२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

रोल्पामा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु

रोल्पामा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु

रोल्पामा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु

रोल्पामा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु

रोल्पामा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु
मगर राेल्पामा रहेर सामाजिक तथा समसामयिक विषयमा कलम चलाउँछन् ।
बिहिवार, कार्तिक १३ २०८२
बिहिवार, कार्तिक १३ २०८२
  • रोल्पा । रोल्पाको सुनिलस्मृति गाउँपालिका-४, सुलिचाैरबाट किलाचाैर जाने क्रममा लु २ च ८०१५ नम्बरको डबल क्याप बोलेरो जिप धुलेओडार भन्ने स्थानमा दुर्घटना भएको छ ।

    राति करिब १० बजेतिर जिप सडकबाट करिब तीनसय मिटर तल खोलामा खस्दा चालक सुनछहरी गाउँपालिका-६, बस्ने वर्ष ३२ को थम्मन रोकामगरको मृत्युु भएको छ भने अन्य तीनजना घाइते भएका छन् । 


    दुर्घटनामा परि घाइते हुनेहरूमा लुङ्ग्री-७ का ४० वर्षीय खिमबहादुर पुन, लुङ्ग्री-४ का २७ वर्षीया भावना गिरी र उनकी ५ वर्षीया छोरी शान्ति गिरी रहेका छन् ।

    इलाका प्रहरी कार्यालय सुलिचाैरका प्रहरी निरीक्षक अनिल कुमार चाैधरीका अनुसार घाइतेहरूलाई शरीरमा चोटपटक लागेको र अवस्था मध्यम रहेको जानकारी दिए ।

    सुलिचाैरमा उपचार सम्भव नभएपछि घाइतेहरूलाई मेडिकल कलेज भैरहवा रिफर गरिएको छ । जिप सडकबाट सिधै खोलामा खसेको थियो ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij