२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

परिपक्कता देखाऊ प्रधानमन्त्री

परिपक्कता देखाऊ प्रधानमन्त्री

परिपक्कता देखाऊ प्रधानमन्त्री

परिपक्कता देखाऊ प्रधानमन्त्री

परिपक्कता देखाऊ प्रधानमन्त्री
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
मंगलवार, कार्तिक ११ २०८२
मंगलवार, कार्तिक ११ २०८२
  • भदौ २३ र २४ गते भएको जेनजी विद्रोहपछि चुनाव गराउने म्याण्डेडसहित अन्तरिम सरकारको नेतृत्व लिएकी सुशीला कार्की सरकारका कामले आलोचित बन्न थालेकी छन् । सरकार गठनको एक महिनामै उनको मात्रै नभएर कतिपय बाहेक धेरै जसो मन्त्री नतिजामुखी र आशा जगाउने काममा ध्यान दिनेभन्दा लोकप्रियतावादी बन्न खोजेको टिप्पणी हुन थालेको छ । । अझ पटक-पटकको मन्त्रिपरिषद् विस्तारका क्रममा विवादित अनुहार सार्वजनिक गर्ने र आलोचना भएपछि सपथ रोक्ने शैलीले सरकारको साख गिरेको छ । सुशीला कार्की प्रधानन्यायाधीशका रूपमा इमान्दार र हक्की छवि निर्माण गरेकी भएकाले जुन अपेक्षा थियो, त्यो अपेक्षा प्रतिविम्बित हुन सकेको छैन ।


    प्रधानमन्त्री कार्कीले १२ जनासम्म मन्त्री बनाउने तयारी गरिन् । तेस्रोपल्ट विस्तारपछि पनि मन्त्रिपरिषद्ले पूर्णता पाउन सकेको छैन । १० सदस्यीय मन्त्रीमा परराष्ट्र जस्तो संवेदनशील मन्त्रालयमा मन्त्री ल्याउन उनले महत्व नदिनुले नेपालको बाह्य सम्बन्धमा दुरगामी असर गर्न सक्छ । परराष्ट्रमन्त्रालयमा राजनैतिक नेतृत्व नहुँदा कतिपय अवस्थामा समस्या पर्न सक्छ, त्यो प्रधानमन्त्रीबाटै गर्नुपर्ने बाध्यता हुन्छ । प्रधानमन्त्रीको अरु काममा समय दिन कठिनाइ हुनसक्छ । प्रधानमन्त्री कार्कीले आइतबार राष्ट्रपति पौडेलसमक्ष चार जनाको नाम सिफारिस गरेकी थिइन् । तर दुई जनाले मात्रै सपथ लिए । एकले सपथ लिन अस्वीकार गरे, अर्को विभिन्न अपराधमा फरार अभियुक्त थिए । यो घटना पहिलो होइन्, स्वास्थ्यमन्त्रीमा डा. संगिता मिश्रलाई नियुक्त गर्न खोजियो, तर उनको सिफारिश भएपछि रोकियो । उनी स्वास्थ्य सेवा विभागको महानिर्देशक हुँदाका बेला भए गरेका काम बारे अख्तियार दुरूपयोग अनुसन्धान आयोगले अनुसन्धान गरिरहेको छ । कुनै व्यक्ति मन्त्रीका लागि निर्णय गर्नुपहिले ती व्यक्तिका बारेमा प्रधानमन्त्रीलाई पर्याप्त सूचनाको अभाव देखिन्छ । राष्ट्रपति कार्यालयमा सिफारिश पुगेपछि सपथ रोकिने अवस्था आउनु सरकार खेलाँची गरिरहेको प्रष्ट छ ।


    सरकारको प्रमुख कार्यभार चुनाव गराउने हो, फागनु २१ गते निष्पक्ष र शान्तिपूर्ण ढंगले चुनाव गराउने र दलहरु सहभागी हुने वातावरण बनाउन सक्दा नै यो सरकारको सफलता हुन्छ । तर प्रधानमन्त्रीलाई मुलधारका राजनैतिक दलसँग संवाद गर्ने र खुलस्त कुरा गर्ने रूची छैन । जेनजी अगुवा भन्दै सुदन गुरूङसहितका कतिपय व्यक्तिको घेरामा पर्दा कार्कीलाई समस्या परेको हुन सक्ने अड्कल काटिएको छ । राजनैतिक दलसँग दूरी बढाएर चुनाव सम्भव छैन भन्ने हेक्का हुन आवश्यक छ । 


    कुलमान घिसिङ जस्ता कतिपय मन्त्री सरकारको सफलता र असफलता भन्दा पनि व्यक्तिगत रूपमा सफल हुने ढंगले चलेर अराजक बन्न खोजिरहेका छन् । ट्रंक र डेडिकेटेड लाइन विवादमा कुलमानको जबर्जस्तीले उद्योगी उद्योग बन्द गर्न तयार भएका छन्, तर आफूले प्रयोग नगरेको बिजुलीको पैसा तिर्न तयार छैनन् । धमाधम उद्योगी व्यवसायी पलायन हुन थालिरहेको बेला सरकारले अभिभावकीय भूमिका खेल्न चुकेको छ । गृहमन्त्रीको कार्यशैलीप्रति सुरक्षा अधिकारीहरु नै असन्तुष्ट बनिरहेको र अराजकतालाई उनले प्रोत्साहन गरिरहेको भन्दै आलोचना हुँदा समेत प्रधानमन्त्री मौन छन् । मन्त्रीहरुलाई लगाम लगाएर अराजक बन्न रोक्ने काम प्रधानमन्त्रीको हो, त्यो भूमिकाबाट प्रधानमन्त्री चुकेकी छिन् ।


    खरानीको थुप्रोमा टेकेर गठन भएको सरकारले खरानी पन्छाउँदै आशाको दियो बाल्ने आम अपेक्षा छ । तर सरकारको रवैयाले खरानीको थुप्रो पन्छाउन पनि सकस परिरहेको छ । चौतर्फी निराशालाई पन्छाएर आशाको दियो बाल्नुको साटो अझै निराश बढाउने क्रियाकलापले समाज अझै अराजक बन्दै जाने जोखिम छ । यसको मूल्य मुलुकले चुकाउनुपर्नेछ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij