भैरहवा । रुपन्देहीको सिद्धार्थनगर–६ भैयाटोल अवस्थित जय अम्बे अगरबत्ती तथा पूजा सामाग्री प्याकेजिङ्ग उद्योगमा अगलागी भएको छ ।
शनिबार बिहान करिब ५ बजे आगालागी हुदा हुँदा करोडौँ मुल्य बराबरको क्षति भएको हो । आगलागीको कारण खुल्न सकेको छैन ।
आगलागीबाट उद्योगमा रहेको कच्चापदार्थहरु मैन, तेल, घयु, केमिकल, तयारी अगरबत्ती, धुप, मेसिन, नगद सहित खातापाता लगायतका अधिकांस सामान नष्ट भएको छ । भवन पनि पूर्ण रुपमा क्षति भएपनि मानवीय क्षति भएको छैन ।
उद्योगले तिहारको लागि बजार पठाउनका लागि तयारी अवस्थामा राखिएको ठूलो मात्रामा सामग्रीहरू जलेर नष्ट भएका छन् ।
ठाँउ ठाँउमा मुर्ति राखी मुख्य बाटो अवरुद्ध भएकोले केही बेर दमकल आउने अवस्था थिएन । वैकल्पिक बाटोबाट दमकल आगलागी स्थानमा पुगेको थियो ।
आगलागी पश्चात स्थानीय, सुरक्षा निकाय र दमकलको सहयोगमा आगो नियन्त्रणमा लिएपनि संरचनाहरु सबै नष्ट भएको छ ।
उद्योगका सञ्चालक श्रीराम गुप्ताका अनुसार आगलागीले गर्दा २ करोडा बढीको नोक्सानी भएको बताए । आगलागीको कारण विधुत सर्ट अथवा अरु कसरी भयो भन्ने बारे अनुसन्धान भइरहेको छ । क्षतिको यकिन विवरणका लागि काम भइरहेको छ ।




