व्यंग्य विनोद
टेकराज पौडेल
मेरो आसय एमालेले बुझेन । मैले एमालेकै पक्षमा भनेको हुम । मेरो सिङ्गो परिवार एमाले हो । एमाले मेरो नसा नसाको रगतमा छ ।
के गर्ने एमालेको लाइनमा लागेको भए ७० पुग्दा पनि सम्सद देलान जस्तो लागेन । बालेनको सङ्गत गरेको ३ बर्ष मै गृहमन्त्री भए । उनकै सहयोगमा गृह जस्तो महत्वपूर्ण मन्त्रालय पाएको छु । उनको हित जस्तो त देखाउनै पर्यो नि नत्र जेनजीहरु मसित रिसाउँछन् । उनको गनगन सुनेकी श्रीमतीले शान्त स्वरमा बुढासँग कुरा गर्ने मुढ बनाइन् !
–श्रीमतीजीले लालित्य स्वरमा सोधिन्–“बाबा तिमीले के गुनगुनाउँदैथ्यो कि एमालेले मेरो आसय बुझेन ? के भन्या !
–ओमजीले नरम भाषामा भने –‘मैले हिजो भनेको एउटा भाषण आज भाइरल भएछ !’
–श्रीमतीजीले सोधिन्– ‘तिमी ठाउँ नै पिक्षे फरक–फरक बोल्छौ ।’ के थाहा कुन ठाउँ बोलेको भाइरल भयो ?
–अर्यालले भने– म हिजो निर्वाचनको प्रशङ्गमा दलहरुलाई एउटा उपदेश दिएको थिए त्यही भाइरल भयो !
–श्रीमतीजीले भनिन्– तिम्रो बानी बाहिर जे जस्तो समाचारमा आउँछ घरमा त्यसको उल्टो छ ।
–अर्यालले भने के उल्टो भयो तिमि पनि यस्तो टेन्सनको बेला जेपिटि बोल्छौ ।
–श्रीमतीले भनिन - बालेनलाई कुन लेखकले लुसिफर भनेछ त्यो भन्नु पर्ने तिमीलाई हो ! तिमी हौ बरु मेरो लागि लुसिफर !
–अर्यालले भने म कसरी लुसिफर हुन्छु ! लुसिफरको लुतो मतिर टासो नलगाउ । जस्लाई जस्ले भने त्यही ठीक छ ।
–श्रीमतीले भनिन्– मैले तिमीलाई भनेका कुराको जबाफ लिनु त छँदैछ । भन बरु तिम्रो के कुरा भाइरल भयो ? एमालेले के बुझेन ?
–अर्यालले भने हिजो मैले दलहरुले यदि फाल्गुन २१ मा चुनाव गराउन चाहनु हुन्छ भने लुटेका हतियार र भागेका अपराधी कैदीहरु प्रयोग उपयोग गर्ने छैनौ भनेर निर्वाचन आयोग समक्ष स्वघोषणा गर्नु पर्दछ भनेको थिए । त्यही भाइरल बनाए छन् ।
–श्रीमतीले भनिन् तिमी गृहमन्त्री मात्र होइनौ तिमी नागरिक भोटर र बरिस्ठतम अधिवक्ता हौ तिमीले बोलेको कुराले के अर्थ दिन्छ ? तिमी बोल्दा बुद्धि पु¥याएर बोल ।
तिमी गृहमन्त्री नभएर एउटा राजनीति कार्यकर्ता, वा स्वतन्त्र अधिवक्ताको हिसाबले कति तर्क कति कुतर्क निकाल्ने थियौ होला । यही विषयमा तिमीलाई पीएचडी गर्ने विषय दिने हो भने अहिले सम्मका थेसिस भन्दा तिम्रो कति माथिल्लो लेबलको हुन्थ्यो होला ? खैर तिम्रो यो बोलीलाई के अर्थ लगायो एमालेले ?
–अर्यालले शान्त स्वरमा भने एमालेले भन्दा पनि धेरैले मेरो मर्म विपरित बुझे र लेखे ।
–श्रीमतीले भनिन्– एमालेले किन बुझेन भन्न खोजेको हो गाँठी कुरा के हो ?
–अर्यालले खास कुरा खोले २४ गते हातहतियार लुट्ने एकाध पार्टी बाहेक सबै जसो पार्टीका कार्यकर्ता हुन् । सिधै तिमीले लुटेका हौ हतियार बुझाउ भनौ भने भड्किन्छन् । हामीले गर्ने भनेको चुनावमा भाग लिएनन् भने हाम्रो बैधता के होला ? त्यही भएर भाषा नरम प्रयोग गरेर हतियार बुझाउ भन्न खोजेको हुम ।
श्रीमतीले भनिन्– ‘कुन पार्टीले लुटेन त त्यसो भए ?’
–अर्यालले भने एमालेले लुट्न पाएन उसँग हतियार भएको भए काठमाडौमा मात्र २३० जना एमालेका नेता मन्त्रीको घरमा लुटपाट तोडफोड र आगजनी भयो । एक दुइटा हतियार उनीहरुसँग हुन्थ्यो भने सिध्याइदिन्थे ।
–श्रीमतीले भनिन्– विना हातहतियार कसरी चुनाव लड्ने त ? विचराहरुलाई समस्या त भएछ नि !
–अर्यालले भने तिमी जस्तो बरिष्ठ अधिवक्तालाई नै कुरा बुझाउन सकिन ! कुरा त्यस्तो होइन नि ! हतियार त राज्य बाहेक नागरिकसँग हुनुहुन्न नि !
–श्रीमतीले भनिन्– कुरा बुझे कसै सँग लुटिएका हतियार हुनु कसैलाई तिनै हतियारको डर हुनुको कारण चुनावको सन्दर्भ रहेछ है !
– अर्याल खुशी हुँदै भने बल्ल खास कुरा बुझ्यौ !
–श्रीमतीले भनिन्– खास बुझिन एमाले बाहेकका पार्टीहरुसँग लुटेका हतियार छन् त भन्यौ ती कति मात्रामा होलान् त ? तिनी हतियार राज्यले फिर्ता ल्याउन सक्दैन ?
–अर्यालले भने जेनजी आन्दोलनमा जस्ले बढी योगदान गर्यो उसैले बढी फाइदा पायो नि !
–श्रीमतीले भनिन्– संख्यामा भन्न सक्दछौ ? को कति फाइदामा गए होलान् ?
– अर्यालले भने – चलाउन पनि जान्ने र लुट्न पनि त्यत्तिकै सिपालु दश बर्षे द्वन्द्वमा सिकेकाहरुले लगेको सुरक्षा निकायको रिपोर्ट छ । ६ हजार अत्याधुनिक हतियार डीडब्लुओ त्यो समूह भनौ वा पार्टीसँग ४ हजारको संख्यामा भएको अनुमान छ । बाँकी २ हजार हतियार रास्वपा, राप्रपा र दुर्गा प्रसाईहरुले राखेका छ्न ।
–श्रीमतीलाई अझ खुल्दुली लाग्यो । तिमीलाई थाहा नै रहेछ उनीहरु एमालेले चुनावमा भाग नलिए सिट थपथाप हुने आशामा पनि होला । हतियारको किन बुझाउन भन्न पर्यो र ? हतियार र कैदी कै कारण अब चुनावमा जान्न । किनकि २४ गते एमाले नेता मात्र किन टार्गेटमा परे भन्ने बुझेकाले नै उनीहरु भाग लिदैनन् ।
अँह साँच्चै जेलमा बसेका कैदीहरुको दुरुपयोग हुने वाला छ– गृहमन्त्री जस्तोले किन खोज्नु हुन्न ?
–अर्याल भन्दछ्न– यो सरकार बनाउनमा तिनीहरुको पनि हात छ । तर जेलबाट निस्किदा भने रबि लामिछानेका कारण छुटेको हुदाँ यिनैलाई हाल्ने भन्दै थिए उनीहरु लगभग ७-८ हजारको संख्यामा भागेका छन् । तिनीहरुका कारण एमाले, कांग्रेसको भोट नघटाउने हो भने जेनजी आन्दोलनको उद्देश्य पूरा हुन्न ! एक जना कैदीले घर मै ५÷६ जना र उस्तै परे एउटा टोल नै कब्जा गर्दछ ।
–श्रीमतीले भनिन्– अपराधीहरु बाहिर राख्दा त खतरा हुन्न र झन राजनीति कारणले छुटेकाहरुले त बदमासी गर्न बेर नै लाग्दैन नि किन पक्राउ नगरेको नि ?
–अर्यालले भने हाम्रो अनुमान गएको डेढ महिनामा जेलबाट छुटेकाले धेरै नै मार्दछन् भन्ने आँकलन थियो– हाम्रो आशा र अनुमान पुगेन । लगभग यो अवधिमा जम्माजम्मी अपराधीहरुले एक दर्जन भन्दा बढी घटना घटेनन् । एक जना कैदीले श्रीमती मार्यो । एक जनाले ठमेल मै एक जना युवालाई मा¥र्यो । कतिपयले चोरी र बलात्कार हुने भएका छन् । यो दर त उनीहरु जेल मै छँदा हुन्थ्यो । यति ठूलो पैमानमा बाहिर छ्न कि यो हामीसँग भएको निकायले स्थिति नियन्त्रणमा ल्याउन सक्दैन । चुनावमा पार्टीहरुले प्रयोग गर्ने सम्भावना बढी हुन्छ । पार्टीहरुकै हुन उनीहरुले सुधार्छन् !
श्रीमतीले भनिन्– ‘यी तिमले स्वतन्त्र निस्पक्ष र भय रहित चुनाब गर्न सकेको ?’ कुर्तातिर औला देखाउँदै श्रीमानलाई लोपारिन् !
बेकारको टेनसन ! हाम्रा त्यति धेरै शत्रु पनि थिएनन् । लामो समय राजनीति गरेका पनि होइनौ एमाले कांग्रेसका घर जलाएको प्रतिफल स्वरुप बालेनले दिएको बक्सिस सत्ता बिमुख हुँदैको अर्को दिन हाम्रो घर नजलाइदिउन । म त मेरो माइतीले दिएर बनाएको दरबारजस्तो घर आगो लगाउन दिन्न । बरु भोलि नै गृहमन्त्रीसँग श्रीमतीको बीच पारपाचुके भएको मिडिया बाजी गराउँदछु ।
निर्दलीय, ब्यक्तिवादी र सिस्टम बिनाको राज्य सञ्चालन बडो खतरनाक र जबाफदेहिता हँुदैन यस्तो सञ्चालन गर्ने मान्छेहरु कात्तिकको कुकुर मरे जस्तै मर्दा न्यायसम्म पाइदैन । अर्काको लहलहैमा आफ्नो लगानी बिनाको प्रतिफल आशा नगर्नुस् ।
तिहारको सुमधुर धुनबाट भएको देशकै विषयको पारिवारिक छलफल पारपाचुकेमा गएर टुङ्गिने स्थिति बन्यो !
कपिलवस्तु




