काठमाडौं । नेपाली बजारमा सोमबार (कात्तिक १०) सुनको मूल्य घटेको छ । सुनको मूल्य तोलामा दुई हजार रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस दिन छापावाल सुनको मूल्य तोलाको दुई लाख ३९ हजार ९०० रुपैयाँ कायम छ । आइतबार (कात्तिक ९) छापावाल सुन प्रतितोला दुई लाख ४१ हजार ९०० रुपैयाँमा किनबेच भएको थियो ।
चाँदीको मूल्य पनि तोलामा ३५ रुपैयाँले घटेको छ । चाँदी प्रतितोला दुई हजार ९८० रुपैयाँमा खरिद–बिक्री भइरहेको महासंघले जनाएको छ । आइतबार प्रतितोला तीन हजार १५ रुपैयाँमा कारोबार भएको थियो ।




