२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

सुनवलमा मङ्सिर १० देखि २१ गतेसम्म पाँचौँ सुनवल महोत्सव संचालन हुने

सुनवलमा मङ्सिर १० देखि २१ गतेसम्म पाँचौँ सुनवल महोत्सव संचालन हुने

सुनवलमा मङ्सिर १० देखि २१ गतेसम्म पाँचौँ सुनवल महोत्सव संचालन हुने

सुनवलमा मङ्सिर १० देखि २१ गतेसम्म पाँचौँ सुनवल महोत्सव संचालन हुने

सुनवलमा मङ्सिर १० देखि २१ गतेसम्म  पाँचौँ  सुनवल महोत्सव संचालन हुने
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
जयसवाल परासीमा रहेर पत्रकारितामा क्रियाशील रहेका छन् ।
सोमवार, कार्तिक १० २०८२
सोमवार, कार्तिक १० २०८२
  • परासी  ।  पश्चिम नवलपरासीको  सुनवलमा पाँचौँ सुनवल महोत्सव संचालन हुने भएको छ । कृषि उद्योग व्यापार,कला र सँस्कृति समग्र सुनवलको समृद्धि भन्ने मुल नाराका साथ पाचौँ सुनवल महोत्सव संचालन हुने भएको हो ।

    आगामी मङ्सिर १०  देखि २१ गतेसम्म पाचौँ सुनवल महोत्सव २०८२ संचालन ,गर्न लागिएको उद्योग बाणिज्य संघका सुनवलका अध्यक्ष रमेश कर्मचार्यले जानकारी दिए ।

    उद्योग वाणिज्य सङ्घ सुनवल नवलपरासीको आयोजनामा सुनवलको सोमनाथ हाट बजारमा संचालन हुने व्यापार मेलामा उत्पादक र उपभोक्ताबीच सुमधुर सम्बन्ध स्थापना गर्ने उदेश्यले  आयोजना गर्न लागिएको मेलामा घरेलु तथा साना मझौला तथा ठूला उद्योग आतिरिक्त बिदेशका बस्तु र पहाडी कृषि जन्य र अन्यहरु समेत गरी २००  व्यावसायिक स्टलहरू रहने सुनवल उद्योग वाणिज्य सङ्घका अध्यक्ष रमेश कर्माचार्यले जानकारी दिए ।

     

    मेलामा एक लाख दर्शकले अवलोकन गर्ने तथा  १० करोड बराबरको आर्थिक कारोबार हुने अपेक्षा गरिएको सङ्घका अध्यक्ष कार्मचार्यले बताए । उनको अनुसार यस पटकपनि महोत्सवको ठेक्का नदिई उद्योग बाणिज्य संघ आफैले संचालन गर्नेछ । मेलाले स्थानिय राष्ट्रिय र अन्तराष्ट्रिय लागानीकर्ता उत्पादक बितरण निर्यातकर्ताहरुलाई एउटै मञ्चमा भेला गराई सुमधुर सम्बन्ध स्थापना गर्ने लक्ष्य लिइएको छ ।

     

    यस मेलाको मुख्य आकर्षक सांस्कृतिक कार्यक्रममा बिज्ञान प्रर्दशनी र खाना महोत्सव संचालन हुने जसमा खाना महोत्सवमा बिभिन्न जात जातिका खाना परिकार हुने सङ्घका उद्योग उपाध्यक्ष इश्वरी भण्डारीले जानकारी दिए  ।

     

    अन्तराष्ट्रिय, कृषि तथा जडीबुटी पर्यटन सम्बन्धी दैनिक उपभोग्य बस्तु हस्तकाला तयारी पोशाक प्रर्दशन गरिने  र सेमिनार तथा अन्तरक्रिया तथा बाल उद्यान पनि आकर्षणको रुपमा रहने संघका महासचिव तेजप्रसाद भण्डारीले जानकारी दिए ।

     

    राष्ट्रिय र स्थानिय  कलाकारहरुको बेजोड प्रस्तुती  तथा सेल्फि जोन मेला अवाधिभर हुनेछ । मेलाको टिकट १ सय , विद्यार्थीको लागि ७० , सामुहिक रुपमा मेला अवलोकन गर्न आउने विद्यार्थीको लागि ५० प्रतिशत छुटको व्यवस्था गरिने छ भने  ६८ बर्ष भन्दा माथि सामाजिक सुरक्षा भत्ता प्रप्ता गर्ने जेष्ठ नागरिक शतप्रतिशत छुट व्यवस्था गरिएको छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij