परासी । जापान सरकारको सहयोगमा युनाइटेड मिशन टुनेपालद्वारा सुनवल नगरपालिकालाई दमकल हस्तान्तरण गरिएको छ। हस्तान्तरण गरिएको दकमल सुनवल नगरपालिकाले कार्यालयमा विधिवत पूजापाठ गरि भित्रएको छ ।
नगरप्रमुख विमला अर्यालले कार्यालयमा पूजापाठ गरेकी हुन् ।
दमकल आएपछि समग्र सुनवलमा विपद् जोखिमलाई धेरै हदसम्म कम गर्न सघाउ पुग्ने बताईन ।उनले सुनवलमा आगोलागी हुँदा छिमेकी पालिकाबाट दमकल ल्याउनुपर्ने अवस्थाको अन्त्य भएको बताईन । नगरप्रमुख अर्यालले भनिन् सुनवल नगरपालिकामा दमकल नहुदाँ रामग्राम बर्दघाट नगरपालिकाबाट दमकल ल्याउनुपर्ने र आगोलगाी हुदाँ धनजनको क्षतिबाट पालिकामा हुने क्षेति कम हुने विश्वास व्यक्त गरिन ।सुनवल क्षेत्रमा आगोलागी हुदाँ नगरबासी नगरपालिकाप्रति नकारात्मक टिका टिकटिपप्डी गर्ने अब सो कुराको अन्त्य भएको भन्दै अब छिट्टै दमकल संचालन गर्न जनशक्ति राखि संचालन हुने बताईन ।
यो सहयोगले स्थानीय तहमा आगो नियन्त्रण र विपद् व्यवस्थापन क्षमता सुदृढ गर्ने लक्ष्य लिएको अर्यालको भनाई थियोे ।जापान सरकारले ३ लाख बराबरको लाग्ने दमकल हस्तान्तरण गरेको भन्दै संचालन कार्य विधि बनाएर दमकल संचालन गरिने तथा ६ जना कर्मचारी आवश्यक पर्ने यसमा थप पनि हुनसक्ने जानकारी दिईन ।
दमकल आएसंगै त्यसक्षेत्रका नगरबासीहरू हार्षित भएका छन । उनीहरू घर गोठ पसलमा आगोलागि हुदाँ नगरपालिका दमकल नहुदाँ धेरै क्षति हुने गरेको र छिमेकी पालिकाबाट आउदाँ समयमा नआउदाँ क्षेति हुने गरेको र अब आफनै पालिका दमकल आउदाँ क्षेति कम हुने छिटोछरितो पुग्ने भएको नगरबासीहरू हार्षित भएका हुन् ।
सुनवल नगरपालिकासँगै प्रतापपुर गाउँपालिकामा दमकल जापान सरकारको सहयोगमा देशका ६ वटा पालिकालाई दमकल उपलब्ध गराइएअनुसार यि दुई पालिकालाई पनि दमकल उपलब्ध गराइएको थियो । बिहीबार काठमाण्डौंमा एक कार्यक्रमको आयोजना गरी पालिका प्रमुखहरुलाई दमकल हस्तान्तरण गरिएको थियो ।
जापान सरकारले नवलपरासीका दुई पालिकासँगै ओखलढुङ्गाको खिजिदेम्बा गाउँपालिका, कपिलवस्तुको मायादेवी गाउँपालिका, पाल्पाको तानसेन नगरपालिका र रैनादेवी छहरा गाउँपालिकालाई दमकल हस्तान्तरण गरेको छ ।




