२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

रेबिजविरुद्धको अभियान

रेबिजविरुद्धको अभियान

रेबिजविरुद्धको अभियान

रेबिजविरुद्धको अभियान

रेबिजविरुद्धको अभियान
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
आइतवार, कार्तिक १६ २०८२
आइतवार, कार्तिक १६ २०८२
  • नेपालमा वर्षेनी एक लाखभन्दा बढी मानिस जनावरको टोकाइको शिकार बन्छन् ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार गत आर्थिक वर्ष १ लाख ८६ हजारलाई जनावरले टोक्यो । त्यसैगरी अघिल्लो वर्ष १ लाख १९ हजारलाई जनावरले टोकेको तथ्याङ्क छ । यीमध्ये ९६ प्रतिशतलाई कुकुरले टोकेको हो । स्वास्थ्य मन्त्रालयको यो तथ्याङ्कले नेपालमा कुकुरको टोकाइ धेरै छ ।


    कुकुरको टोकाइको संख्या बढेसँगै अस्पतालहरुमा रेबिजविरुद्धको भ्याक्सिनको कमी पनि हुँदै आएको छ । बुटवलको लुम्बिनी प्रादेशिक अस्पतालमा पटक–पटक भ्याक्सिनको अभाव हुँदा कतिपय बिरामी भ्याक्सिन लगाउन काठमाडौं जान बाध्य छन् । कुकुरको टोकाई देशभरी भइरहेको छ । शहरी क्षेत्रमा छाडा कुकुरको संख्या बढिरहेको र जनसंख्याको चापले पनि शहरमा कुकुरको टोकाइ बढ्दो रहेको देखिन्छ । शहरी क्षेत्रका मान्छे कुुकुरले टोक्नेबित्तिकै अस्पतालमा भ्याक्सिन लगाउन जान्छन् । र जोखिम न्यूनीकरण भएको देखिन्छ । तर ग्रामीण क्षेत्रमा कुकुरले टोकेमा बेवास्ता गर्ने प्रवृत्ति धेरै छ, त्यसैले जोखिम बढी छ । ग्रामीण क्षेत्रमा कुकुरले टोकेको तथ्याङ्क छुट्टै नभए पनि अस्पतालको पहुँच नहुँदा बेवास्ता गर्ने प्रवृत्ति छ । दुई वर्षअघि गुल्मीको गुल्मी दरबारपालिकाकि एक महिला कुकुरले टोकेपछि बेवास्ता गर्दा रेबिजले ज्यान गुमाइन् । बेलैमा रेबिजविरुद्धको भ्याक्सिन लगाएको भए उनको ज्यान बच्न सक्थ्यो । काठमाडौंको शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालमा दैनिक २ सयको हाराहारीमा रेबिजविरुद्धको खोप लगाउन आउने गरेको सरकारी तथ्याङ्क छ । त्यसैगरी लुम्बिनी प्रादेशिक अस्पतालमा अहिले दैनिक १ सयको हाराहारीमा कुुकुरले टोकेका बिरामी अस्पताल आइरहेका छन् । गत वर्ष रेबिजका कारण ११ जनाको ज्यान गयो । यो चालु वर्षमा चार जनाले ज्यान गुमाएको तथ्याङ्क छ ।


    नेपालले विश्व स्थास्थ्य संगठनसँग मिलेर सन् २०३० सम्म कुकुरबाट सर्ने रेबिजबाट हुने मृत्युलाई शून्यमा झार्ने लक्ष्य लिएर काम गरिरहनु सकारात्मक छ । अहिले रेबिजविरुद्धको रणनीति प्रभावकारी बनाउन शहरलाई मात्रै केन्द्रित गरेर हुँदैन् । ग्रामीण क्षेत्रमा कुुकुरलाई रेबिजविरुद्धको खोप नलगाउने र कुुकुरले टोकेमा स्थानीय घरेलु उपचार गर्ने प्रवृत्ति कायम रहेकोले ग्रामीण क्षेत्रमा चाल्नुपर्ने रणनीति फरक हुनुपर्ने देखिन्छ । स्थानीय तहसँग मिलेर रेबिजविरुद्धको अभियान सञ्चालन गर्न आवश्यक छ । पालिका केन्द्रित अभियान नै अहिले प्रभावकारी हुनसक्छ । 

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij