परासी । लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री खेमबहादुर सारुले स्वास्थ्य क्षेत्रमा जनताको पहुँच पुयाउनको लागि प्रदेश सरकार लागि परेको बताएका छन । उनले जनताको स्वास्थ्य क्षेत्रमा पहुँच पुयाउनको लागि गुणस्तरीय सेवा प्रवाहमा जोड दिएको बताए । बुधबार पश्चिम नवलपरासीको भुमहीमा स्वास्थ्य कार्यालय परासीले आयोजनाको आ.ब २०८१।०८२को स्वास्थ्य कार्यक्रमहरुको जिल्लास्तरीय दुई दिने बार्षिक समिक्षा तथा योजना तर्जुमा गोष्ठीको उद्घाटन गदै मन्त्री सारुले सुशासन जवाफदेहीता ,पारदर्शीता तथा भष्टचार न्यूनिकारण गर्न सरकारले लक्षय लिएको बताए ।
स्वास्थ्य क्षेत्रमा देखिएकोे बेथितिलाई सुधार गर्नको लागि सुशासन जवाफदेहीता ,पारदर्शीता तथा भष्टचार न्यूनीकारण गर्न तर्फ ध्यान दिएको जनाए । उनले भने अस्पतालका डाक्टर वा स्वास्थ्यकर्मीहरुले कार्यालय समयभित्र बाहिर गएर क्लिनिकमा सेवा दिने गरेको गुनासोलाई पनि चिर्नको लागि अस्पतालका डाक्टर वा स्वास्थ्यकर्मीहरुले कार्यालय समयमा निजी क्लिनिक गएर सेवा दिईएको पाईएको खण्डमा कानून बमोजिम स्पष्टीकरण वा कारबाही गरिएको बताए ।
जुन जिल्लाहरुमा बिशेषज्ञ डाक्टरको अभाव रहेको त्यस जिल्लामा बिशेषज्ञ डाक्टर खटाएर जनतालाई गुणस्तरीय सेवा प्रदान गरिएको बताउँदै औषधी अभाव र उपकारण अभाव देखिएको जिल्लामा औषधी र उपकारण उपलब्ध गराई गुणस्तरी सेवा प्रवाह प्रदेश सरकारले गरिरहेको बताए । अहिले प्रदेश सरकार हरेक जिल्ला अस्पतालमा बिरामी सख्या बृद्धिसँगै जिल्ला अस्पतालहरुले बिशेषज्ञ सेवा र गुणस्तरीय सेवा प्रदान गर्दै आएको उनको भनाइ थियो ।
दुर्गम जिल्ला तथा तराईका जिल्लामा बिशेषज्ञ डाक्टरलाई खटाई जनतालाई स्वास्थ्य क्षेत्रको पहुँच पुयाउने कार्यको थलानी गरी जनताले स्वास्थ्य उपचारबाट बन्चित नहुने खालको योजनाको साथ आगाडि बढेको बताए ।
जिल्ला समन्वय समितिका प्रमुख भगौतीप्रसाद यादव (रुदल) अध्यक्षयतामा भएको कार्यक्रममा लुम्बिनी प्रदेशकाद्धय सासद बैजनथा कलवार बिश्वप्रेम पाठक ,सुनवल नगरपालिकाकी मेयर बिमला अर्याल, स्वास्थ्य कार्यालयका प्रमुख अंगद बहादुर शाही लगायतले धारणा राखेका थिए ।
स्वास्थ्य कार्यालयबाट संचालित आ.ब २०८१।०८२को बार्षिक समिक्षा तथा योजना तर्जुमा गोष्ठी दुई दिनसम्म चल्ने गोष्ठीमा सात वटा स्थानिय तहका स्वास्थ्य शाखाले गरेको कार्यप्रागित तथा साझेदार संस्थाहरु प्रस्तुतीकरण रहने स्वास्थ्य कार्यालय बरिष्ठ मलेरिया इस्पेन्टर देबीलाल पौडेलले जानकारी दिए ।




