बुटवल । बुटवल–११ नहरपुरमा ३५ करोड रूपैयाँको लगानीमा तीनतारे स्तरको शाही ल्याण्ड होटेल औपचारिकरुपमा सञ्चालनमा आएको छ । ११ कठठा आफ्नै स्वात्विको जग्गामा बनेर दुई वर्षदेखि सञ्चालनमा रहेको होटेलले अहिले मूल भवनमा रुफटप रेष्टुरेन्ट र नयां भवनमा तीन सय ५० जना क्षमताको बैंक्वेट हल र बार सञ्चालनमा ल्याएको हो । युवा उद्यमी एवं जनप्रतिनिधि नकुल शाही ठकुरीले एकल लगानीमा ४५ वटा डिलक्स कोठासहित होटल सञ्चालनमा ल्याएका हुन् ।
होटेलको मूल भवनमा पनि ३०० जना क्षमताको ब्यान्क्वेट हल, मिटिङ हल रहेका शाहीले जानकारी दिए ।
तिनाउ नदी पारी बेलबास बेथरी सडकसँग शान्त वातावरणमा रहेको होटलमा पर्याप्त पार्किङ स्थल रहेको शाहीले बताए । मुलुकको आर्थिक समृद्धिको दीगो आधार पर्यटन नंै हो भन्ने आत्मविश्वासका साथ होटेलमा लगानी गरिएको शाहीको भनाइ छ ।
होटलका प्रबन्धक विनोद भटटराईले होटलमा नेपाली खाना र संस्कृतिलाई प्रबद्र्धन गरिएको बताए । साथै ग्राहकको रुचि अनुसार चाइनिज, कन्टिनेन्टल, इन्डियन, थाई, युरोपियन लगायत विभिन्न देशका परिकारहरु समेत पाइने प्रबन्धक भटटराईले बताए । होटलमा ३५ जना बढीले प्रत्यक्ष रोजगारी पाएका छन् । होटलमा छिटटै १ हजार क्षमताको ब्यान्क्वेट हल र स्वीमिङ पुल सञ्चालनमा ल्याउने तयारीमा छ ।




