२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

बजार अनुगमन नियमित गर

बजार अनुगमन नियमित गर

बजार अनुगमन नियमित गर

बजार अनुगमन नियमित गर

बजार अनुगमन नियमित गर
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बिहिवार, आश्विन ३० २०८२
बिहिवार, आश्विन ३० २०८२
  • संविधानले पालिकाभित्रको बजार अनुगमन गर्ने जिम्मेवारी स्थानीय तहलाई दिएको छ । स्थानीय तहको उप–प्रमुख र उपाध्यक्षको नेतृत्वमा अनुगमन समिति हुने व्यवस्था छ । उप–प्रमुख र उपाध्यक्षको संयोजकत्वमा रहने समितिले बजारको नियमित अनुगमन गर्ने जिम्मेवारी पाए पनि स्थानीय तहले अनुगमनलाई बेवास्ता गर्दै आएका छन् । पालिकाभित्रको बजारलाई चुस्त र व्यवस्थित गर्नका लागि अनुगमनको अधिकारलाई प्रयोग गर्न बेवास्ता गरेर स्थानीय तहले अधिकारको दुरुपयोग गरेका छन् ।


    पाालिकाले नियमित अनुगमन गर्न नसक्नाका दुई कारण छन् । पहिलो स्थानीय तहमा जनशक्तिको अभाव र अरु कामको चापले बजार अनुगमन प्राथमिकतामा परेको छैन । दोस्रो अनुगमन नियमित गर्दा पालिकाभित्रका उद्योगी व्यापारी भड्किएर चुनावमा असर पुग्ने डर । यी दुई बाहेक कतिपय पालिकामा बजेट व्यवस्थापन भए अनुगमन गर्ने नभए नगर्ने प्रवृत्तिले जनप्रतिनिधिलाई जवाफदेही बिमुख बनाएको छ । जनशक्तिको अभाव र अरु कामको चाप भयो भनेर उम्कनु भनेको बजार अनुगमन जस्तो संवेदनशील विषयमा पन्छिनु नागरिकप्रति गरेको चरम लापरबाही हो । बजारमा म्याद नाघेका, गुणस्तरहिन अखाद्य वस्तु हुनसक्छन्, वस्तु तथा सामानको तोकेको मूल्यभन्दा बढी व्यापारीले असुली गर्नसक्छन् ।

     

    यी विषय उभोक्ता अधिकारसँग सम्बन्धित छन् । पालिकावासीलाई तत्काल प्रभाव पार्ने काम गर्न पालिका नेतृत्व पन्छिनु भनेको जनप्रतिनिधिको गैरजिम्मेवार रवैया हो । नियमित अनुगमन गर्दा कारबाहीमा पर्ने उद्योगी व्यापारी भड्किए पनि अन्ततः पालिकावासीले राम्रै मान्छन्, तर उद्योगी व्यापारी भड्किदा पर्ने जोखिमले अनुगमन प्राथमिकतामा परेको छैन् । अर्कोतर्फ बजार अनुगमनको काम विनियोजन भएको बजेट सक्नका लागि मात्रै गर्ने प्रवृत्तिले स्थानीय तहलाई झनै बदनाम बनाएको छ । हरेक स्थानीय तहले न्यून बजेट विनियोजन गर्ने गर्छन्, त्यही बजेट सकिएपछि बजार अनुगमन भएको पाइदैन । अनुगमनमा सहभागीलाई भत्ता हुञ्जेल गर्ने र भत्ता दिन सक्ने अवस्था नभए नहुने प्रवृत्तिले जनप्रतिनिधिको बदनाम बनाएको छ । अुनगमन नियमित काम हो । पालिकाभित्र अनुगमन गर्दा भत्ता खोज्नै पर्ने किन ? नागरिकको हितका लागि गर्ने कतिपय काम दैनिक भ्रमण भत्ताभन्दा महत्वपूर्ण हुन्छन् भन्ने चेत कहिले आउला जनप्रतिनिधिमा ?


    बुटवल, सिद्धार्थनगर, तिलोत्तमालगायत स्थानीय तहमा नियमित बजार अनुगमन गर्न दैनिक भ्रमणभत्ता आवश्यक पर्छ ? यातायातको सहज पहुँच भएका र सहजै अनुगमन गर्न सकिने बजार क्षेत्रमा बजेट नै नभए पनि अनुगमन हुनुपर्छ । पालिकाले बजार अनुगमन गर्न बेवास्ता गर्ने हो भने बजारमा चरम लापरबाही हुनेछ, जसको असर नागरिकलाई पर्छ । नियमित अनुगमन गरेर पालिकाले संविधानले प्रबन्ध गरेको अधिकारको प्रयोग गर्नुपर्छ । संविधानको कार्यान्वयनसँग सम्बन्धित विषय भएकाले पनि स्थानीय तहलाई दिएको अनुगमनको विषय प्रभावकारी भयो भन्ने सन्देश प्रवाहका लागि पनि नियमित अनुगमन गर्नु राम्रो हो ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij