२०८३, आश्विन २४ गते

Oct 10 2026

images
images

सुनको भाउ डेढ लाख

सुनको भाउ डेढ लाख

सुनको भाउ डेढ लाख

सुनको भाउ डेढ लाख

सुनको भाउ डेढ लाख
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बुधवार, श्रावण २ २०८१
बुधवार, श्रावण २ २०८१
  • काठमाडौं । बुधबार सुनले नयाँ कीर्तिमानी मूल्य कायम गरेको छ । यस दिन सुनको भाउ करिब डेढ लाख पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले बुधबार प्रतितोला १ लाख ४९ हजार ८ रुपैयाँ मूल्य तय गरेको छ । यो अघिल्लो दिनको तुलनामा २ हजार रुपैयाँ बढी हो । अघिल्लो दिन प्रतितोला १ लाख ४७ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।

    अन्तर्राष्ट्रिय बजारमा पनि सुनको भाउले पुनः नयाँ रेकर्ड बनाएको छ । बुधबार (साढे १० बजे) सुनको भाउ प्रतिऔंस २४७० अमेरिकी डलर पुगेको छ । अन्तर्राष्ट्रिय बजारमै नयाँ रेकर्ड बनाएको सुनले नेपाली बजारमा पनि कीर्तिमानी मूल्य कायम गरेको हो । अन्तर्राष्ट्रिय बजारअनुसार नेपालमा मूल्य समायोजन हुन्छ ।

    अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढ्नुको प्रमुख कारण नै अमेरिकाले ब्याजदर कटौती गर्ने सुनिश्चितता गर्नु हो । अमेरिकी केन्द्रीय बैंक फेडरल रिजर्भका अध्यक्ष जेरोम एच पावेलले सोमबार मात्रै ब्याजदर कटौतीका लागि अब मुद्रास्फिति कुर्न नपर्ने प्रतिक्रिया दिएका थिए ।

    उनको यहीं भनाइका कारण अमेरिकाले ब्याजदर घटाउने विश्वास लगानीकर्तामा बढेको र त्यसले सुनको मूल्य उचाइमा पुगेको सञ्चारमाध्यम सीएनबीसीले उल्लेख गरेको छ ।


    ‘हामीलाई दोस्रो त्रैमासिक रिपोर्टले बढी आत्मविश्वास दिएको छ, मूल्यवृद्धि घट्दो छ, श्रम बजार सन्तुलित भएको छ, यी दुई पक्षका कारण अब ब्याजदर कटौतीका लागि लक्षित २ प्रतिशतको मुद्रास्फिति कुर्न पर्दैन’ सोमबार उनले वासिङटन डीसीको इकोनोमिक क्लबमा भनेका थिए ।

    ब्याजदर घट्दा लगानी सुनतिर आकर्षित हुन्छ, जसले माग बढाउँछ । कमोडिटी बजारमा सीमित आपूर्तिका बाबजुत माग बढ्दा सुनको मूल्य बढ्ने गर्छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij