् ।
शनिवार, आश्विन २५ २०८२
शनिवार, आश्विन २५ २०८२
  • भैरहवा ।  टुगा आस्था विकास बचत तथा ऋण सहकारीको  ३ वटै एकाई बैठक सभा प्रस्तावहरु पारित गर्दै  निर्णय प्रमाणित गरेको छ ।

    रुपन्देहीको ठुटीपिपलमा केन्द्रिय कार्यालय रहेको संस्थाले ठुटीपिपल, कोटिहवा र भैरहवामा इकाई बैठकबाट छनोट भएका प्रतिनिधीहरुले विभिन्न १६ वटा प्रस्ताव पारित गरी माइन्यूट सहित निर्णय प्रमाणित गरेका हुन ।

    निर्णय प्रमाणित सभासँगै संस्थाको एकीकरण पछिको सातौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । संस्थाले शेयर सदस्यलाई व्यवसायी मुलक र आत्मनिर्भर बनाउदै आर्थिक, सामाजिक तथा सांस्कृतिक रुपान्तरणको लागि विभिन्न योजनाहरु अघि सारेको छ । 

    संस्थाको अध्यक्ष डी.बि. थापाज्युको अध्यक्षतामा भएको सभामा बोल्दै प्रमुख वक्ता सहकारी अभियान्ता भिम प्रसाद तुलाचनले सहकारीका ३ स्तम्भ संचालक तथा उपसमिति, व्यवस्थापन समित र लेखा समितिले सामान भूमिका निश्पक्ष रुपमा गरे सहकारीमा समस्या नआउने बताए । उनले संस्थामा यिनैको तालमेल नमिल्दा र सदस्य एव संस्थामा दुरी बढ्दा सन्तुलन नमिली सहकारी दुर्घटनामा पर्ने बताए । सहकारीबाट विकास, समृद्धि र आत्मनिर्भर भएका धेरै मुलुकहरु रहेका उदाहरण भएतापनि नेपालमा सहकारी अभियानको भूमिका रहदा ऐन कार्यान्वयन तह फितलो भई नियमक निकाय कमजोर हुदा दुर्घटनामा पर्ने गरेको बताए । 

    IMG_20251011_125400.jpg

    बजार केन्द्रित सहकारीमा मर्म विपरत काम हुनुले पनि बचत तथा ऋण कारोबार गर्ने सहकारीहरुमा समस्या आएको छ । सहकारीले सदस्यलाई व्यवसायी मुलक बनाउदै, क्षमता विकास, रोजगारी र आत्मनिर्भर बनाउने भूमिका खेल्नुपर्ने आवश्यकता रहेको बताए । सरकार कमजोर भएकोले सहकारीहरु दुर्घटनामा परेकोले निति विधि र प्रविधि अनुसार अगाडि बढे सहकारीमा रकम अपचलनको जोखिम नरहने बताए । 

    कार्यक्रममा सल्लाहकारहरु लक्ष्मण कुमार थापा, जित बहादुर रासकोटी र प्रमुख सल्लाहकार तारा प्रसाद छन्तेल लगायतले बचतको तुलनामा ऋण प्रवाह बढाउनका लागि प्याकेजहरु ल्याउनु पर्ने, सदस्य र कर्मचारीहरुबीचको व्यवहार सुमधुर बनाउने पर्ने, शेयर सदस्यहरुको सुखदुखमा साथ दिनुपर्ने वतावरणको सृजना व्यवस्थापनबाट गर्नुपर्ने बताए । उनीहरुले टुगा सहकारीले सदस्य र समुदायमा पारेको सकारात्मक प्रभाव र बिश्वास जितेकोले आर्थिकको साथै सामाजिक काममा निरन्तरता लाग्न आग्रह गरे । 

    IMG_20251011_135830.jpg

    कार्यक्रममा शेयर सदस्य र उत्कृष्ठ कर्मचारीलाई सम्मान गरिएको थियो । २० वर्ष अगाडि स्थापित ३ वटा सहकारी ६ वर्ष अघि एकीकृत भएको थियो । एकीकरण पछि जिल्ला भर कार्य क्षेत्र रहेको सहकारीमा हाल ७ हजार १ सय ७८ सदस्य रहेको छन । 

    संस्थाका अध्यक्ष थापाले संस्थामा २०८२ को असाढ मसान्त सम्म ९० करोड पुजी भएको जानकारी दिए । यस्तै ७ करोड ७८ लाख सेयर पूंजी, ६८ करोड २ लाख बचत निक्षेप, ६३ करोड २२ लाख ऋण लगानी, संस्थागत पूंजी ६ करोड ५१ लाख  रहेको छ । संस्थामा १ हजार ६७ जना बाल सदस्य समेत रहेका छन ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij