२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

उद्योगहरू बन्द हुँदा सयौं श्रमिक बिचल्लीमा

उद्योगहरू बन्द हुँदा सयौं श्रमिक बिचल्लीमा

उद्योगहरू बन्द हुँदा सयौं श्रमिक बिचल्लीमा

उद्योगहरू बन्द हुँदा सयौं श्रमिक बिचल्लीमा

उद्योगहरू बन्द हुँदा सयौं श्रमिक बिचल्लीमा
पत्रकारितामा क्रियाशिल विगत १३ वर्षदेखि रूपन्देहीलाइ कार्यक्षेत्र बनाइ अर्थ, सुरक्षा, खेल र समसमायिक तथा खोजमूलक विषयमा कलम चलाउँछन् ।
आइतवार, कार्तिक १६ २०८२
आइतवार, कार्तिक १६ २०८२
  • भैरहवा  । रनबहादुर सारु विगत २५ वर्षदेखि पञ्चकन्या ग्रुपमा कार्यरत छन् । हाल इलेक्ट्रीसिएनको रुपमा कार्यरत उनी अहिले खाली बस्नु परेको छ । उद्योगमा लाइन काटेपछि बन्द भएको उद्योग कहिले चल्छ भन्ने आसमा उनी विगत एक सातादेखि छन् । गएको शुक्रबारदेखि बन्द भएको उद्योगमा  कहिले लाइन जोडिन्छ थाहा छैन ।

    काम गरेर परिवार पाल्दै आएको सारुको जीवीका कम्पनीबाट चले पनि  कम्पनी नै बन्द भएपछि कसरी जीवीकोपार्जन हुन्छ भन्ने चिन्ता छाएको छ । विदेश जानका उमेरले दिँदैन, परिवार पाल्नका लागि भए पनि यही रोजगार गर्दै आएको छु । अहिले त्यो रोजगार पनि गुम्ने खतरामा रहेको उनी सुनाउँछन् ।  ‘कम्पनीले हामीलाई बसालेर ज्याला दिँदैन, ज्याला दिनका लागि कम्पनी चल्नु पर्छ, सरकारले कसरी हुन्छ हाम्रो रोजगार जोगाउनु पर्छ ।’–उनले भने ।

    अर्का कामदार सुमन चौधरी थारुको पीडा पनि उस्तै छ । ६ जनाको परिवार पाल्दै आएका थारुको सहारा उद्योगमा काम गरेर हातमुख जोड्नु हो । अहिले काम नभएर घर बसेका उनी कहिलेसम्म यस्तै बस्ने ठेगान नभएको बताए । अलि अलि कमाएर राखेको त्यही खाइरहेका छांै । लाइन छिटो जोडिए हामी रोजगारीमा फर्कने उनले बताए । ‘लाइन नभएर उद्योगमा काम नै छैन, उद्योगबाटै जीवन गुजारा भएको छ, नचलेपछि अब हामीले कसरी पेट पाल्ने ।’–उनी सुनाउँछन् । 


    यस्तै एक कम्पनीमा काम गर्दै आएकी सरस्वती भट्टराईले पनि उद्योगको लाइन विद्युत् प्राधिकरणले काटेपछि रोजगारी नै गुम्ने अवस्थामा पुगेको बताइन । कम्पनीमै काम गरेर छोरालाई जसो तसो विदेश पठाएको छु, आफूले परिवार पाल्नका लागि कम्पनीमा काम गरिरहँदा उद्योगको लाइन काटिएपछि कम्पनी आउने र जाने काम मात्रै भएको बताइन । उनले एक सातादेखि कम्पनी आउने सरसफाइ  गर्ने र जाने बाहेकको केही काम नभएकोले अब यसरी जीवन धान्न पनि गाह्रो हुने बताइन । ‘सरकारले कसरी हुन्छ छिटोभन्दा छिटो विद्युत् जडान गरी हामीलाई काम गर्ने वातावरण बनाउनु पर्छ ।’–उनले भनिन् । 


    यि कर्मचारीहरु त मात्र उदाहरण हुन् । रुपन्देहीका १३ वटा उद्योगका सयौं कर्मचारीको अवस्था अहिले यस्तै छ । तिहार लगत्तै डेडिकेटेड फिडर र ट्रंकलाइनबाट बिजुली उपभोग गरी थप प्रिमियम शुल्क भुक्तान नगरेको भन्दै नेपाल विद्युत् प्राधिकरणले उद्योगका विद्युत् काटेपछि उद्योगहरु बन्द भएका छन् ।

    रुपन्देहीमा २३ उद्योग रहे पनि केहीले किस्ता र शुल्क तिरेपछि सञ्चालनमा छन् भने १३ वटा उद्योगको लाइन काटिएपछि बन्द छ । उद्योग बन्द भएपछि त्यहाँ काम गर्ने १० हजार कर्मचारी र मजदुर पीडामा छन् । श्रमिकहरु कामविहीन भएपछि उनीहरुको परिवार कसरी चल्ने भन्ने पीडा उनीहरुमा छ ।

    २०७२ माघदेखि २०७५ बैशाखसम्मको बक्यौता रकम २ अर्ब बढी रुपैयाँ रुपन्देहीका उद्योगले बक्यौता नतिरेको भन्दै प्राधिकरणले बिजुली काटेको थियो । बक्यौता नतिरेसम्म लाइन जडान नगर्ने अडानमा प्राधिकरण छ भने विद्युत् उपयोग गरेको प्रमाण प्राधिकरणले नदिएसम्म बक्यौता नतिर्ने उद्योगीहरूको अडान छ । दुई पक्षको अडानको मारमा श्रमिक परेका छन् । बिजुली काटिएकामध्ये घराना फुड्स र गोयन्का फुड्सले किस्ता सुविधा लिएसँगै ती उद्योगमा विद्युत् जडान भएको छ । बाँकी उद्योगको बिजुली काटिएपछि वैकल्पिक व्यवस्था जेनेरेटरबाट  आन्तरिक काम चलाएका छन् ।


    पञ्चकन्या स्टिल र पञ्चकन्या प्लास्टिकले उद्योगभित्रै क्वार्टरमा बस्ने २ सय बढी परिवारलाई जेनेरेटर चलाएर खानेपानी र बिजुली प्रदान गरिरहेको पञ्चकन्या समूहका महाप्रबन्धक देवेन्द्र साहुले जानकारी दिए ।

    ‘हामीले मेसिन नचलाए पनि कर्मचारीलाई बिदा गरेका छैनौ, वर्ष दिनदेखि काम गरिरहेको कर्मचारीलाई एक्कासी निकाल्न मिल्दैन । विद्युत् नियमन आयोगमा उजुरी दिएका छांै । निर्णयको पर्खाइमा रहेकोले मान्न योग्य निर्णय भए स्वीकार गर्ने नभए अदालत जाने मनिस्थिति उद्योगले बनाएको छ । तत्कालका लागि विरोध स्वरुप पैसा बुझाएर भए पनि उद्योग सञ्चालन गरी कर्मचारीलाई रोजागारमा जोड्ने छौं ।’–महाप्रबन्धक साहुले भने । 

    रूपन्देहीकै एसआर स्टिल र एसआर फुड्सको पनि विद्युत् काटिएको छ । कम्पनीका प्रबन्ध निर्देशक सुमन भुसालले सोमबारसम्म सबै कर्मचारीलाई तलबी बिदा दिएको बताए । विद्युत् जडान नभए सोमबारदेखि कर्मचारीलाई बेतलबी बिदा दिइने योजनामा छांै । हामीले माग्दै नमागेको ट्रंकलाइनसँग जोडेर गलत सन्देश सबैमा दिँदैछ । विद्युत् अतिरिक्त उपभोग गरेको प्रमाण प्राधिकरणले दिए भनेको बक्यौता तिर्न पनि तयार रहेको प्रबन्ध निर्देशक भुसालले बताए । 


    विद्युत् काटिंदा उद्योगका कार्यालय र कामदारको भवन पनि अन्धकार छन् । लाइन काटेपछि उद्योगका कर्मचारी र मजदुर उपस्थित हुने जाने काम भएको छ । प्रत्यक्ष र अप्रत्यक्ष रुपमा रोजगारी दिएका कम्पनी बन्द हुँदा कामदार बिचल्लीमा परेका छन् ।

    तत्कालीन ऊर्जामन्त्री दीपक खड्काको अध्यक्षतामा २१ बैशाख २०८२ मा बसेको प्राधिकरण सञ्चालक समितिको बैठकले ५ प्रतिशत धरौटी राखेर एक महिनाभित्र पुनरावेदनमा आउन उद्योगीलाई सूचना जारी गर्ने निर्णय गरेको थियो । प्राधिकरणले गत १२ असोजमा प्रशासकीय पुनरावलोकनसँग सम्बन्धित सम्पूर्ण कामकारबाही बदर गरेको सूचना सार्वजनिक ग¥यो ।

    सरकारलाई ५ प्रतिशत धरौटी राखेर बक्यौता रकम बिस्तारै तिर्ने सहमति भए पनि एकाएक ऊर्जामन्त्री कुलमान घिसिङले सरकारको निर्णय उल्टाएको उद्योगीको गुनासो छ । 

    शुक्रबार पञ्चकन्या स्टील, पञ्चकन्या प्लास्टिक, गोयन्का फुड्स, घराना फुड्स, श्याम प्लास्टिक, भलबारी स्वचालित चामल कारखाना, एस आर फुड्स, सिद्धार्थ पेट प्लास्ट,एस आर स्टील, एभरेष्ट रोलिङ्ग, जगदम्बा सेन्थेटिक, अर्घाखाँची सिमेन्ट र विशाल सिमेन्टको विद्युत् काटेको थियो ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij