२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

लुम्बिनी लायन्स र शाइन रेसुंगा विकास बैंकबीच सम्झौता

लुम्बिनी लायन्स र शाइन रेसुंगा विकास बैंकबीच सम्झौता

शाइन रेसुंगा बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न क्षेत्रमा योगदान गर्दै आएको छ ।

लुम्बिनी लायन्स र शाइन रेसुंगा विकास बैंकबीच सम्झौता

लुम्बिनी लायन्स र शाइन रेसुंगा विकास बैंकबीच सम्झौता

शाइन रेसुंगा बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न क्षेत्रमा योगदान गर्दै आएको छ ।

लुम्बिनी लायन्स र शाइन रेसुंगा विकास बैंकबीच सम्झौता
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
मंगलवार, कार्तिक ११ २०८२
मंगलवार, कार्तिक ११ २०८२
  • बुटवल । नेपाल प्रिमियर लिग (एनपीएल) मा लुम्बिनी प्रदेशको प्रतिनिधित्व गर्ने टिम लुम्बिनी लायन्सले शाइन रेसुंगा डेभलपमेन्ट बैंकलाई ‘होम बैंक पार्टनर’ छनोट गरेको छ । 
    ‘होम डेभलपमेन्ट बैंक पार्टनर’ सम्बन्धी सम्झौतापत्रमा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत लोकराज पनेरु र लुम्बिनी लायन्सका म्यानेजर  लक्ष्मणदेव आचार्यले हस्ताक्षर गरेका छन् । 
    टिम म्यानेजर आचार्यले शाइन रेसुंगा लुम्बिनी प्रदेशमा स्थापना भई प्रदेशको एक मात्र राष्ट्रिय स्तरको विकास बैंक भएकाले साझेदार बनाएको बताए ।  बैंकसंगको साझेदारीले खेलाडीमा लगानी गर्न सहज भएको र टिमकै हौसला बढेको आचार्यले बताए ।  
    बैंकका नायब प्रमुख कार्यकारी अधिकृत पनेरुले क्रिकेट खेलको विकास र खेलाडीको प्रोत्साहनका लागि प्रदेशको प्रतिनिधित्व गर्ने टिमसंग सहकार्य गरेको बताए । 
    बैंकका चिफ ब्राण्डिङ अफिसर प्रभास राईले नेपालकै प्रतिष्ठित क्रिकेट प्रतियोगितामा खेल्ने टिम लुम्बिनी लायन्ससंग बैंकको साझेदारीले समग्र लुम्बिनी प्रदेशको ब्राण्डिङ र पर्यटन प्रवद्र्धनमा समेत योगदान पुग्ने विश्वास लिएको बताए ।   
     नेपाल क्रिकेट संघ (क्यान)को आयोजनामा आगामी मंसिर १ देखि २७ गतेसम्म नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको दोस्रो संस्करण सुरु हुंदैछ । एनपीएलको पहिलो संस्करणको उपाधि जनकपुर बोल्ट्सले जितेको थियो ।
    शाइन रेसुंगा बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न क्षेत्रमा योगदान गर्दै आएको छ । बैंकले वातावरण संरक्षण र हरियाली प्रवद्र्धनका लागि हालसम्म १६ हजार विरुवा रोपेको छ भने डिजिटल वित्तीय साक्षरता समुदायसम्म पु¥याउन अभियान  नै सञ्चालन गरेको छ । यस्तै पत्रकारिता, सामाजिक र धार्मिक क्षेत्रमा समेत योगदान गर्दै आएको बैंकले जनाएको छ । 

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij