२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

बेमौसमी वर्षाले निम्त्याउने जोखिम

बेमौसमी वर्षाले निम्त्याउने जोखिम

बेमौसमी वर्षाले निम्त्याउने जोखिम

बेमौसमी वर्षाले निम्त्याउने जोखिम

बेमौसमी वर्षाले निम्त्याउने जोखिम
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बिहिवार, कार्तिक १३ २०८२
बिहिवार, कार्तिक १३ २०८२
  • जल तथा मौसम विज्ञान विभागले बंगालको खाडी र अरब सागरमा बनेका दुईवटा न्यूनचापीय प्रणालीको प्रभावले  नेपालमा वर्षा हुने सम्भावना आँकलन गरेको छ । यो वर्षाले गत असोजमा पहिरोले क्षतविक्षत भएको कोशी प्रदेशका इलामसहित २६ जिल्लामा असर गर्न सक्ने भन्दै सर्तकता अपनाउन चेतावनी दिइएको छ । अहिले धान बाली भित्र्याउने सिजन पनि हो, यो बेला पर्ने पानीले भित्र्याउन लागिएको धानलाई असर गर्छ ।


    जल तथा मौसम विज्ञान विभागका अधिकारीहरुका अनुसार अहिले नेपाललाई मुख्यतया दुईवटा मौसमी प्रणालीले प्रभाव पार्दैछन् । एउटा बंगालको खाडीमा विकसित भइरहेको छ, जसलाई ‘मोन्था साइक्लोन’ नाम दिइएको छ । त्यो अहिले भारतको ओडिसा–विशाखापट्नमबाट नेपालतर्फ आउँदैछ । अर्को प्रणाली अरब सागरमा विकसित भएर भारतको गुजरात साइडतिर प्रवेश गर्न लागेको छ । यी दुवै प्रणालीको असरले भारी वर्षा हुने आँकलन छ । विशेष गरी अरब सागरबाट आउने प्रणालीले विशेषगरी नेपालको पश्चिमी भूभागहरूमा वर्षा गराउने छ । अझ स्पष्ट रूपमा भन्दा सुदूरपश्चिमलाई केन्द्रित भएर लुम्बिनी प्रदेशको पश्चिम भागसम्म प्रभाव देखिने सम्भावना छ । यसको प्रभाव मंगलबार र बुधबारसम्म हुने देखिन्छ । त्यसपछि बिहीबारबाट फेरि बे अफ बंगालको प्रणालीले असर गर्छ । यो नर्थवेष्ट मुभ गर्ने अनुमान छ । यसको प्रभाव बिहीबार बेलुकाबाट शनिबारसम्म हुने देखिन्छ । यसले नेपालको मध्य भागदेखि पूर्वतिर असर गर्ने देखिन्छ । मुख्यगरी मधेश प्रदेश र कोशी प्रदेशमा सक्रिय रूपमा वर्षा गराउने प्रक्षेपण गरिएको छ ।


    २०७८ सालमा कार्तिक पहिलो साता भिषण वर्षा भएको थियो । वर्षाले पहिरो र डुबान भएको थियो । त्यो वर्षाले लुम्बिनी प्रदेशमा मात्रै ८ अर्बको कृषि जन्य उत्पादन क्षति भएको थियो । सबैभन्दा बढी भित्र्याउन तयार भएको धानमा क्षति पुगेको थियो । अहिले ठ्याक्कै त्यही अवस्था आएको छ । असार–साउनमा लामो खडेरीले यसपाली धान खेतीमा किसानले सास्ती खेपे । मधेस प्रदेशमा पर्याप्त रोपाई भएन्, जति भयो ढिला भयो । अन्यत्र पनि पर्याप्त र नियमित वर्षा नहुँदा रोपेको धान जोगाउन किसानलाई हम्मे हम्मे भयो । जेनतेन जोगाएको धान जति फलेको छ, त्यो फलेको धान भित्र्याउने बेला प्रकृतिले साथ नदिँदाको मारमा किसान परेका छन् । काटिसकेको धान भित्र्याउन तहगत सरकारका निकायले किसानलाई सहयोग गरेर क्षति न्यूनीकरण हुन सक्छ ।

    अहिलेसम्म नकाटिएको धान केही दिन नकाट्दा जोगिन सक्छ । डुबान, लामो वर्षा र असिना प¥यो भने नकाटेको धानमा पनि क्षति पुग्न सक्छ । विपद्बाट किसानलाई जोगाउने उपाय भनेको कृषि बिमालाई विस्तारबाट सम्भव छ । जलवायु परिर्वतनले भएको मौसमी चक्रमा हेरफेर र पारेको प्रभावका बारेमा पनि किसानलाई बुझाउन सक्दा खेतीपाती लगाउने र स्याहार्ने समयको ख्याल किसानले गर्न सक्छन् ।


    अहिले तत्काल गर्नुपर्ने काम भनेको २६ जिल्लामा असर पर्न सक्ने आँकलन गरेकाले ती जिल्लामा सतर्कता अपनाउने, विपद् पूर्व तयारी, विपद्पछिको उद्दार र राहतका लागि तयारी गर्दा क्षति न्यूनीकरण गर्न सकिन्छ । हामीकहाँ विपद्को पूर्व तयारी अझै पर्याप्त छैन । स्रोत साधन र प्रविधिको प्रयोग धेरै गर्नुपर्नेछ, तर स्रोत, साधन र प्रविधिको प्रयोग न्यून हुँदा क्षति धेरै हुँदै आएको छ । 


    मनसुनपछि वर्षा हुँदैन भन्ने आँकलन अब कामयाव हुँदैन भन्ने पनि हेक्का राख्नुपर्छ । मनसुनपछि वर्षा हुँदैन भनेर सतर्कता नपनाउँदा बेमौसमी वर्षाले क्षति धेरै हुनसक्छ । मनसुनका बेला गरिएको तयारी अहिले पनि उत्तिकै आवश्यक छ । सरोकारवाला सरकारी निकाय खासगरी नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीय तह, प्रदेश र संघीय सरकारका विभिन्न कार्यालयबिचको समन्वयकारी संयोजनबाट विपद्को जोखिम न्यूनीकरण गर्न सकिन्छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij