२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

पर्यटन विकासमा योगदान गरेवापत लुम्बिनी केबलकार सम्मानित

पर्यटन विकासमा योगदान गरेवापत लुम्बिनी केबलकार सम्मानित

पर्यटन विकासमा योगदान गरेवापत लुम्बिनी केबलकार सम्मानित

पर्यटन विकासमा योगदान गरेवापत लुम्बिनी केबलकार सम्मानित

पर्यटन विकासमा  योगदान गरेवापत लुम्बिनी केबलकार सम्मानित
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
आइतवार, आश्विन २६ २०८२
आइतवार, आश्विन २६ २०८२
  • पाल्पा । लुम्बिनी प्रदेशकै पहिलो केबलकार स्थापना गरी पाल्पाको पर्यटन  विकासमा योगदान गरेवापत लुम्बिनी केबलकार सम्मानित भएको छ ।  पाल्पा उद्योग वाणिज्य संघको ७१ औ साधारणसभाका अवसरमा केबलकारलाई सम्मान गरिएको हो । नेपाल उद्योग वाणिज्य महासंघका एसोसिएट उपाध्यक्ष हेमराज ढकाल र पाल्पा उद्योग बाणिज्य संघका संघका अध्यक्ष शैलेन्द्र भट्टराईले लुम्बिनी केबलकारका अपरेसन म्यानेजर वरिष्ठ इन्जिनियर डिएन कायस्थ सैंजूलाई सम्मानपत्र प्रदान गरेका हुन् । केबलकारले व्यवसायिक र अन्य संस्थासंग एमओयू गरेर कर्पोरेट छुट समेत दिंदै आएको छ । आईएमई ग्रुपको नेतृत्वमा स्थानीयको समेतको डेढ अर्ब लगानीमा स्थापना भई २०८० जेठ १५ देखि सञ्चालनमा आएको केबलकारले दैनिक ६ हजार पर्टटक आवत जावत गराउन सक्छ । लुम्बिनी केबलकार विश्वकै अत्याधुनिक, लोकप्रिय र सुरक्षित अष्ट्रियाको डुपलमायर कम्पनीबाट निर्मित केबलकार हो । केबलकार सञ्चालनमा आएको साढे २ वर्षमा उल्लेख्य संख्यामा भारतीय सहित तीन लाख बढी पर्यटक भित्राएको छ । केबलकारले प्रत्येक टिकटको एक–एक प्रतिशत रकम बुटवल उपमहानगर र तिनाउ गाउंपालिालाई दिंदै आएको छ । केबलकार सञ्चालनपछि बुटवल र पाल्पाको बसन्तपुर थप चलायमान भएका छन् । नेपालकै दोस्रो लामो केबलकारको माथिल्लो स्टेशन बसन्तपुरमा प्रख्यात शक्तिपीठ कामाज्ञखयादेवी मन्दिर, सय वर्ष पुरानो दुर्गा मन्दिर लगायत धार्मिक संरचना र जीपलाइन, स्काइ साइक्लिङ,आधुनिक पिङ,बाल उद्यान,भ्यू पोइन्ट,स्तरीय रेष्टुरेन्ट लगायत पर्यटकलाई दिनभर भुलाउने पुर्वाधारहरु बनेका छ् ।  केबलकारले जन्मदिनमा सबै नेपाली नागरिकलाई निशुल्क यात्रा र कामाख्या मन्दिरमा अष्टचिरन्जिवी पुजाको व्यवस्था, विद्यार्थी, जेष्ठ नागरिक, अपांगता भएका नागरिकलाई पनि छुटको व्यवस्था गरेको छ ।    
    उक्त कार्यक्रममा राष्ट्रियसभा सदस्य राजेन्द्रलक्ष्मी गैरे, संविधान सभा सदस्य नारायणी शर्मा, पुर्व मन्त्री सोम प्रसाद पाण्डे, प्रदेशसभा सदस्य विर बहादुर राना, पुर्व सांसद यादव बहादुर रायमाझी, नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य मोहन प्रसाद श्रेष्ठ, तानसेन नगरपालिकाका नगर प्रमुख सन्तोषलाल श्रेष्ठ, नेपाली काग्रेसका उप सभापती झपेन्द्र गहिरे, नेकपा एमालेका उपाध्यक्ष विमल काफ्ले, नेकपा माओवादी केन्द्रका इन्चार्ज नेत्र पाण्डे, राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यवाहक अध्यक्ष सुमन गैरे, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष डुल बहादुर कुवँर, नेकपा एकिकृत समाजवादीका अध्यक्ष अशोक कुमार शाही, राष्ट्रिय जनमोर्चाकी सहसचिव नर्मती सिंजाली, पत्रकार महासंघ पाल्पाका अध्यक्ष कमलराज तिमिल्सेना, सिन्धुली उधोग वाणिज्य संघका अध्यक्ष अर्जुन कुमार श्रेष्ठ, पाल्पा व्यापार संघका महासचिव तुल बहादुर अधिकारी लगायतले साधारणसभाको सफलताको कामना गर्दै पाल्पाको व्यवसाय  चलायमान बनाउन नयाँ किसिमका उद्योग व्यापार व्यबसाय संचालन गर्नुपर्ने, पर्यटन क्षेत्र केन्द्रित व्यबसाय तथा पुर्वाधारका कामहरु बढाउनु पर्ने विषयमा जोड दिएका थिए ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij