
टेकराज पौडेल
तिहार र छठ पछि सिङ्गो नेपालीहरु सडकमा आउने र संसद पुनस्थापनाको माग गर्दै प्रधानमन्त्रीमा केपी शर्मा ओलीलाई स्थापना गर्ने परिस्थिति निर्माण हुने भएको छ । पाहिलो कुरा बर्तमान सुशीला कार्की सरकार नेपालका सम्पूर्ण राजनैतिक दलहरुको दवाब र शक्ति धान्न सक्ने स्थितिमा रहदैन । दोस्रो यो सरकारले कुनै हालतमा पनि चुनाब गर्न नचाहने र नसक्ने भए पछि स्वयम पार्टीहरुको तर्फबाट न्यायलय पुगेको मुद्दाको पनि न्यायिक बहस र फैसलामा बिगतमा स्थापित नजिर नै काफी छ ।
गुण्डु भक्तपुरमा एक कार्यकर्ताको घरमा एक साता अघिदेखि बस्दै आउनु भएका निवर्तमान प्रधानमन्त्री केपि शर्मा ओलीले गत आश्विन २३ –२५ मा आफ्नो पार्टी नेकपा एमाले केन्द्रिय सचिवालयको बैठकबाट समेत वर्तमान सरकारको निर्वाचन गर्ने रटान फगत सरकारको आयु लम्बाउने रहर मात्र हो । सरकार कुनै हालतमा चुनाब नहुने मात्र होइन नगर्ने तत्वहरुको घेराउमा छ भन्ने स्पष्ट पार्दै नहुने र नगरिने चुनाबको कार्यनीतिमा प्रबेश नै नगरी एमाले पार्टीभित्रको नेतृत्व निर्माणको उठेको बहसलाई आगामी महाधिवेशन मार्फत किनारा लगाउने गरी निर्णय गरेको छ । २०८३ मङ्सिरमा हुने नियमित एघारौं अधिवेशन ८२ मङ्गसिर अन्तिम साता गराउने गरी त्यसको अनुमोदन र तयारीको लागी २९-३० असोजमा महाअधिवेशनमा केन्द्रिय समितिको बैठक आह्वान भएको छ ।
के एमाले एक्लै आन्दोलनमा जाला त ?
जेनजी आन्दोलनका कारण उत्पन्न परिस्थितिबीच गत एक हप्ता अघि सार्वजनिक हुनु भएका निवर्तमान प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न नेपाली काङ्ग्रेसका ६ जना केन्द्रिय सदस्य ओली निवास पुग्नु भएको थियो । अघिल्लो दिनको सचिवालय बैठकको धपेडीले दोस्रो दिन अस्वस्थ महुसस गरेर बैठक स्थगित गर्दै कसैलाई नभेट्ने वाचा गरेर बस्नु भएका ओलीले नेपाली काङ्ग्रेसका नेताहरु एक्कासी भेटघाटको लागि आए पछि उहाँहरुसङ्गको एक घण्टाको कुराकानी गर्नु भयो । भेटमा भएका कुराकानीबाट उहाँको अस्वस्थता छिन भर मै हरायो । उहाँको मनस्थिति र फेस आधा घण्टा मै फरक परेको आभास यो पङ्तिकारसङ्गको करिब २५ मिनटको भेटघाटबाट पनि झल्किन्थ्यो ।
अध्यक्ष केपी शर्मा ओली र काङ्ग्रेसका ६ जना केन्द्रिय समितिका नेताहरुबीचको कुराको निचोड के थियो र यसले नेपालको वर्तमान राजनीतिमा के अर्थ र प्रभाव देखिएला भन्ने कुराले विशेष अर्थ राखेता पनि पार्टी सचिवालयको बैठक स्थगित गरेर आराम गर्न बाध्यता र मुडमा रहनु भएका अध्यक्ष ओली कसरी र कुन सन्दर्भले बाँकी दिन भरी फ्रेस मुडमा देखिनु भयो भन्ने कुरा पनि मान्छेहरुलाई चलाएमान हुन अघि बढ्न केही आशा र सन्दर्भहरु प्रभावित बन्न सक्ने हुँदा रहेछन् । उहाँहरुबीच के कुरा भयो भन्नेबारे छलफल हुने कोठामा जान पाउने एक सदस्यले बाहिर के कुरा गर्न आएका होलान भन्ने सन्दर्भ चल्यो उनले भने एक जनाले “यति छिटो भेट हुन सकिएला भन्ने लागेको थिएन । ‘तपाईलाई अपदस्थ गरे पछि देश लामो समयसम्म लयमा फर्काउन सकिदैन भन्ने लागेको थियो ।’ अपदस्थ भएको प्रधानमन्त्रीले यति छिटो यसरि सकृयता देखाउनु होला भन्ने लागेको थिएन ।
‘धैर्यसङ्ग छ जनाले परिचय सहित आ आफ्ना कुरा राखे पछि’ आफूलाई भेट गर्न आएकोमा धन्यवाद दिदै जेन्जी आन्दोलनको उत्थान, आन्दोलनको परिस्थिति अवस्था र यसले लिएको त्रासमय बातावरणबारे ब्याख्या गर्दै भन्नुभयो मैले ती १९ जना बालबालिकाको मृत्यु कसरी भयो ? भन्ने बारे गृहमन्त्रीलाई मन्त्री परिषदकै बैठकमा जवाफ मागे । जबाफ दिनुको सट्टा उहाँ राजीनामा दिएर हिड्नु भयो । मैले सरकारका सबै जिम्मेवार पक्षलाई सोधे कोही पनि मुख फोरेर भन्न तयार छैन । १९ जना नातिनातिना उमेरका जे जसरी मारिए पनि म त सबैको अभिभावक हुँ म त्यसको जिम्मेवारी त कसै न कसैले त लिनु पर्यो ! त्यस अवस्थामा म होपलेस भएँ । स्थितिलाई नियन्त्रणमा लिएर शान्ति कायम गर्नु पर्ने राज्यको दायित्व पनि थियो । मैले सुरक्षा निकायका अधिकारीहरुसङ्ग पनि उहाँहरुको के कस्तो योजना भिजन र तरिका छ भन्ने कुरातर्फ पनि ध्यान दिए । वहाँहरुलाई पनि केपी ओली नै अर्घेल्याई हो भने बैकल्पिक नेतृत्व काङ्ग्रेस नेता शेर बहादुर देउवाजीलाई जिम्मा दिने स्तरको कुरा चल्दा चल्दै गर्दा परिस्थिति गम्भीर भयो । आफ्नो पनि ज्यान जोखिम देखे । आफ्नै अघि सरकारका तमाम महत्वपूर्ण सिंहदरबार संसद भवन र सर्बोच्च अदालतजस्ता खजना जलेको टुलुटुलु हेरेर बस्नुको बिकल्प भएन । बोल्दा बोल्दै बीचमा भावुक हुनु भएका बेला एक सहभागीले महेश बस्नेतको सन्दर्भ जोड्नु भयो बस्नेतजी हिम्मतिलो हुनुहुँदो रहेछ । हुन त २०६३-६४ सालतिर वाईसेललाई ठेगाना लगाएको मान्छे पनि हो ।
पछि माओवादीले आफ्ना विरोधीलाई बदनाम गर्न महेश जिलाई गुण्डा पनि भने २१ बर्षको उमेरमा भक्तपुर जस्तो राजनीतिक चेतना भएको राजधानी भित्र गुन्डाले होइन जन प्रिय मान्छे नभई चुनाव जित्न कहा सम्भव छ र ! महेश बस्नेतको प्रसंशा सुने पछि ओलीको मुहार अलि नै चम्किलो भयो । तपाई पनि हिम्मतिलो मान्छे हुनुहुँदो रहेछ एउटा मान्छेको विश्वासमा परेर खुला हुनु भयो ! ओलिले भने जेन्जी छोराछोरीहरुले नै नेतृत्व लिएको भए एउटा कुरा हुन्थ्यो, उहाँहरुको आन्दोलन कसकस्ले हाइज्याक गरे भन्ने कुरा त बिस्तारै खुल्दै पनि छन् । म ओलीलाई जेल हाल्न सरकार आतुरमा छ र के गरौ के नगरौ ! भन्ने द्विबिधामा रहेको छ । छानबिन आयोग कै प्रतिबेदन न आउदै सरकारले यो बाहिर बस्यो भने समस्या हुन्छ भन्ने डरले भित्र लान षड्यन्त्र भैरहेको छ । मलाई यहाँ रहन स्थानीय सुरक्षा पनि एउटा फ्याकटर होला तर राज्यले पक्राउ गर्न सक्ने नैतिक बल यो सरकारसङ्ग छैन । अझ कुरा क्लिएर पार्दै भन्नु भयो कि ‘भोलि पनि जबाफ दिन पर्ला नि ! सुप्रीम कोर्टको प्रभावशाली चिफ जस्टिस प्रधानमन्त्री भएको बेला यो हो ।
सहभागी एक जनाले अन्तिम तिर बोले “प्रधानमन्त्रीज्यु हामीले पार्टी सभापति देउवाजीलाई केही दुन अघि भेटयौ ! वहाँ अझै बोल्न सक्ने स्थितिमा हुनुहुन्न वहाँ जेनजिको आक्रमणको कारण गम्भिर घाउ भएकोले बिदेश जानै पर्ने भन्ने चिकित्सकको सल्लाह ले कार्यभार दिदै हुनुहुन्छ सायद । आफूलाई प्रधानमन्त्री र आगामी काङ्ग्रेस सभापतिको दाबा गर्ने गगन थापाज्युलाई भेट्यौ, वहा गौडा ढुकेर बस्नु भएको छ । देउवालाई बिस्थापित गर्ने उपर्युक्त मौका यहि हो भनेर बस्नु भएको छ । एक्लै आफ्नै पार्टीको यस्तो बेला राजिनामा माग गर्दा कर्नरमा परिन्छ भनेर होला सायद इतर पार्टी एमाले र माओवादीको पार्टी अध्यक्षको राजीनामा पो मागेको दुनियाँले देख्या छ । शेखर दाइकोमा गएर अब तपाईले लिडिङ्ग रोल गरिदिनु प¥र्यो । कोइराला खानदानको बिरासत हजुरमा छ । अप्ठ्यारोमै बीपीले राजनीति गरेकोले आज बीपीको एउटा इतिहास बनेको छ ! वहाँ पनि लिड गरेर जान मनस्थितिमा हुनुहुन्न । काङ्ग्रेस इतिहासमा यति अप्ठ्यारो अवस्थामा कहिल्ले थिएन ! के गर्ने कसो गर्ने भन्ने हाम्लाई छटपटी लागेको छ २००७ -२०४६ - २०६२-६३ सालको आन्दोलनको नेतृत्व काङ्ग्रेसले गर्यो र काङ्ग्रेस नेता भयो अब २०८२ को अराजकतालाई तह लगाइने क्षमता र दृष्टिकोण तपाईसङ्ग छ । तपाई जत्तिको टावोर प्रर्सालिनिटी भएको मान्छेको नेतृत्वमा हामी सहभागी हुन्छौ । एमालेको सम्सद पुनस्थापनाको मुद्दालाई पार्टी निर्णय गर्दै छ रे भनेर बाहिर आएको छ । यो मुद्दा सही छ र काङ्ग्रेस पनि के गर्ने भन्ने टुङ्गोमा पुग्न समय लागे पनि ढिला चाडो यो नै एजेन्डामा जानै पर्दछ भन्दै बिदा भए भन्ने जानकारी पाइयो ।
केही दिन यता जुम्ला,दाङ्ग ,काठमाडौ र तनहुँमा एमालेका जनवर्गीय संगठनहरु सडकमा देखाएको शक्ति प्रदर्शन अब राष्ट्रब्यापी हुने उत्तिकै सम्भावना देखिन्छ । काङ्ग्रेस पनि ढिलो चाडो सडकमा नआई सुखै छैन । अन्य प्रजातान्त्रिक, लोकतान्त्रिक र गणतान्त्रिक पार्टीहरुले तिहारपछि संयुक्त सडक आन्दोलन हुने अनुमान सहजका साथ देखिदै छ । नख्खु जेलबाट निक्लेका प्रधानमन्त्री हुन्छौ भनेर रास्वपा र रबि लामिछाने नझुक्किएको भए र ओलीलाई प्रधानमन्त्रीबाट हटाइसके पछि मै प्रधानमन्त्री हुन्छु भन्दै २४ गते बिहान सिंहदरबारस्थित माओबादी संसदीय दलको कार्यालयमा रास्वपा राप्रपा र मधेशबादी दलहरुको बैठक बस्ने बैकल्पिक प्रधानमन्त्री बन्ने आशामा पुष्पकमल दाहाल नपरेको भए यति साह्रो आगजनी र तोडफोड हुने थिएन र अहिलेको आन्दोलनको एक सहभागी शक्तिको रुपमा माओवादीको पनि सहभागिता रहने थियो ।
के दलहरुले चाहे जस्तै यति छिटै आन्दोलन उठ्न सक्ला ?
२०८२ भाद्र २२ गते जेनजीहरुलाई आन्दोनमा उतार्ने तयारी भित्री रुपमा भैरहँदा राजावादी दुर्गा प्रसाईले जेनजीको एक जना अगुवा गराउन थालेको विद्यार्थी भाईलाई जे सूचना दिए त्यस पछि उनी अर्को दिनको आन्दोलनमा सहभागी भएनन् भन्ने त हामीले एक जना जेनजीको मुखबाटै सुन्यौ । २३ गते जेनजी प्रदर्शन अवश्य नै गडबढ हुन्छ भनेर एक जना छात्राले आचारसंहिता पढेको भिडियो पनि देख्न पाइएको थियो । उनीहरुले दुई बजे अघि नै आफ्नो आन्दोलन हाइज्याक हुन्छ भन्ने जानेरै स्थगित गरेका थिए । एकाएक विभिन्न ग्रुप र स्वरुपमा प्रबेश गरेका समूहहरु स्थगित भइसकेको आन्दोलन चर्काउँदै संसद भवन गेटका भएको बार भत्काउने र चर्का नारा लगाउन थालियो । आन्दोलनका भिडमा विद्यार्र्थीहरु थिएनन् । आन्दोलनमा जे पनि हुन सक्दछ भन्दै हुलबाट भागिरहेका विद्यार्थीहरुलाई टाउकोमा ताकी ताकी हानियो । पुलिसले आन्दोलन नियन्त्रण गर्नै गोली चलाउँथ्यो भने भिडमा हान्थो भागिरहेका विद्यार्थीहरुलाई ताकी ताकी विभिन्न कोणबाट गोली हानिएको देखिएको छ ।
विद्यार्थीलाई मार्ने नियत सरकारको रहेनछ भन्ने कुरा विभिन्न अस्पतालमा भएका घाइतेहरुका बिचार आइरहेका छन् ।
आन्दोलनमा विद्यार्थी नै तारो नगराई अन्य मार्दा आन्दोलन सफल बनाउन सकिदैन भन्ने योजनामा यो भएको हो भन्ने कुरा पनि पुष्टि हुँदै जान थालेको छ ।
जेनजी आन्दोलन हाइज्याक गर्नेहरु बारबार फाउन्डेसन र हामी नेपाली संस्था भएको पुष्टि मन्त्री परिसदमा नियुक्ति भएका मान्छेहरुको अनुहारबाट पुष्टि हुँदैछ भने काठमाडौंका मेयर बालेन्द्र शाहको योजना र उक्साहटमा यो आगाजनी भएको भन्ने पनि देखिदै छ र नागरिकको आक्रोस अब क्रमश शाहतिर उन्मुख हुँदैछ ।
अझ गज्जबको कुरा यो आन्दोलन उठाउन पश्चिमाहरुको हात रहेको पनि पुष्टि हुने अवस्थामा छ । चाइनाबाट तिब्बतलाई अलग गराउन लागिरहेका धार्मिक नेता दलाइ लामाको प्रधानमन्त्री सुशीला कार्कीलाई बधाई सन्देशभित्र प्रधानमन्त्री सुशीला कार्कीसङ्ग अमेरिकी राज्दुतको भेटबार्ता र हिजोदेखि भाइरल भएको बीओडी ग्रुपको २४ गतेको तान्डब देखेका आम मान्छेहरु फ्री तिब्बतको नाममा उपत्यकाका डाँडाहरुमा रहेका गुम्बाहरुमा लुटिएका हतियारको खानी रहेको नेकपा समाजवादीका नेता खतिवडाको आरोप सत्यको नजिक देखिन्छ । अदालतमा जलेका फाइलहरु जलाउने को को होलान् भन्ने बारे नेपाली जनताले मनग्गै बुझेका छन् । संसद सिंहदरबार र सर्बोच्च जलाउने अपराधीहरु नेपालको झण्डा काँधमा बोकेर जनतालाई झुक्याउने र देशलाई खरानी बनाउने हुन भन्न पनि अब डराउनु पर्दछ र ?
सिंहदरबार परिसरमा भेटाइएको भारतीय राशन कार्ड, भाटभटेनी सुपर मार्केटमा मृत भेटिएका तीन जना भारतीय भएको परिचयले पनि दक्षिण छिमेकीको पनि हात नहोला भन्न कसरी सकियो । अझ भारतीय दुई तारे सैनिक जर्नेल भाद्र २२ गते गुपचुप नेपाल आएर भाद्र २८ गते फर्किनु ( उडान नम्बर र टिकट नम्बर सहित )मा यो जेनजी बिद्रोहको लगानी कर्ता भारत पनि हो कि भन्ने तर्क ब्यापक छ । भने नेपालमा को प्रधानमन्त्री हुने भन्ने चर्चा शुरु नहुँदै सुशीला कार्र्कीको इण्डियन मिडियासङ्ग भएको अन्तरवार्र्ता र कार्कीलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको हतारको बधाई पनि आशंका गर्ने थुप्रै ठाउँ दिएको छ । नेपाली सेनाले सिंहदरबार र सैनिक परमाधिपतिको कार्यालय बचाउन थोरै पनि प्रयत्न नगर्नु हाम्रो सुरक्षा निकाय पनि राष्ट्रभक्ति नभएको हो कि भन्ने चिन्ता बढेको छ ।
आन्दोलनकारीको प्रहारका प्रमुख निसाना किन ओली र एमाले भए ?
हो जेनजी आन्दोलनको नाममा भएको हरकतको प्रमुख निशानामा प्रधानमन्त्री केपी ओलि र नेकपा एमालेका नेता कार्यकर्ताहरु उल्लेख्य मात्रामा परेको मुख्य गरेर देखियो । केन्द्रिय कार्यालय च्यासल देखि प्रदेश र जिल्लाका गरी ६४ वटा पार्टी कार्यालय एमालेका जलेका छन् भने त्यसको आधा काङ्ग्रेसका जलेका छन् । माओवादीका आधा दर्जन पनि जलाइएका छैनन् भने रास्वपाको त कही पनि जलेनन् ।
काठमाडौ उपत्यकामा भएका एमाले नेताहरुका घर मात्र होइन डेरामा समेत आक्रमण गरेका छन् । एमाले आक्रमणको निशानामा पर्नु पर्ने घरेलुु र अन्तर्राष्ट्रिय कारण दुबै उस्तै बलिया छन् ।
१) माओबादी र एमाले बीचको अन्तरद्वन्द :– जादुमय सत्ता संचालन गर्ने माओबादी चाहनालाई एमालेका कारण माओबादीलाई काङ्ग्रेससंग पनि टाढा बनाएको रिस फेर्नु थियो । खासमा ओलीलाई सत्ताको घोडाबाट उतार्न गणतन्त्र कै दाउ लगाउने प्रचण्ड चाहना अभिव्यक्ति काफी छन् । नेपाललाई बङ्गलादेश जस्तो बनाइन्छ भनेर प्रचण्डले सार्वजनिक भाषण गरेका भिडियोले के दर्शाउँछ भने नेपाल बङ्गलादेश हुँदा गणतन्त्र धरापमा पर्दछ भन्ने हेक्का प्रचण्डमा थिएन कसरी भन्ने ? दुई पार्टी बीचको अन्तद्र्वन्दमा एमाले सत्ता पक्ष भएकोले रक्षात्मक बन्नु पर्ने भएको कारण विध्वंस एमाले माथि भयो ।
२) रबि लामिछानेको पार्टीको आहारिस र प्रोपोगन्डा :–
सबै पुराना पार्टीहरु भ्रष्ट हुन् । पुराना कहिल्यै काम लाग्ने चिज होइन भन्ने भाष्य बनाएका नेता कार्यकर्ताहरु काङ्ग्रेस, एमाले र माओवादीलाई ८४ को चुनाब मार्फत हराएर सत्तासिन हुन चाहन्थ्यो । रास्वपाको पछिल्लो समय माओवादीसङ्गको हिमचिमले एमाले माथि रास्वपाले पनि आक्रमणको तारो बनाउँदै गएको अवस्था थियो । एमालेले चाहेको भए रबि जेल जान पर्दैन भन्ने भ्रम पालेर बसेका नेता कार्यकर्ता बलियो जनाधार भएको एमालेलाई विचारको हिसाबले नसके पनि भौतिक सर्वनास गराउनमा बढी ध्यान दिएको पाइयो ।
३) राजावादी र राप्रपाहरुको साजिस ः– काङ्ग्रेस आधा राजावादी नै हो संवैधानिक राजतन्त्र मानि हाल्दछ । प्रचण्ड अप्ठ्यारोमा पर्ने भयो भने राजा मात्र होइनन् निरंकुश राजा मान्न सक्ने फेक्जिबिलिटी भएका मान्छे हुन् ।
तर एमाले बलियो साङ्गठानिक शक्ति हो । कुमाइ बाहुन प्रधानमन्त्री नभएको भए आजको जस्तै चैत्र १५ मै राजालाई सिंहासनमा बसालिन्थ्यो । सरकारलाई कमजोर बनाउने ताबा तातेको बेलै हान्नु पर्दछ भन्ने विचारलाई कार्यान्वयन गर्ने दिशामा जाँदा एमाले टार्गेटमा परेको देखिन्छ ।
मधेशवादी दल ;– यो आन्दोलनको केन्द्र भागमा बिद्रोह गराउने काममा मधेशवादी दलहरुको कुनै भुमिकामा देखिएनन् तर तराईका जिल्लाका कार्यालय र नेताको घर हान्नेमा मधेशवादीहरुको भूमिका नदेखिएको होइन । तराईका जिल्लाका पार्टी अफिस फुटाल्न जलाउन आएका मान्छेहरुको भिडियोमा देखिएको फेसबाट र उनीहरुको विगतको चर्तिकला हेर्दा त्यस्तो देखियो । उनीहरुलाई के लागेको छ भने एक मधेश एक प्रदेश बनाउन नदिएको रिस केपी ओलीसङ्ग साधेर राखेका छन् ।
नेपाली काङ्ग्रेस त यो आन्दोलनमा पीडित छ तर देउवाको घर जलाउन जानेमा अत्यधिक शेखर कोइरालाहरुको हात छ भनेर देउवालाई भेटन अस्पताल पुगेर फर्किनेहरु यसै भन्दछन् । जिल्लामा पनि एकाध त्यस्तो घटना देखिएको छ तर पनि एमाले अध्यक्ष केपी ओलीको बालकोटस्थित घर जलाउने कामको नेतृत्व दोलखा काङ्ग्रेसका क्षेत्रीय उपसभापतिको नेतृत्वमा भएको हरकतले पनि (भिडियो ) पनि आफ्नै सभापतिको घर जलाउने तत्वहरु एमाले अध्यक्षको जलाउनु कुन ठुलो कुरा भयो र भन्ने महसुस हुन्छ ।
बाह्य कारण :–
बिश्व भुराजनैतिक दाउपेच :
एसिया र अन्य क्षेत्रहरुमा चाइनाको बढ्दो आर्थिक चलायमानको लागि ब्यापार बिस्तारलाई अमेरिकाले अफ्नो साम्राज्यमा सौता आएको अनुभूतिले रोक्न चाहेको छ । नेपालले बिआरआइमा सम्झौता नगरोस् भन्ने चाहना राखेको बेला चाइना र नेपालको बिआरआइमा सम्झौता हुनु, भारत सहित पश्चिमाहरुलाई टाउको दुखाई भएको थियो । अझ दक्षिण छिमेकिले चाइना सम्मलाई सम्मिलित गर्दै नेपालको भुभाग लिपुलेक लिम्पियाधुरा र कालापानी अक्कुपाई गर्न दुई देशीय सम्झौतालाई नेपालले अन्तराष्ट्रिय मन्च प्रयोग गरेर लल्कारिरहेको पटक्कै पनि मन परेको थिएन । कालापानी हस्तक्षेपलाई विश्वव्यापीकरण गराउन गरेको प्रयासबाट पनि भारत खुसी नभएको बेला एमाले अध्यक्ष एवम् प्रधानमन्त्री ओलीलाई बर्खास्त गर्न अन्य कुनै क्षेपास्त्त काम नलाग्ने भए पछि देशी विदेशी खेलाडीहरुको रङ्गमन्च बन्यो मेरो देश ।
२) दलाई लामाहरु सङ्गको नेक्सस ; भारतमा शरण लिएर बसिरहेका तिब्बतीयन धार्मिक नेता दलाई लामा जो तिब्बतलाई छुट्टै देश बनाउन धार्मिक र राजनैतिक आन्दोलन चर्काईरहेका छन । अमेरिका पनि चिनको कम्युनिष्ट राज्य सत्ता पल्टाउन धेरै प्रयत्न गर्दै आएको छ । चिनबाट तिब्बतलाई अलग गराउन सकियो भने तिब्बतमा बसेर चीनतर्फ नजर लगाउन सजिलो हुने हँुदा अमेरिका तिब्बतियनहरुलाई नेपालमै शरण मात्र होइन नागरिकता दिएर खुलमखुला राजनीति गर्न चाहन्छ । हजारौ तिब्बतियनहरु नेपालको नागरिकता ल्याइ पनि सकेका छन् । नेपालमा खुला बौद्ध धर्मका नाममा गुम्बाहरुमा अवैधानिक गतिविधि गर्दै आएका छन् २०७६ सालमा चाइनिज राष्ट्रपति सिजिङ्ग पिङ्ग नेपाल आएको बखत सिको विरोध गर्न महाबौद्ध स्थित गुम्बामा आत्मदाहको प्रयास समेत भएको अबगत नै छ । अझ तिब्बतियन रैथाने रक्त ग्रुप (टिओबिले) गत २४ भाद्रमा नेपाललाई ध्वस्त बनाउन हजारौं ब्यक्तिको सहभागिताले पनि धेरै कुरा बुझ्न सकिन्छ ।
३) सामाजिक सन्जालको निहँ हुन त नेपाललाई उनीहरुले कृडास्थल मात्र बुझ्छन् अस्ति सरकारले देशको कानूनी दायरामा ल्याउन खोजेका २६ सामाजिक सन्जाल मध्य २० वटा अमेरिकाका बहुराष्ट्रिय कम्पनीको मान्यता भएका बस्तु हुन फेसबुक ट्विटर लगायतका यति धेरै सन्जाल माथि सरकारले नेपालमा दर्ता हुन र निअयमित बन्न अनुरोध गर्यो सरकारलाई सन्जाल लाइ नियमन गर्न दुई तिहाइ समर्थन भएको बेला सम्भव हुन्छ भनेर निर्णय गराउन लगाए ति शक्तिले नै यो सारा चौपट बनाउने काम गरे ।
अब को बन्ला मियो ?
कोही ज्यादा डराए, कोही ज्यादा हौसिए, मियो बिनाको दायी जस्तै भयो, देश बर्बाद भयो, जनताले असाध्यै दुःख पाउने भए ।
जनता र जेनजीहरु देश बचाउन अभिभावक चाहियो भन्न थालिसकेका छन् नागरिकहरु ।
कतिपयको यो भनाईमा राजा विकल्प हुन्छ कि भन्ने पनि लाग्न सक्दछ । तर आज एकाइसौ सदिको अन्त्य तिर पुगेको बिश्व तथा नेपाली जनताले सत्रौं सदिको बिचारबाट साशित हुन मन पार्दैनन् । राजाको छोरा राजा हुने एउटा पारिवारिक बिरासतको यो जमाना छैन । जनतालाई सुशासन चाहिएको हो जनतालाई शान्ति चाहिएको हो जनतालाई समृद्धि चाहिएको छ । बहुदलीय गणतान्त्रिक ब्यवस्थामा विकल्प हुन्छ । नराम्रा मान्छे फालेर नयाँ ल्याउन पाइन्छ ।
वर्तमानमा रहेका सबै पार्टीका नेताहरुको क्षमता हेर्ने हो भने स्टण्ट गर्ने र जनतालाई भुलभुलैयामा पार्ने देखिन्छ तर एमाले अध्यक्ष केपी ओलीको विगत लामो समयदेखि बन्दै गरेको राष्ट्रिय ब्यक्तित्व साच्चै लोभ लाग्दो छ । ओलीको कारण नै आज मुलुक जातिय राज्य र दङ्गाबाट बचेको छ । ओलीकै कारण बिगत ४२ बर्षदेखि गुमेको लिपुलेकको २८४ बर्ग कि मि. क्षेत्रफल फर्काउन अन्तर्राष्ट्रिय पहलकदमी बढेको छ । ओलीकै कारण आज नेपालको अन्तर्राष्ट्रिय मञ्चमा छवि उज्यालिएको छ । ओली नै सत्तामा जाँदा राष्ट्रिय गौरबका योजनाहरु छिटो गतिमा काम गर्दछन । ओलीकै कारण आज नेपाल विश्वका तिब्बत र विकासको १० राष्ट्रभित्र परेको छ । मेगा प्रोजेक्टलाई बेलैमा सम्पन्न गराउन सक्ने ल्याकत ओलीमा छ । जो भैरहेका पनि छन् ।
देशलाई बचाउन, विकास निर्माणलाई तिब्रत र गति दिन, राष्ट्रिय स्वाभिमानको झण्डा बोकेर हाम्रो अगाडि हिड्न सक्ने ब्यक्तित्वको खोजी अब धेरै ढिला भइसकेको छ । अरु त्यस्तो अनुहार कुनै ब्यक्तिमा देख्नु हुन्छ ? आउनुहोस् बयान गरौं, हैन भने ढिला नगरौं ।
भनौ, सबैले भनौ ‘कम ब्याक ओली’ वी लभ ओली । ओली आउ देश बचाउ ।
कपिलवस्तु ।




