परासी । पश्चिम नवलपरासीमा छात्राबृत्ति बितरण गरिएको छ । सदरमुकाम परासीको रामग्राम वडा नं. २ मा अवस्थित रहेको पबन माध्यमिक बिद्यलायका परासीमा अध्ययनरत छात्रा बिद्यार्थीहरुलाई छात्राबृत्ति बितरण गरिएको हो । बिद्यालयमा अध्ययनरत कक्षा ११ र १२ का छात्रा बिद्यार्थीहरुलाई छात्राबृत्ति बितरण गरिएको पवन माविका प्रधानाध्यपक शालिकाराम लामिछानेले जानकारी दिए ।
उनको अनुसार गरिब बिपन्न बर्गका बिद्यार्थीहरुलाई छात्राबृत्ति बितरण गरिएको बताए । परासीका समाजसेवी तथा पवन माविमा कक्षा १२मा अध्ययनरत बिद्यार्थी सरिता पौडेलको पहलमा र उनको परिवारको सदस्यमा संकलन गरेको रकममा उक्त छात्राबृति बितरण गरिएको पनव माविका सुचना अधिकारी तोरेन्द्र जिसीले बताए ।
प्रति एक छात्रा १० हजार पाँच सयको दरले छात्राहरुलाई १० जना छात्राहरुलाई छात्राबृत्ति बितरण गरिएको जिसीले जानकारी दिए । बिद्यालय व्यवस्थापन समितीका अध्यक्ष बिन्द्र्रेरेश हरिजन तथा सामजसेवी सरिता पौडेलले संयुक्त रुपमा गरिब बिपन्न बर्गका छात्राहरुलाई छात्राबृत्ति बितरण गरेका हुन ।
छात्राबृत्ति बितरण गदै सामाजसेबी पौडेलले भनिन् मेरो परिवारको सदस्य अमेरिका बसेको र मेरा परिवारको केही सदस्यहरु आर्थिक अवस्थाबाट शिक्षाबाट बन्चित हुन पुगेकोले त्यस्ता अब कुनै पनि बिद्यार्थीहरु आर्थिक अभावको भरमा शिक्षाबाट बन्चित नहुन भन्ने उद्येश्यले उक्त छात्राबृत्ति बितरण गरिएको बताईन ।
त्यहाँ रहेका मेरा परिवारको सदस्यहरुले रकम संकलन गरी पठाईएको रकमबाट आर्थिक स्थित कमजोर र आर्थिक अभावमा पढन नसक्ने अवस्थाका बिद्यार्थी छात्राहरुलाई एक मुष्ठ एकलाख पाँच हजार अमेरिकबाट पठाएकोले रकमबाट कक्षा ११ ,१२का बिद्यार्थी छात्राहरुलाई छात्राबृत्ति रकम हस्तातरण तथा प्रमाणपत्र पनि बितरण गरिएको पौडेलले जानकारी दिईन । उनको अनुसार गत बर्ष पनि १५ पवन माविमा अध्ययनरत कक्षा ११ र १२ बिद्यार्थी छात्राहरुलाई एकलाख ५७ हजार पाँच सय बराबरको छात्राबृत्ति बितरण गरिएको बताईन ।




