२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

चुनावका लागि वातावरण बनाऊ

चुनावका लागि वातावरण बनाऊ

चुनावका लागि वातावरण बनाऊ

चुनावका लागि वातावरण बनाऊ

चुनावका लागि वातावरण बनाऊ
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
सोमवार, कार्तिक १० २०८२
सोमवार, कार्तिक १० २०८२
  • आगामी फागुन २१ गते प्रतिनिधिसभाको चुनाव हुने मिति तय भएको छ । तोकिएको मितिमा चुनाव हुने बारेमा संशय छ । चुनावका लागि राजनैतिक दलहरुले मात्रै होइन्, सुरक्षा निकायका अधिकारीहरु पनि भदौ २४ को विध्वंशमा लुटिएका हतियार फिर्ता नभएसम्म शान्तिपूर्ण ढंगले चुनाव गर्न कठिन हुन सक्ने आशयका धारणा व्यक्त गरिरहेका छन् । चुनावमा राजनैतिक दलसँग विश्वासको वातावरण बनाउनुको साटो उनीहरुलाई भड्काउने र उत्तेजित बनाउने काम गृहमन्त्री ओमप्रकाश अर्यालले गरिरहेका छन् । चुनाव गराउने सरकारका मन्त्री नै अराजक बन्नु निन्दनीय छ ।


    २४ भदौको हिंसात्मक प्रदर्शनका क्रममा लुटिएका ५ सय ५६ थान हतियार अझै फेला परेका छैनन् ।नेपाल प्रहरीका विभिन्न ब्यारेक तथा कार्यालयमा तोडफोड र आगजनीपछि १२ सय ७६ थान घातक हतियार लुटिएका थिए । त्यसमध्ये ७ सय २० थान मात्रै नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीले फिर्ताल्याएको छ । अझै ५ सय ५६ थान हतियार फिर्ता आउन बाँकी रहेको प्रहरी प्रधान कार्यलयले जनाएको छ ।प्रहरीका अनुसार इन्सास र एसएलआरसहित २ सय ८५ नाल ठूला र पेस्तोल लगायत २ सय ७१ नाल साना हतियार अझै नियन्त्रणमा आएका छैनन् । गृहमन्त्रीले राजनैतिक दलहरुले चुनावमा लुटिएका हतियार र फरार कैदी बन्दी चुनावमा प्रयोग गर्दैनौ भन्ने प्रतिबद्धता व्यक्त गर्नुपर्ने बताएर राजनैतिक दलहरुको भूमिकाप्रति आशंका व्यक्त गरेर जिम्मेवारीबाट पन्छिन खोजेका छन् । लुटिएका हतियार फिर्ता र फरार कैदी बन्दीलाई कारागारमा फर्काउने कामको जिम्मेवारी सरकारको हो ।


    २४ भदौमा २८ कारागार र बालसुधार गृह तथा अनुसन्धानका क्रममा प्रहरी हिरासतमा रहेका सहित कुल १४ हजार ४३ जना कैदीबन्दी र थुनुवा भागेका थिए । तीमध्ये अझै करिब ५ हजार कैदीबन्दी र थुनुवा पक्राउ परेका छैनन् । कैदी बन्दी फिर्ताका लागि सरकारको पहलकदमी सुस्त छ । प्रहरी नेतृत्वले निरन्तर गृहमन्त्री सँग फरार कैदी बन्दी फिर्ता र लुटिएका हतियार फिर्ताका लागि पहलकदमी लिन आग्रह गरिरहेको छ । उसले प्रहरीलाई हस्तक्षेप मुक्त परिचालनको अपेक्षा गरेको छ, जुन स्वभाविक छ ।


    जेन–जी आन्दोलनपछि उत्पन्न परिस्थितिका बीच २४ भदौमा ‘आपराधिक गतिविधि’ मा संलग्न रहेको आरोपमा प्रहरीले देशभरबाट २ सय ३७ जनालाई पक्राउ गरेको छ । केन्द्रीय प्रहरी प्रवक्ता डीआईजी विनोद घिमिरेका अनुसार, कोशीबाहेक सबै प्रदेशबाट प्रहरीको हातहतियार, व्यक्तिगत सम्पत्ति लुटपाट, आपराधिक उपद्रव र अभद्र व्यवहारको कसुरमा उनीहरू पक्राउ परेका हुन् । जेन–जी आन्दोलनपछि उत्पन्न परिस्थितिमा आपराधिक गतिविधिमा संलग्न आरोपितहरू प्रहरी हिरासतमा छन् , कतिपय हाजिर जमानतमा छुटेको अवस्था पनि छ । कसुरअनुसार मुद्दा दर्ता पनि भइरहेका छन् । तर विध्वंशमा संलग्नलाई कानुनी कारवाही गर्न गृह नेतृत्व इच्छुक नभएपछि प्रहरी दवावमा छ । समस्या सरकारमै छ, अरुलाई दोष लिएर चुनावको वातावरण बन्दैन् । चुनावका लागि विध्वंशमा संलग्नलाई कानुनी कारवाही , भदौ २३ को गोली काण्डको निष्पक्ष छानविन र दोषीलाई कारवाही पनि अपरिहार्य छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij