परासी । पश्चिम नवलपरासीमा सचेतनामूलक बजार अनुगमन गरिएको छ। संयुक्त जिल्ला बजार अनुगमन समिति नवलपरासीले जिल्लाको रामग्राम नगरपालिकाको वडान ६ ,र १० मा रहेको पसलहरूमा सचेतनामुलक बजार अनुगमन गरेको हो । तिहार छठ पर्व नजिकसगै परासीका पसलमा सचेतना जगाउदै अनुगमन गरिएको घरेलु तथा साना उद्योग कार्यालय नवलपरासीका बरिष्ठ उद्योग अधिकृत मोहन पाण्डेले जानकारी दिए ।
उनको अनुसार चाडबपर्व हुने सक्ने कालो बजारी तथा उपभोक्त ठगिने काम व्यपारीहरुबाट नहोस उद्येश्यले बजार अनुगमन गरिएको बताए ।
अनुगमनको क्रममा मूल्य सुर्ची नराखको पाईएको खण्डमा मूल्य सुर्ची राखि बिक्री बितरण गर्न र नबिकारण फेला भएका पसल नबिकाण गरि संचालन गर्न तथा ,रेष्टुरेन्ट मिष्ठान भण्डारहरुमा सरसफाई नदेखिएकोमा सरसफाई गरी व्यवासय संचालन गर्न निर्देशन दिईएको बताए ।
बजार अनुगमनको क्रममा अधिकास पसलहरुमा म्याद ग्रुजिएको र अखाध बस्तु फेला परेको उपभोक्ता हितसंरक्षण निर्देशनालय भैरहवाका उपनिर्देशक पुष्पराज पाण्डेले बताए । ,खाद्यबस्तु म्याद गुज्रेको र जुसहरु म्याद ग्रुजिएको पाईएको र अखाद्य बस्तुहरु नियन्त्रणमा लिई नष्ट गरिएको पाण्डेले जानकारी दिए ।
किराना पसल ,मिष्ठान भण्डार होटल रेष्टुरेन्ट तथा मासु पसल लगायतको १८ वटा पसलमा अनुगमन गरिएको घरेलु तथा साना उद्योग कार्यालय नवलपरासीका उद्याम सहजकर्ता मनोज कुमार चौधरीले जानकारी दिए । उभोपक्ता हित संरक्षण निर्देशनालय भैरहवा तथा संयुक्त जिल्ला बजार अनुगमनको टोलीले रामग्राम वडान ६ पोखरापाली र वडान १० मंझारिया स्थित रहेका पसलहरुमा अनुगमन गरेको थियो ।
जिल्ला प्रशासन कार्यालयका प्रतिनिधी,घरेलु साना उद्योग कार्यालय । उपभोक्ता हित संरक्षण मञ्च जिल्ला प्रहरी कार्यालय, जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रतिनीधी लागयतको टोलीले अनुगमन गरेको थियो ।




