२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

शिक्षा–स्वास्थ्य सुधारमा बुटवलको भूमिका महत्वपूर्ण

शिक्षा–स्वास्थ्य सुधारमा बुटवलको भूमिका महत्वपूर्ण

शिक्षा–स्वास्थ्य सुधारमा बुटवलको भूमिका महत्वपूर्ण

शिक्षा–स्वास्थ्य सुधारमा बुटवलको भूमिका महत्वपूर्ण

शिक्षा–स्वास्थ्य सुधारमा बुटवलको भूमिका महत्वपूर्ण
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
सोमवार, आश्विन २७ २०८२
सोमवार, आश्विन २७ २०८२
  • बुटवल
    बुटवल उप–महानगरपालिकाले शिक्षा र स्वास्थ्य क्षेत्रमा उल्लेखनीय सुधार र उपलब्धि हासिल गर्दै आएको छ । गत आर्थिक वर्ष २०८१-०८२ मा पनि उल्लेखनीय सुधारका सूचकले बुटवललाई उत्कृष्ठतातर्फ धकेलिरहेको छ । 


    संघीयता कार्यान्वयनसँगै स्थानीय सरकारहरू सशक्त बन्दै गर्दा बुटवल उप–महानगरपालिका शिक्षा र स्वास्थ्य क्षेत्रका उल्लेखनीय पहलका कारण उदाहरण बनेको छ । नगरप्रमुख खेलराज पाण्डेयको नेतृत्वमा ‘शिक्षा र स्वास्थ्य सबैका लागि’ भन्ने सिद्धान्तसहित नगरले जनविश्वास आर्जन गरेको छ ।


    बुटवलले विपन्न र संवेदनशील समुदाय केन्द्रित जनस्वास्थ्य नीति लागू गर्दै निःशुल्क रक्त सेवा, मातृत्व सहायता, सुरक्षित प्रसूति प्रवर्धन, एचआइभी संक्रमित बालबालिकालाई पोषण भत्ता र वृद्ध स्वास्थ्य जस्ता कार्यक्रम सञ्चालन गरेको छ । क्षयरोग नियन्त्रण, सुरक्षित गर्भपतन सेवा, गर्भवतीको भिडियो एक्सरे र निःशुल्क प्रयोगशाला सेवामार्फत् नगरले आधुनिक र समावेशी स्वास्थ्य प्रणालीको उदाहरण दिएको छ ।


    उप–महानगरपालिकाले गुणस्तरीय शिक्षा, प्रविधिमैत्री सिकाइ, समावेशी पहुँच, र नागरिकको स्वास्थ्य सेवामा दिगोपन सुनिश्चित गर्ने लक्ष्यका साथ विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आएको बुटवल उप–महानगरपालिका प्रमुख खेलराज पाण्डेयले दाबी गर्छन् । 


    शिक्षा र स्वास्थ्य दुवै क्षेत्रमा उप–महानगरपालिकाका कार्यक्रमले समावेशी, नवप्रवर्तनात्मक र दिगो सुधार सुनिश्चित गरेका छन् । भौतिक पूर्वाधार सुधार, प्रविधि प्रयोग, शिक्षक क्षमता विकास, छात्रवृत्ति वितरण, र स्वास्थ्य सेवा डिजिटलाइजेशनले नगरवासीको जीवनस्तर उकास्न महत्वपूर्ण भूमिका खेलेको पाण्डेयको भनाइ छ । 


    उप–महानगरपालिकाले शिक्षा र स्वास्थ्यमा समग्र सुधारमार्फत् बुटवललाई उदाहरणीय नगरपालिका बनाउने लक्ष्य राखेको उप–महानगरको दाबी छ । यसले नगरवासीलाई गुणस्तरीय सेवा र अवसर उपलब्ध गराउने अपेक्षा उप–महानगरको रहेको छ । 
    ‘टीबी अन्त्य २०३५’ लक्ष्यमा सहकार्य गर्दै पालिकाले निःशुल्क परीक्षण, पोषण सहयोग र जनचेतनामूलक अभियान चलाइरहेको छ । स्वास्थ्य संस्था नियमन, गुणस्तर सुधार र स्वास्थ्यकर्मीको नियमित सेवा व्यवस्थापनले स्वास्थ्य सूचकांकमा सुधार ल्याएको छ । सूचना प्रविधिमैत्री शिक्षाको विकासमा बुटवल अगाडि छ । स्मार्ट कक्षा, डिजिटल प्लेटफर्म “मेरो शिक्षा”, शिक्षक तालिम, नवप्रवर्तन पुरस्कार र विद्यालय अनुगमन प्रणालीमार्फत् गुणस्तर वृद्धि गरिएको छ ।


    बालमैत्री, अपाङ्गमैत्री र छात्रामैत्री संरचना, छात्रवृत्ति, स्थानीय पाठ्यक्रम, ‘छोरी पढाऔँ समाज बनाऔँ’ र ‘नगरप्रमुख शैक्षिक सुधार कोष’ जस्ता कार्यक्रमले समावेशी शिक्षाको प्रवर्धन गरेका छन् । विद्यालयहरूमा विज्ञान प्रयोगशाला, कम्प्युटर ल्याब, पुस्तकालय, डिजिटल बोर्डजस्ता पूर्वाधार विस्तारसँगै शिक्षकहरूको नियमित तालिम र विद्यार्थी केन्द्रित सिकाइ प्रणाली लागू गरिएको छ ।


    प्रमुख प्रशासकीय अधिकृत मित्रमणि खनालका अनुसार यी उपलब्धि योजनाबद्ध प्रयास, पारदर्शी बजेट उपयोग र प्रभावकारी अनुगमनको परिणाम हुन् । शिक्षा तथा स्वास्थ्यमा बजेट वृद्धि, संघीय–प्रदेश सरकार र विकास साझेदारसँग सहकार्य गर्दै बुटवल उप–महानगरपालिका स्थानीय विकासको उत्कृष्ट नमूना बनेको छ ।


    शिक्षा सुधारमा नवप्रवर्तन र समावेशी पहुँच
    शिक्षा क्षेत्रमा उप–महानगरपालिकाले गुणस्तरीय सुधार र समावेशी पहुँच बढाउने लक्ष्यसहित कार्यक्रम सञ्चालन गरेको छ । कक्षा ९–१० का विद्यार्थीहरूलाई करियर परामर्श उपलब्ध गराइयो । १३ वटा सामुदायिक माध्यमिक विद्यालयमा रोजगार र करियरसम्बन्धी जानकारी प्रदान गरिएको छ ।


    बीटीआइसँगको सहकार्यमा २० जना युवाले बिल्डिङ इलेक्ट्रिसियन तालिम लिएका थिए भने ६० जना युवाले कुकिङ र कम्प्युटर हार्डवेयर तालिम पाएका छन् ।


    नवप्रवर्तनात्मक अभ्यासअन्तर्गत स्मार्ट कक्षा, डिजिटल सिकाइ उपकरण, क्ष्ऋत, ल्याब, र स्थानीय पाठ्यक्रम विकास प्रयोगमा ल्याइयो । विद्यार्थीहरूको उपस्थितिमा सुधार गर्न विद्युतीय हाजिरी प्रणाली लागू गरिएको छ । दलित, मुस्लिम, अपाङ्गता भएका र विपन्न वर्गका विद्यार्थीहरूको शिक्षा पहुँच बढाउन छात्रवृत्ति, पोशाक र शैक्षिक सामग्री वितरण कार्यक्रम सञ्चालनमा आएका छन् । शिक्षकहरूको क्षमता अभिवृद्धि गर्न विषयगत तालिम, नेतृत्व विकास तालिम र आइटीसी तालिम उपलब्ध गराइएको छ । विद्यालय व्यवस्थापन समिति र अभिभावक–शिक्षक संघसँगको साझेदारीले नीति निर्माणदेखि कार्यान्वयनसम्म सहयोग गरेको छ ।


    स्वास्थ्य क्षेत्रमा पहुँच र दिगोपन
    स्वास्थ्य क्षेत्रमा पनि बुटवल उप–महानगरपालिकाले बालबालिका, महिला, किशोरी, जटिल रोगी र विपन्न नागरिकलाई लक्षित गर्दै सेवा सुधार गरेको छ । बालबालिकाको खोप सेवा ८७ प्रतिशत पुगेको छ भने ३२,३७५ बालबालिकाले नियमित खोप पाएका छन् । किशोरीमा एच.पी.भी. खोप अभियानले ९५ प्रतिशत प्रगति हासिल गरेको छ ।


    महिला स्वास्थ्य क्षेत्रमा सुरक्षित प्रसूति, निःशुल्क प्रयोगशाला सेवा, क्यान्सर स्क्रिनिंग, र पाठेघरको मुखको क्यान्सर स्क्रिनिंग कार्यक्रम सञ्चालन गरिएको छ । क्षयरोग र कुष्ठरोग उपचारमा नयाँ प्रविधि जस्तै एआइ एक्स–रे स्क्रिनिंग लागू गरिएको छ । जटिल रोग र विपन्न नागरिकलाई आर्थिक सहयोग उपलब्ध गराइयो । पोषण तथा कुपोषण नियन्त्रण, सुत्केरी आमाको पोषण सहायता, डेंगु नियन्त्रण अभियान, र हेल्थ डेस्क कार्यक्रममार्फत् नागरिकको स्वास्थ्य पहुँच सुधारिएको छ । स्वास्थ्य संस्थाको डिजिटलाइजेशनले सेवा पारदर्शी र पहुँचयोग्य बनाएको छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij