२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

विद्युत कटौतीको विरोध कार्यक्रममा बोल्दा बोल्दै ढलेका जिफन्टका उपाध्यक्ष कमल गौतमको निधन

लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बिहिवार, कार्तिक १३ २०८२
बिहिवार, कार्तिक १३ २०८२
  • बुटवल ।  उद्योगमा नेपाल विद्युत प्राधिकरणले गरेको विद्युत कटौतीको विरोधमा आयोजित कार्यक्रममा बोल्दा बोल्दै ढलेका नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट) नेपालका उपाध्यक्ष कमल गौतमको निधन भएको छ । अचानक ढलेका गौतमलाई उपचारको लागि मणिग्रामको क्रिमसन अस्पताल पु¥याईएकोमा त्यहाँ उनको मृत्यु भएको सिद्धार्थ उद्योग वाणिज्य सङ्घका अध्यक्ष नेत्र प्रसाद आचार्यले पुष्टि गरेका छन् ।

    नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट)  नेपालका उपाध्यक्ष कमल गौतम बुधवार सिद्धार्थ उद्योग वाणिज्य सङ्घमा भएको बैठकको संस्थागत रूपमै आन्दोलनमा सहभागी हुने जनाएका थिए । धर्ना कार्यक्रममा बोल्दै उनी केही आक्रोशित मुद्रामा प्रस्तुत भएका थिए । उनले सरकारले उद्योगहरूलाई फसाएको आरोप लगाउँदै श्रमिकहरूलाई एकजुट भएर आन्दोलन गर्न आग्रह गरेका थिए ।

    उनले श्रमिकहरूलाई गुमाउन नचाहेको बत्ताउँदा बताउँदै उनको बोली लरबरिएको थियो । “अतः यो कारणले‘‘‘” भन्दै गर्दा उनी ढले । उनी ढले लगत्तै उपचारको लागि उनलाई क्रिमशन अस्पताल पु¥याईएको थियो । जहाँ उनको मृत्यु भयो । अहिले क्रिमशन अस्पतालमा उद्योगी व्यवसायी सम्बद्ध संस्थाहरूका प्रतिनिधिहरू रहेका छन् ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij