२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

एकैदिन तोलामा ७ हजार १ सय बढ्यो सुन

एकैदिन तोलामा ७ हजार १ सय बढ्यो सुन

एकैदिन तोलामा ७ हजार १ सय बढ्यो सुन

एकैदिन तोलामा ७ हजार १ सय बढ्यो सुन

एकैदिन तोलामा ७ हजार १ सय बढ्यो सुन
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
शुक्रवार, आश्विन ३१ २०८२
शुक्रवार, आश्विन ३१ २०८२
  • काठमाडौं । शुक्रबार एकैदिन सुनको भाउ तोलामा ७ हजार १ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला २ लाख ५८ हजार रुपैयाँ तय गरेको छ । अघिल्लो दिन २ लाख ५० हजार ९ सय रुपैयाँ तोकिएको थियो ।


    विगत एक महिनामा नेपाली बजारमा सुनको भाउ प्रतितोला ४३ हजार रुपैयाँ बढेको छ । भदौ ३० गते सुनको भाउ प्रतितोला २ लाख १५ हजार रुपैयाँ थियो ।

     


    अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ बढिरहेपछि नेपाली बजारमा प्रभाव परिरहेको छ । शुक्रबारको सुनको मूल्य हालसम्मकै उच्च हो । अन्तर्राष्ट्रिय बजारमा मूल्य प्रतिऔंस ४३७० अमेरिकी डलर हाराहारीमा पुगेको छ । एक औंस बराबर २।४३ तोला हुन्छ।

     

    त्यस्तै चाँदीको मूल्य पनि बढिरहेको छ । शुक्रबार अघिल्लो दिनको तुलनामा प्रतितोला ७५ रुपैयाँले चाँदी महँगिएको छ । अघिल्लो दिन प्रतितोला ३ हजार २७५ रुपैयाँमा चाँदीको कारोबार भएकोमा आज ३ हजार ३५० रुपैयाँ पुगेको छ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij