२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

जाडोको सुरुवातसँगै बदाम भुट्नमा व्यस्त राजभर

जाडोको सुरुवातसँगै बदाम भुट्नमा व्यस्त राजभर

जाडोको सुरुवातसँगै बदाम भुट्नमा व्यस्त राजभर

जाडोको सुरुवातसँगै बदाम भुट्नमा व्यस्त राजभर

जाडोको सुरुवातसँगै बदाम भुट्नमा व्यस्त राजभर
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
पत्रकारितामा क्रियाशिल विगत १३ वर्षदेखि रूपन्देहीलाइ कार्यक्षेत्र बनाइ अर्थ, सुरक्षा, खेल र समसमायिक तथा खोजमूलक विषयमा कलम चलाउँछन् ।
शुक्रवार, आश्विन ३१ २०८२
शुक्रवार, आश्विन ३१ २०८२
  • भैरहवा 
    जाडो मौसमको सुरुवातसँगै बदामको माग बढ्छ । बजारका ठेला मात्रै होइन मेला महोत्सवमा टाइमपासको सँगै पौष्टिक आहारको रुपमा लिने बदाम अहिले जताततै देखिन्छ । जाडोयाममा तातो तातो बदाम खान धेरैलाई मन पर्छ । तर बदाम पछिल्लो समय परम्परागत शैलीभन्दा प्रविधिको सहायताले भट्टीमा भुट्ने गरिएको छ । 


    हुन त बदाम अहिले वर्षभरि पाइने भए पनि जाडोयाम यसको सिजन भएकोले नयाँ बदाम आउने गर्छ ।  काँचो बदामलाई उमालेर वा भुटेर प्रायः खाइन्छ । रुपन्देहीको मायादेवी ७ वनगाइका जयप्रकाश राजभर अहिले बदाम भुट्नमा व्यस्त छन् । २ दशक देखि मिल व्यवसाय गर्दै आएका उनी यो पेशा व्यवसाय सम्हालेको दोस्रो पुस्ता हुन् । बुवाले गर्दै आएको पेशा पुस्तान्तरण पछि जयप्रकाशले सम्हाल्दै आएका छन् । उनले मिलमा अन्नको कुटानी, पिसानी र पेलानीको काम गर्ने गरेका छन् । 


    उनको जीवीका मिल चलाएर नै गुज्रिएको छ । यसैबाट उनले परिवार पाल्दै आएका छन् । धान कुट्ने, चिउरा बनाउने, गहुँ पिस्ने, तोरी पेल्नेलगायतको काम उनको नियमित काम हो । नियमित कामसँगै उनले अहिले मिलको भट्टी बदाम भुट्ने काममा प्रयोग गर्दै आएका छन् । जिल्लाका विभिन्न ठाउँबाट व्यपारीहरु बदाम लिएर उनीकहाँ भुटाउन आउने गर्छन् । अन्य समयमा नियमित काम गर्दै आएका उनीकहाँ अहिले मोमफलीको बोराको चाङ छ । कार्यव्यस्तताले भ्याईनभ्याइ उनी भन्छन्–‘जाडोसँगै अहिले माग बढेकोले स्थानीयहरु बदाम, चना भुटाउन बढी आउने गर्छन् ।’


    बदाम थोरै मात्रामा भुट्दा परम्परागत तरिकाले भुट्ने गरे पनि माग एक्कासी बढ्दा ठूलो मात्रामा भुट्न सम्भव नभएकोले यसरी भट्ठीमा भुट्ने गरिन्छ । परम्परागत तरिकाले भुट्दा समय र परिश्रम पनि बढी लाग्ने हुँदा केही मिनेटमै यसरी भट्टीबाट ५० किलोसम्म भुट्न सकिने उनी सुनाउँछन् । 


    परम्परागत शैलीमा पनि तातो बालुवामा बदाम, चना भुट्ने गरिन्थ्यो, भट्टीमा पनि सोही शैली हो । यो मोटर प्रविधिसँगै जोडिएकाले कम मेहनतमा ठूलो मात्रामा काम गर्न सहज भएकोे छ । 


    बदाममा भरपुर पौष्टिक तत्व पाइन्छ । मुख्य रुपमा यसमा क्यालोरी, प्रोटिन, फ्याट, काब्रोहाइड्रेट, फाइभर, क्यालसियम, आइरन जस्ता तत्व पाइन्छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij