२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

नेपाली जनताका महान् रमाइलो पर्व तिहार

नेपाली जनताका महान् रमाइलो पर्व तिहार

नेपाली जनताका महान् रमाइलो पर्व तिहार

नेपाली जनताका महान् रमाइलो पर्व तिहार

लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
जिसी साहित्यकार, वामपन्थी विचारक तथा राजनीतिक विश्लेषक हुन् । दैनिक लुम्बिनीका नियमित स्तम्भकार कुँवर राजनीतिक तथा सामाजिक विषयमा विचार पोख्छन् ।
आइतवार, कार्तिक ९ २०८२
आइतवार, कार्तिक ९ २०८२
  • विषय प्रवेशः
    हे औंशी बार गाई तिहार भैलो
    भैलेनी आइन् आँगन गुनियो चोलो माँगन–भैली
    जसले दिन्छ मानो उसैको सुनको छानो –भैली
    जसले दिन्छ मुरी उसैको सुनको धुरी–भैली
    गाईलाई दिउँला नुन पिठो भाइलाई दिउँला फूल टीको –भैली
    (प्रिय पाठकवृन्द एवं संस्कृतिका पारखीहरु यो तिहार पर्व संस्कृति नेपाली घरघरमा आएको छनक हो ।)
    यसरी नै यो घर कसको आलेको
    भित्र बाहिर टालेको –भैली
    अथवा 
    यो घर कसको आलेको झिलिमिली बत्ती बालेको– भैली 
    अर्थात् यो पर्वमा आलेको घरमा मात्र भैलो होइन चिउरीका पातको पुच्छरे दुनोमा लस्करै झिलिमिली बत्ती बालिन्छ । दीपावली गरिन्छ ।  औंसीसम्म भैलो गीतले गाउँ शहर बजार रन्किन्छ, मादल, मजुरा, खैंजडी घन्किन्छ । 
    औंसी पछिका दिनमा पुनः देउसिरे । (देउ श्री)
    को राग गानले गाबै रमाइलो देशै रमाइलो हुन्छ ।


    स्मरणीय छ– भारततिर दीपावली भनेर मनाउँछन्  तर हाम्रो देश नेपालमा यस पर्वलाई दीपावली नभनेर विशेषतः तिहार पर्व भनिन्छ । हामीले काग तिहार पहिलो दिन, कुकुर तिहार दोस्रो दिन, गाई तिहार औंसीका दिन । गोबद्र्धन र गोरु तिहार–चौथो दिन, भाइ तिहार (भाइटीका) पाँचौं दिन मनाउँछौं । 


    यो तिहार पर्व संस्कृतिलाई यमपञ्चक भन्ने धार्मिक प्रचलन रहिआएको छ । यसलाई यमपञ्चक भनिने मृत्युका देवता यमराजले आफ्नी बहिनी युमनाको अनुरोधमा यी पाँच दिन कसैको पनि दाजुभाइको मृत्युवरण नगर्ने नगराउने  यमुनाले बाचा कबुल गराएकीले यमराजले कसैलाई दुःख पीडा मृत्यु नदिने आध्यात्मिक मान्यता रहीआएको छ । यमराज र यमुनाको यस कथा कुथुङग्रीको नालीबेली अरुले गरुन् । यो पंक्तिकारले यो छोटो लेखमा बेली विस्तार लाउने फुर्सद छैन । पौराणिक कथा अरुले नै हालून् । यो पंक्तिकारले तिहार पर्व के के गरिन्छ वस्तुनिष्ठ भएर यथार्थ घर तलमा उभिएर दुई चार आखर बताउन मात्र चाहन्छ ।
    काग तिहार– काग तिहार किन मनाइन्छ ? अरु दिन काग (कौवा) देख्नासाथ हाहा गरेर वा ढुंगाले हानेर धपाउने मानव जातिले हाम्रो देश नेपालमा त काग तिहारका दिन सम्भव भएसम्म कागलाई छोपेर फूलमाला लगाई जातजातका रोटी मेवा मिष्ठान्न खान दिइन्छ । स्मरण रहोस् काग निकै बाठो पन्छी हो । भन्न त बिहानीको संकेत कुखुराको भाले बासेर दिन्छ भनिन्छ तर कुखुराको भालेभन्दा पहिले का का गरेर कागले सूचना प्रवाह गरिसकेको हुन्छ । ख्याल गरौं । कागले घरको कर्सा वरिवरि रहेका जुठ्यान खाएर सरसफाइ पनि त गरिरहेको हुन्छ । यद्यपि काग जंगली पन्छी हो । तर काग मानव बस्ती नजिकका वृक्षमा बसोबास गर्न मन पराउँछ ।


    कुकुर तिहारः समाजशास्त्रीहरुको दाबी छ । जुनबेला मानव जाति वनबासी थियो मानवको गुफा घर वरिपरि बसेर आची खाएर सरसफाइ मात्र होइन सुरक्षा (वाच म्यान) को काम गर्ने कुकुर हो । त्यही कुकुर क्रमशः पाल्तु कुकुर भए । कुकुरको मानव हितकारी गुणलाई आत्मसात् गरेर कुकुर तिहार मनाएको पाइन्छ । त्यसैले कुकुरलाई कुकुर तिहारमा फूलटीका लगाइदिएर मीठो चोखो खान दिने प्रचलनले कुकुर तिहार पर्वको उत्पत्ति भएको पाइन्छ । कुकुर मानव जातिको कत्तिको मित्र प्राणी हो भन्ने विषयमा महान् लेखक लैनसिंह बाग्देलले लेखेको कथा÷उपन्यास अत्यन्तै ज्ञानबद्र्धक छ । 


    लक्ष्मी पूजा ः लक्ष्मी भनेको धन सम्पत्ति मानिएको छ । धन सम्पत्तिभित्र उत्पादनका सम्पूर्ण साधन पर्दछन् । गरगहना, रुपैयाँ पैसा र सुनचाँदी मात्र होइन । यस पर्वमा धान कुट्ने ओखली, ढिंकी, झाँतो (जाँतो),घट्ट, सिलौटा, चनौटा आदिमा पूजा गरिन्छ, बत्ती बालिन्छ ।


    लक्ष्मीका रुपमा हलो, कोदालो, खोक, हेंगा आदिमा पनि पूजा अर्चना गरिन्छ । बत्ती बालिन्छ ।


    गोबद्र्धन पूजा– गोबरको थुप्रोमा पनि पूजा अर्चना गरी बत्ती बालिन्छ । कृषि उत्पादन र कृषि प्रवद्र्धनका लागि गोबरकोे महत्वलाई गोबद्र्धन पर्वले जनाउँछ । गोबाद्र्धन पूजाकै अवसरमा गोरुको पूजा गरिन्छ । हलो जोत्ने, लडिया तान्ने गोबर दिने गोरुलाई ससम्मान पूजा गरी मीठो चोखो परिकार खान दिइन्छ । नेपालका सबैभन्दा ठूला देवता मानिएका पशुपतिको बाहान गोरु (नन्दी) रहनुले नेपालमा गोरुलाई कत्तिको सम्मान गरिन्छ भन्ने कुरा यसले पुष्टि गर्दछ ।


    गाई तिहारः गाई अत्यन्त गुणकारी प्राणी हो । यसले आमाले झैं पौष्टिक दूध दिन्छ, खेतबालीका लागि चाहिने गोबर दिन्छ यहाँ व्याएपछि बाच्छाबाच्छी दिन्छ । अब धेरै भनिरहन परेन । त्यसैले गाईको खुट्टासम्म धोएर खुट्टा जल खाएर पूजा अर्चना गरी फूलटीका लगाएर सम्मान गरिन्छ । मीठो चोखो खान दिइन्छ ।


    उपर्युक्त सबै कसले तिहार पर्व उपयोगी उत्पादनमा आउने प्राणीहरुको पूजा हो । उपयोगी उत्पादनका साधनको पूजा हो भन्ने छर्लङ्ग हुन्छ । सबै नेपालीले यसलाई कुनै न कुनै रुपमा बुझेका छन् र सम्मान गरेका छन् । 


    भाइटीका– ब्रह्माजीले छोरीसँग संभोग गरी सन्तान वृद्धि गरेका हुँदा ब्रह्मापातकी हो भनेको सुनिन्छ । जनसंख्या अत्यन्त कम भएको वनबासी युगमा वा विवाह पद्धतिको खास नियम नभएको बेला यस्तै रह्यो भनेर अमेरिकी समाजशास्त्री लुइस हेनरी मोर्गन र मद्रासी समाजशास्त्री काशीनाथ विश्वनाथले समेत व्याख्या गरेका छन् । बह्माजी भनेको पौराणिक कथाको पात्र हो । इतिहास होइन । त्यो युगमा सगोत्रीय विवाह संस्कार हुनु  अनौठो कुरा होइन ।  भारतका विभिन्न  प्रान्त र जिल्लामा विश्वका अन्य ठाउँठाउँमा पनि दिदीबहिनीसँग दाजुभाइले र  छोरीसँग बाबु समेतले विवाह गरेको इतिहास छ  र अहिले पनि भारतमा प्रचलित भएको कुरा जिज्ञासुले आफै बुझे हुन्छ । सगोत्रीय विवाह पद्धतिको अन्त्य र परगोत्री विवाह पद्धति लागू भएपछि दाजुभाइ र दिदीबहिनी स्वाभाविक रुपमा टाढाटाढा भए । यस्तो अवस्थामा तिजमा दाजुभाइले माइतीघरमा चेलीलाई र तिहारमा दिदीबहिनीले दाजुभाइलाई निम्तयाएर स्वागत सत्कार गर्ने प्रचलन अनुरुप तिज पर्व र तिहार पर्व र भाइटीका पर्व सुरु भएको पाइन्छ । तिहार पर्वमा दिदीबहिनीले दाजुभाइ आफ्नो घरमा निम्त्याएर निधारमा सप्तीरंगी इन्द्रेणी टीका लगाएर जातजातका रोटी, फिनी, अर्सा, झर, जुम्ली अर्सालगायत मेवा मिष्ठान्न खान दिने, दिर्घायुको कामना गर्ने प्रचलन रहँदै आयो । फलस्वरुप यो प्रचलनले पर्वको स्वरुप धारण ग¥यो । पर्र्वको स्वरुप धारण गर्नुको अर्थ संस्थागत र दिगो हुनु हो । 


    अन्त्यमा तिहार पर्व नेपाली समाजको अत्यन्त महत्वपूर्ण पर्व हो । यो पर्व नेपाली विशेषताको पर्व हो । निकै रमाइलो पर्व हो । दाजुभाइ र दिदीबहिनी बीचमा थप आत्मीयता वृद्धि गर्ने पर्व हो । आफ्ना उपयोगी उत्पादनका सामग्री(औजार) हरु वस्तुभाउहरुको महत्व र उपयोगितालाई पुनस्मरण गर्ने पर्व हो ।


    जय तिहार पर्व संस्कृृति
    वरिस दिनको दिउसिरे
    तिहारै  दिउसिरे
    साथीभाइ देउसिरे
    जम्मा भएर देउसिरे
    रातोमाटो दिउसिरे
    चिप्लो बाटो दिउसिरे
    लोट्दै पोट्दै दिउसिरे
    हजुरको दिउसिरे
    दरबारमा दिउसिरे ।
    दरबारैमा दिउसिरे
    गाउँदै नाच्दै दिउसिरे
    आएका हामी दिउसिरे ।


    छठ पर्वः तिहार पर्व लगत्तै पछि आउने छठ पर्व हो । जाडो मौसमको सुरुवातसँगै यो पर्व सुरु हुन्छ । मानव जाति, पशु प्राणी र बोटविरुवाका लागि पनि तापक्रम र उज्यालोको आवश्यक पर्दछ । हाम्रो सबैभन्दा ठूलो ताप र उज्यालोको स्रोत सूर्य हो । अस्ताउँदो सूर्यलाई अर्घ दिएर यो पर्वको सुरु हुन्छ । यस पर्वमा सूर्यको पूर्जन, कीर्तन हुन्छ । पुनः अस्ताचलमा पुगेका सूर्यलाई अर्घ दिए पछि यो पर्वको अन्त्य हुन्छ । मिथिला क्षेत्रबाट उत्पत्ति भएको यो पर्व अहिले त पहाड, हिमालतिर पनि चढेको छ । 
    मानव जाति जुन बेला वस्त्रविहीन, घरबार विहीन, गासबासबिहीन, उज्यालो विहीन थियो । त्यो बेला बाँच्ने प्रमुख सहरा सूर्य नै थियो । त्यसैले छठको अवसरमा सूर्य पूजन गरेर अस्ताउन थालेका सूर्यलाई चाँडै उदकाउनुहोस् भनी मानव जातिले सूर्यलाई बिदा गरेर भोलिका लागि स्वागत गर्न तम्तयार भएको पर्वका रुपमा बुझ्न सकिन्छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij