२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

जेनजी विद्रोहको  अन्तर्निहित स्वार्थ  : नेपाललाई कृडास्थल बनाउन अमेरिकी दाउपेच

जेनजी विद्रोहको  अन्तर्निहित स्वार्थ  : नेपाललाई कृडास्थल बनाउन अमेरिकी दाउपेच

जेनजी विद्रोहको  अन्तर्निहित स्वार्थ  : नेपाललाई कृडास्थल बनाउन अमेरिकी दाउपेच

जेनजी विद्रोहको  अन्तर्निहित स्वार्थ  : नेपाललाई कृडास्थल बनाउन अमेरिकी दाउपेच

जेनजी विद्रोहको  अन्तर्निहित स्वार्थ  : नेपाललाई कृडास्थल बनाउन अमेरिकी दाउपेच
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
आइतवार, कार्तिक १६ २०८२
आइतवार, कार्तिक १६ २०८२
  • टेकराज पौडेल 

    गत भाद्र महिनामा भएको जेनजी विद्रोहबारे  विभिन्न कोणबाट खोजीनीति भैरहेको बेला पछिल्लो समय अन्तिम निचोड अमेरिकाको चाइना नेक्सस जोडिन आइपुगेको छ । विद्रोहको  बेला बितण्डता  गर्न  तिब्बतियन शरणार्थीहरुको बाहुल्यता र  सरकारको नेतृत्वमा पुगेकाहरुको अनुहार हेर्दा यो प्रस्ट हुन्छ कि  जेनजी विद्रोह निकै सोची सम्झि आयोजना भएको थियो ।  

    चाइनाबाट  तिब्बतलाई अलग  रास्ट्र बनाउने  उद्देश्यले  विगत  ४ दशकदेखि अमेरिकाले लगानी गरिरहेको छ ।   काठमाडौंको विद्रोहमा  सयौ एकै स्वरुपका मोटरबाइक , ड्रेसकोर्ड  र हतियारले सुसज्जित हुँदै आगजनी तोडफोडमा  सम्लग्नता देखिंदा अचम्म नपर्ने कोहि भएन ।  नेपालमा भएका २००७ सालदेखि हालसम्म कुनै आन्दोलन र  विद्रोहमा  असंलग्न रहि आएको  यो पक्ष किन के कारणले अति नै आक्रमण ढङ्गबाट  पेश भयो भन्ने कुराको बिभिन्न कोणबाट अनुसन्धान, ब्याख्या भैरहेका छन्‌् । 

    स्वतन्त्र तिब्बत रास्ट्रका लागि अमेरिका जस्तोसुकै लगानी गर्न तयार छ । तिब्बतलाई स्वतन्त्रता दिलाउने कुरामा अमेरिका त्यहाँका बौद्ध धार्मिक धर्मगुरु दलाई लामालाई हर प्रकारका सहयोग गर्दै आएको छ । बार्षिक करौडौ डलर खर्च गरेको  खुलमखुला अमेरिकीहरुले लेख्ने बोल्ने गरेका छन् । चाइनाले फ्री तिब्बत अभियान कर्ताहरुलाई देश भित्रै  विद्रोह गर्दा दवाउने गरेको छ । १०८९ जुन महिना तिरको तियानमेन चोकको दमन यसैको एउटा कडी पनि हो ।

    २०१७ मा  चाइनिज रास्ट्रपति सिजिङ्ग पिङ्गको नेपाल भ्रमणको बेला महाबौद्धमा तिब्बतियन समूहले  आत्मदाह गर्दै गर्दा प्रहरी हस्तक्षेप बाट“ सि “को अन्तरास्ट्रिय छबि बदनामि हुनबाट बचाइएको थियो ।  अमेरिकाले तिब्बतियनहरुको चाइना वा तिब्बत प्रशासनबाट युबाहरुलाई अमेरिका जाने अनुमति नहुदा लाखौ तिब्बतियनहरु नेपालका बिभिन्न जिल्लाका प्रशासकहरुको मिलिभगतमा नागरिकता पासपोर्ट बनाउदै अमेरिका पुगीसकेका छन् भने लाखौ शरणार्थीको रुपमा भारतमा दलाई लामा सहित बसिरहेका छन् भने हजारांैको सन्ख्यामा नेपालमा बसिरहेका छन् । तिब्बतियनहरुको चाहना यो छ कि नेपालमा नागरिकता बनाउने , सके अमेरिका जाने नभए नेपालमै बसेर फ्री तिब्बतको आवाज बुलन्द गर्न शरणार्थीको  अधिकार प्रयोग गरेर बसेका पनि छन् । उनीहरुलाई थाहा छ कि नेपालमा बन्ने सरकारको चाइना /भारतलाई समदृस्टीमा हेर्ने र नेपालमा चाइना बिरोधि गतिविधि हुन नदिने बचनबद्दता बारम्बार हुने गरेको देखे सुनेका छन् ।

    शरणार्थीले नागरिकता बनाउन अप्ठ्यारो पार्ने सरकार उनीहरु चाहँदैन । भारतीय र पश्चिमा मुलुकहरुका मिडियाहरुले  ओली नेतृत्वको सरकार भारत बिरोधि र अमेरिकन स्वार्थ अनुकुल नभएको र उत्तरको  ड्रागन समर्थक सरकार हो भन्ने  मानिसहरुको दिमागलाई दिगभ्रमित  बनाएका छन् ।  नेपालमा हज्जारौका सन्ख्यामा रहेका तिब्बतियन आफ्नो स्वतन्त्र देशको लडाई लडेका छन् । उनीहरु यति बेला  तिब्बतियन ब्लड कै पहिरनमा सामेल भएर आफ्नो हितको लागि लगानी गर्ने उपर्युक्त समयको पहिचान गरेर विद्रोहमा सामेल भए । 

     जेनजी विद्रोहका कारण नेपालले खर्बांैको रास्ट्रीय सम्पत्ति र अरबौंको  ब्यक्तिगत सम्पत्तिको क्षति ब्यहोर्नु पर्यो । राज्यका महत्वपूर्ण कागाजात, सन्धि, सम्झौता, लिखत आदीको भरपाई कसैले दिन सक्दैन । जसरि डेढसय बर्ष अघि भारतको बिहार स्थित नालान्दा विश्वविद्यालयमा इस्लामिक  आक्रमणका कारण जलेका  लाखौ पाठ्यसामग्री हालसम्म पनि परिपूर्ति हुन सकेको छैन । नालान्दाको नोक्सानीलाई बिर्सने गरी भएको यो शहरी विद्रोहको कारण देशको रास्ट्रीय सम्पत्तिको नोक्सान र असुरक्षाको चिन्ता र  मनोबैज्ञानिक असरको लेखाजोखा भएकै छैन । 

     नेपाल कम्युनिस्ट पार्टी एमालेका नेता कार्यकर्ताहरुलाई बढी टार्गेटको  कारण पनि यसको गहिरो अध्ययन अनुसन्धान गर्न पर्ने देखिन्छ । नेकपा एमालेका कार्यकर्ताहरुको २०० भन्दा बढि ब्यक्तिगत सम्पत्तिमा आगो लाग्नु र डा भिम रावल , पूर्व प्रधानमन्त्री झलनाथ खनाल पम्फा भुषाल, भिम रावलको घर जल्नु र सङ्गै नजिक रहेको बर्षामान पुन  घर नजल्नुमा  केही न केही रुपमा एमसिसि परियोजनामा उनीहरुको समर्थक वा बिरोधि बन्नुको कारण पनि एक हो भन्ने तर्क अगाडी सारिएको छ । 
    आफ्नो स्वार्थको लागि जे पनि गर्ने अमेरिका बिगतमा नेपालकै नजिकका रहेका  देशमा के के गर्यो ? जनताले यो पनि प्रश्न गरिरहेका छन् कि नेपालको  आकस्मिक विद्रोह  इन्डोनेशियाको रास्ट्रपति सुकार्नोको हत्याको सन्दर्भसङ्ग पनि जोड्नेहरु भेटिएका छन् ।  

    कतै कम्युनिस्ट पार्टीका  आम नेता कार्यकर्ताको कत्ले आमको कथा इन्डोनेसियाली कुको  नेपाली संस्करण त होइन ?  १०६५ अक्टोबर देखि मार्चसम्म   जननिर्वाचित  कम्युनिस्ट  रास्ट्रपति सुकार्नोसहित लाखौ इन्डोनेसियालीहरुको कत्लेआम भएको थियो । जनपक्षीय काम र जनतालाई सम्पत्तिको मालिक बनाउने गरी चालिएका परिबर्तनलाई रोक्न  तात्कालिन इन्डोनेसियाली सेना प्रमुख सुहार्तोले नर सम्हार गरेका थिए ।  

    सिआईएको सडयन्त्र पुर्ण साजिसमा सहभागी भै सुकार्नोलाई   सत्ताबाट अपदस्त मात्रै होइन हत्या नै गरीएको  थियो ।  कम्युनिस्ट प्रति अत्यन्तै असहिष्णु प्रति भाव बोकेका पश्चिमाहरु नेपालमा कम्युनिस्ट जनमत प्रति आशंका र भय मनमा पालेर बसेका छन् । साँच्चै नेकपा एमालेका नेता  कार्यकर्ताको घर ट्र्याकिङ्ग गरेर जलाउनु र  भौतिक आक्रमण गर्दाको बखत लुकेर ज्यान जोगाउनु पर्ने अवस्थासङ्ग इन्डोनेसियाको प्रतिक्रान्तीसङ्ग  दाज्नु  इतिहास पढेका आम नेता कार्यकर्ताहरुका सरोकारको बिषय नै  महत्वपूर्ण  छ ।पूर्र्वमा इन्डोनेसियाको कम्युनिस्ट सरकारलाई अपदस्थ गरेको अमेरिका पस्चिममा अफगानिस्तान सम्मको गतिविधिको इतिहास पनि निकै चाखलाग्दो पक्ष हो ।

    १९७३ देखि  शोभियत संघसङ्ग नजिजिएको अफगानिस्तान अमेरिकालाई अफगानिस्तानको सत्ता पल्टाउने खेतिमा लाग्यो ।   २७/२८ अप्रिल १९७८ मा मोहमद दाउद खानको हत्या गरेर पिपुल डेमोक्रेटिक पार्टी अफ अफगानिस्तान गठन गरे । तात्कालिन सरकार प्रमुख दाउद खानको हत्या भयो । नुर मोहमद तराकी  नया अध्यक्ष बने ।उक्त सरकार पनि शोभियत सत्ताको झन नजिक बन्यो । त्यसै बेला तराकीको पार्टीमा बिकास र सामाजिक न्यायको पक्षमा बिबाद शुरु भयो ।

    शोभियत संघले प्रत्यक्ष शैनिक आक्रमण गर्यो अनि बाबरक कमाललाई रास्ट्रप्रनुख बनायो । १९७९ देखि १९८९ दश बर्ष शोभियत सेना अफगानिस्तानमा बस्यो । यसै बेला अफगानिस्तानमा  सफलता प्राप्त गर्न नसकेको  अमेरिकाले  सउदी अरबमा बसेर  अफगानिस्तानबाट सोभियत सेना हटाउन त्यहाँका नागरिक र शैन्य शक्तिहरुलाई खास गरि ईस्लामि मुजाहिद्धिनलाई हतियार र आर्थिक सहयोग बढाए । शोभियत सेनाको देशभरबाट लखेटिन थाले १९८९ मा रुशि सेना अफगानिस्तान छोड्न बाधा भयो ।  नजिबुल्लाको सरकार ढल्यो अनि निजामुद्धिनको सरकार स्थापित गरे पछि अमेरिकि सेना १९९३ देखि निरन्तर अफगानिस्तानमा केही बर्ष अघि सम्म अमेरिकि कब्जामा रह्यो । अफगानिस्तानमा रहेर नजिकैको चिनमा समेत प्रभाव बढाउन चाहेको  पछिल्लो समय अमेरिकी हस्तक्षेप पनि नसहने गरि अफगानिस्तानमा तालिबानीहरुको उदय भयो । 

    अमेरिका अफगानिस्तानबाट पनि बिदा भयो । तर त्यसै समयमा शोभियत संघ पनि विघटन भयो  र बिस्व सितयुद्धको पनि अन्त्य भयो । प्रतिद्वन्द्वीको अस्तित्व समापत भएपछि अमेरिका बिस्वबिजेता बन्न्ने रहर झन जाग्यो ।अमेरिकाको लक्ष अब चाइनालाई आर्थिक समाजिक शैन्य कुनै क्षेत्रमा बिस्वबिजेता हुन नदिने रणनीति अख्तियार गर्न थाल्यो । चाइनाको उत्तरमा रसिया  पस्चिममा अफगानिस्तान र दक्षिणमा नेपाल र भारत रहन गएको अवस्थामा भारतसङ्ग पनि अमेरिकाको कुनै प्रकारको गथबन्धन र शैन्य गतिविधिमा  सम्लग्नता नहुने भएकोले अब अमेरिकाको लागि चाइना घेराउ गर्न नेपाल नभै नहुने भयो । 

    सकेसम्म नेपाललाई बिकास समृद्धिको नाराले आफ्नो फेवरमा पार्ने नसके अमेरिकाले नेपालको बिकासको लागि बिशेष योजना भन्दै एमसिसि छन्‌ौट गर्यो । शुरु शुरुमा एमसिसि बिशुद्द सम्बन्धित देशको समृद्धिसङ्ग जोड्ने ।  पछिल्लो समय अमेरिकाले बिभिन्न ठाउँमा यो योजना आइपिएससङ्ग सम्बन्धित पनि हो भन्ने बिचार अमेरिकि अधिकारीबाट आउन थाले पछि नेपाल एमसिसि पारित गर्ने बेलामा केही बुदामा ब्याख्यात्मक टिप्पणी उठाउँदै पारित भयो ।  परियोजना  संसदबाट पारित हुँदा  बित्तिकै  “इन्डोप्यासिफिक स्ट्राटेजिलाई यो परियोजनासङ्ग सम्बन्धित हो भन्दै  प्राथमिकता दिने रणनीति अपनायो । एमसिसि सम्सदबाट दुई तिहाई बहुमतले पास भएको  केही समय भित्र नेपाललाई अमेरिका, जापान ,अस्ट्रेलिया, फिलिपिन्स, दक्षिण कोरिया र भियतनामसङ्ग बनेको “ इन्डोप्यासिफिक सैन्य रणनीतिक“ फोरममा संलग्न हुन नेपाललाई डकुमेन्ट पठायो।  । नेपाली जनताले अमेरिकाको यो चालबाजि बुझे अनि सरकारलाई कुनै हालतमा स्वीकृत नगर्ने दबाब बढाए । 

    अमेरिकाको वैधानिक बाटो बन्द भए पछि नेपालमा जानको लागि केही काम गर्नु आवश्यक थियो । पहिलो नेपालमा राजनैतिक अस्थिरता ल्याउने । सरकार छिटो छिटो परिवर्तन गराउने जसबाट दलहरु प्रति जनताको बितिष्णाको पारो ह्वात्तै बढाउने । अनि देशमा भएका बलिया रास्ट्रबादी शक्तिहरुलाई कमजोर बनाउने रणनीति अपनाउने । अस्थिर राजनितीको सट्टामा झन ठुला राजनिती बिचको दुई तिहाई नजिकको सरकार बन्न गयो । यो सरकार ढाल्न धेरै प्रयास भयो । भारत समेत यो सरकार ढाल्न प्रयासमा धेरै पसिना चुहाउन बाध्य भयो ।पहिलो पटक परराष्ट्र मन्त्री आर्जु राणालाई दिएको  प्रधानमन्त्री सरहकै स्वागत गरेर ओलि सरकारबाट बाहिरिन गरेको खुसामद जब परराष्ट्र मन्त्रीको हैसियतमा बिआर आइ सम्झौतामै चिन सङ्ग सम्झौता गरे पछि भारत पस्चिमाहरु   नेपालसङ्ग धेरै निरास भए । 

    एमाले र काङ्ग्रेसको सम्युक्त सरकार बने पछि प्रधानमन्त्री केपि ओली र नेकपा एमाले माथि निर्मम प्रहार साइबर आक्रमण शुरु भयो । आम जनताले नचाहेको बिषय भनेको एउटा विद्युत प्राधिकरणको सिइयो कुलमान घिसिङ्गलाई ४//५ महिना थप काम गर्नु  दिनु पर्ने भन्ने थियो  ।  बाकी काम २.७ % भन्दा तल भएको आर्थिक बृद्धिदर ओलिकै पालामा ४.६ पुर्याएका थिए । ओलिकै सकृयतामा दैलेखको दुल्लुमा ११२ अरब घनमिटर भन्दा बढी पेट्रोलियम पदार्थको अन्वेषण र एकिन यहि अवधिमा भयो । चाइनाले ल्याएका ठुला ठेक्का परियोजनाको कामले गतिलिने काम यहि अवधिमा भयो ।कृकेट रङ्गशाला देखि फास्ट ट्र्याक र अन्य मेघा प्रोजेक्टहरु छिटोभन्दा छिटो सकाउन ओलिमा देखिएको हुटहुटि साँच्चै लोभ लाग्दो थियो ।  नेपालको भुभाग काला पानी लिपुलेक लिम्पियाधुरालाई नक्सामा मात्र होइन पछिल्लो समय चिन र अमेरिकाले सम्युक्त ब्यापारिक केन्द्र बनाउने रणनीतिलाई असफल पार्न ओलिले चाइना भ्रमणमा गएको बेला देखाएको परिपक्व कुटनैतिक मामलालाई पनि उनीहरुलाई मन पर्ने बिषय हो ।

    बिदेशि शक्ति मात्र होइन नेपाल भित्रै पनि एमालेको सम्बिधानको रक्षा , स्वाधिन नेपाल प्रतिको अडान र अग्रगामी छलाङ्ग , अनि नेपाललाई स्वाधिन मुलुक र बलियो अर्थतन्त्र बनाउन पेट्रोलियम खानीको अन्वेषण जस्ता कामले उनीहरुको निद हरामको अवस्था नभएको होइन । पार्टी भित्रै पनि ओलिको नायक बन्ने चाहना र गतिविधि लाई रोक्न गरिएका प्रयत्न , यो सरकार ढाल्न प्रयोग भएका मान्छेहरुको अभिव्यक्तिहरु काफि देख्न पाइयो ।  खास गरी एमाले जस्तो रास्ट्रबादी  पार्टी जस्को लाखौ लाख पार्टी सदस्य र अनुशासित कार्यकर्ता छ्न र अस्थिरताका बिरोधि छन् यिनिहरुको राजनिती खतम गर्न बिभिन्न स्वार्थ समूह माथि गरीएको लगानि अनि हाम्रो देशको सुरक्षा फौज  सेना जस्तो संस्थालाई कमजोर नबनाइ नहुने कारणले पनि भदौ २३/२४/ को आन्दोलनको अन्तरबस्तु प्रति जानकार हुनु अति आवश्यक छ  ।

      गत भाद्र २३/२४ मा भएको जेन जेड विद्रोहलाई अगाडी बढाउन अमेरिकि सहयोगमा सन्चालित केही आएएनजिओको  सहभागीतालाई लिएर धेरै तर्क र तथ्यहरु बाहिरीएका छन् ।  स्कुल ड्रेश कोड लगाएका १५ देखि २५ बर्ष भित्रका बिध्यार्थि किन र के अर्थकै लागे प्रयोग भए भन्न्ने कुराको गहिरो बिश्केषण जरुरी छ । भस्ट्र्रचारको बिरोध गर्न  आन्दोलन र तोडफोड गर्न जुनसुकै उमेर समूहले गर्दा नि आन्दोलन उठछ । 

    देशमा सत्तासिनहरुले गर्ने  अनियमितताका खबर  सलह नै फैलाइएका  थिए । सत्तासिन पार्टीहरुलाई  मनोमानी पूर्ण ब्यबाहार ,  किप्पो बेबि मोभ्मेन्ट भन्दै प्रचन्ड कि छोरी गङ्गा दहालको लुइज  ब्याग, समाजबादी नेता  बिरोध खतिवडाकी  छोरी श्रृङ्खला खतिवडाले लगाएको घडी र ब्यागलाई आफूहरुले जनताहरुले तिरेका करबाट छोरा छोरीहरुको रजाई  जस्ता कुराहरुको भिडियो  भाइरल बनाए । 

    सबै नेताले ठिकै गरेका छन् भन्ने होइन । केही नेताहरुका बिदेशी  डलरदेखि नेपाली  नोट जलेका भिडियो पनि  देखियो ।   समग्रतामा गङ्गा दहालले बोक्ने झोला करोडको होइन, उनले बोकेको झोला बढिमा लाख पर्ने मात्र हो । श्रृंखला खतिवडा स्वयममा बाबु समाजबादीका नेता भए बापत पार्टीहरुको कोटामा नेपाल सुन्दरी भएकी  होइनन । न त  बिस्व सुन्दरी हुदा समाजबादी पार्टीले वा बुवाले शोर्स लगाएर भएकी  हुन् । उनी स्वयममा आफ्नै क्षमताले भएकि हुन र विभिन्न संस्थाहरुले बिज्ञापनमा अनुबन्ध भएकि सम्पन्न महिला हुन् । पछिल्ल्लो समयमा त उनी अरब पति कैलाश सिरोहिया कि बुहारी भैसकेकि थिइन । उनले बोक्ने ब्यागमा कुनै नेपालीको कर पर्ने कुरै होइन !। त्यति मात्र होइन गणतन्त्रमा नेताका छोराछोरी “ निपो  बेबि“ होइनन यो ब्यबस्थाले नेताका छोराहरुलाई  जेल हालेको छ  । आज माओवादी उपाध्यक्ष कृष्णबहादुर महराका छोरा जेलमा छन् ।  

    पूर्र्व  उपराष्ट्रपति नन्दबहादुर पुनको छोरा जेल छन् । एमाले उपाध्यक्ष रामबहादुर थापाका भन्नुस वा  टोप बहादुर रायमाझिका छोराहरु जेलको कालकोठरीमा छन् भन्ने  प्रचार छैन । हुन त नेताहरुका कमजोरी छैनन भन्ने होइन । देशका सबै स्थानमा समानुपातिक बजेटलाई ध्यान दिएका छैनन । आफू क्षेत्रमा मात्र  बजेट बाँडफाँड, जनतालाई डेलिभरी दिने संस्थाहरुको दादागिरी र अस्तब्यस्तता , स्थानिय तहको करको भारी  जस्ता  जनहित प्रतिकुलका काम व्यबहारका कारण  सरकारका बिपक्षमा  जनता मात्रै होइन  आम सत्तासिन पार्टीहरुकै कार्यकर्ता  आन्दोलनमा उत्रने अवस्था नबनेको होइन ।  तर यस्ता आन्दोलन ब्यबस्थाकै बिरुद्धमा हो कि सरकारका काम कारबाहि   सच्चाउनको लागि  हो ? भन्ने कुराले सरकारको बुझाई र आन्दोलनको  लक्षबिच तादाम्यता र समझदारीबाट एउटा टुङ्गोमा पुगिने अवस्था हुन्थ्यो ।  
    सरकारको चाहना गोली हान्ने नै थियो त !

     बिध्यार्थिहरुलाई लाग्ने  गोली नेपाल प्रहरीको होइन भन्ने तर्क र  २२ गते आन्दोलनकारी बिद्यार्थिको   दुर्गा प्रसाईसङ्गको भेट पछि  २३/ २४ गतेको आन्दोलनमा मिराज ढुङ्गाना  विद्रोहमा न आउनुको कारण पनि भयंकर साजिसका साथ यो विद्रोहको डिजाइन गरिएको  हो  भन्न सकिन्छ । शान्तिपुर्ण रुपमा एक दुई घन्टाको लागि आयोजना हुन लागेको सानो उपस्थितिमा  आइएनजिओ “ हाम्रो नेपाली संस्थाले पानी, छाता र एकाबिहानै १००० पोइन्ट भन्दा बढिको रक्तदान कार्यक्रम आयोजना हुनुले पनि  विद्यार्थी माथि भयंकर सडयन्त्रका तानाबुनाहरु बाटेको देखिन्छ । 

     आन्दोलनमा बाह्य  शक्तिले घुसपैठ हुने जब सम्भावना जेनजीहरुले  देखे ।  उनीहरुले २३ गते १ बजे  माइतिघर मण्डलाबाट एभरेस्ट होटेल नजिक पुगेर आम्दोलन  समाप्त भएको घोषणा  गरे । एउटा लजिकल इन्डिङसम्म बिध्यार्थि प्रयोग गर्ने सोचाई र योजना बनाएका  शक्तिहरुले जव स्कुल ड्रेशमा आएका बिद्यार्थिहरु घर फर्किदा बित्तिकै सम्पुर्ण योजना फेल खाने देखे पछि मोटर साइकलमा सवार ब्यक्तिहरुले घर फर्किदै गरेकाहरुलाई   बोलाउदै नारा लगाउदै अघि बढे पछि  रमाइलो हेर्न बानेश्वर पुगेका थिए । 

    अघि अघि स्वार्थ ग्रुप नजिकै आन्दोलन हेर्न आएका  बिधार्थिहरुबाट  जब प्रदर्शन र नाराले उग्र रुप लिदै गयो ।  हाइज्याकरहरुले सम्सद भवन अगाढिको बार भत्काउन  थाले । बिद्यार्थिहरुले परिस्थितिको मुल्यांकन गर्दै सडकबाट फर्किन चाहे  ।  सुरक्षाकर्मि र आन्दोलनकारी बिच  सम्सद भवनको गेट तानातानको दृश्य ले सरकारलाई बल प्रयोगको अवस्था  एकातिर हुदाहुँदैभिड नियन्त्रणको सबाल हुन्छ कि १०० मिटर पर बाटोबाट फर्कदै गरेका बिधार्थिलाई गोली हान्ने  ? भागिरहेका बिध्यार्थिहरु माथि  एकाएक टाउको र छाति छेड्ने गरि गोलि कस्ले हानियो ?  बिद्यार्थिलाई लागेका गोलि नेपाल प्रहरीहरु सङ्ग नभएको रहस्य त  छदै छ । 

    कालो ड्रेश  मै अनि पाखुरा र छातीमा  टिओबि “लेखेका केही दर्जन मान्छेहरुको सन्कास्पद गतिबिधिहरुको भिडियो सार्वजनिक हुँदैगर्दा पछिल्ला दिनहरुमा समाचार र भिडियोमा आएका दृश्य हेरे पछि “टिओबी “ को थिए  ? यो टिओबि ग्रुप भनेर ब्यापक खोजि र बहश भैरहेको छ ।  विद्रोहमा सामेल एक जना टिओबि नेताले नक्कलि विवरणको आधारमा  नागरिकता बनाउन लागेको बेला पक्राउ परे पछि उनी तिब्बतियन भएको प्रहरीले पत्ता लगायो भने एक जना नेतृत्व गरेको ब्यक्तिले आफु आधा तिब्बतियन र आधा नेपाली भएको  बयान दिएको छ  ।लामो समय देखि  नेपालमा बस्दै आएका शरणार्थीहरु मध्य आन्दोलनमा  तिब्बतियनको  अत्यधिक सहभागीता  रहेको पर्दाफास  भैसकेको छ

    अमेरिका र  शोभियतसंघ बिचको सितयुद्ध १९९० को दशकमा समाप्त भयो  । अफगानिस्तानबाट रसिया लखेटिदा लखटिदैको  समयमा शोभियतको  कम्युनिस्ट सत्ता पनि ढल्यो ।

    पुर्वि युरोप र रसियाबाट कम्युनिस्ट सत्ता ढले पछि सन्सारलाई काबुमा राख्न चाहेको अमेरिका  चाइनालाई बिस्व बिजेता ( शक्तिशाली ) हुन नदिन  विभिन्न तिकडममा लागेको छ । चिनको ब्यापारलाई विश्वव्यापि हुन दिएमा आफ्नो एकलौटी ब्यापारको ठाउँ चाइनाले लिने डर छ । यहि काम गर्न चाइनालाई घेर्न  तिब्बत ,ताइबान, हङकङ र उहिघुरबाट दबाब बढाएको अमेरिका नेपालबाट पनि लोकतन्त्र  र मानवाधिकारको नाममा चिनलाई घेराउ गर्ने रणनीतिमा बिभिन्न गतिविधि गर्दै आएको छ । 
    आफूलाई नपरी नचेत्ने मानिसको जात हुन्छ ! 

     गत बर्ष बङ्गलादेशका  बिद्रोहिहरुले  बल्ल बुझ्दै छन् कि अमेरिकि फन्डमा मानवाधिकार  क्षेत्रमा काम गरेकाहरु नै  मन्त्री परिषद्मा नियुक्ति पाएबाट बङ्गलादेशको विद्रोह अलिअलि बुझेका बङ्गलादेशिहरु जब  अमेरिकालाई आफ्नो देशको एउटा भूभाग नदिए बापत शेख हसिनाको सरकार देश छोडेर भाग्नु पर्दा खुशि साटेका थिए  ।  उनीहरुले बल्ल  यो बर्ष उक्त  टापुमा १०. हजार  अमेरिकी शैनिक  झरे । उनीहरु  हामी फसियो भन्दै छन् ।  विश्वको १७आंै ठुलो अर्थ ब्यवस्था बनि सकेको बङ्गलादेश अब सन्सारको गरिब देश भित्र पर्ने बाटोमा छ ।  एउटा टापु  अमेरिकालाई किन दिइनन हसिनाले ? नदिँदा उनको के हालत भयो ? अमेरिकाको चाहना  चाइनालाई  पुर्वि र दक्षिणी क्षेत्रमा जल स्थल दुबै मार्गबाट  रोक्नु हो ! 

    अमेरिका नेपाल आउँदा के फरक पर्ला ? 
    अमेरिका बर्तामान अस्थिर सरकारलाई लामो समयसम्म चलाउन चाहना राख्ने  छ । निर्वाचनको वातावरण नबनि पार्टीहरु चुनावमा नजाने संभावना उत्तिकै रह्यो भने आफू अनुकुलको पार्टीलाई सत्तामा ल्याउन करौडौ डलर खर्च गरेर निर्वाचन मार्फत स्थापित गर्न सक्दछ । सकेसम्म निर्वाचित सरकार कै अनुमतीमा अमेरीकी सरकारको सैनिक क्याम्प खडा गर्ने कोशिश हुने छ ।  नसके अस्थिरता नै कायम राखेर अमेरिकी सेना नेपालमा निकट भविष्यमा नेपाल बस्ने सुनिश्चित छ । 

    चिनको ब्यापारीक, आर्थिक, सैनिक र  बैचारिक  बिस्तारलाई रोक्न अमेरिकाले ,जापान २अस्ट्रेलिया दक्षिण कोरिया ,फिलिपिन्स र  भियतनाम आदी देशहरुको बिच बनेको आइपिएस इन्डो प्यासिफिक स्ट्राटेजि  र पछि आइपिइएफ अर्थात् इन्डोप्यासिफिक इकोनोमि फ्रेमवोर्क बनाएको छ । 

    जेनजी र अमेरिका कनेक्सन :– 
    पछिल्लो पुस्ता प्रजातन्त्र स्वतन्त्रता , पार्दर्शिता र डिजिटल उपयोगको पारखी  बनेको छ । यहि सामाजिक सन्जाल मार्फत अन्तर्राष्ट्रिय बिचारधारा जस्तो स्वतन्त्रता , निस्पक्षता ,प्रति आतन्कवाद र स्थायित्व मन पार्दछन् ।  अमेरिकाले बिगत लामो समय देखि डिजिटल कुटनीति ,( डिजिटल डिप्लोमेसि ),युबा प्रभाव कार्यक्रम ,युथ इन्फुलेन्स प्रोग्राम साथसाथै लोकतान्त्रिक मुल्य केन्द्रित सोचको विकासको लागि युबाहरुमा लक्षित कार्यक्रममा लगानि गरिरहेको देखिन्छ । नेपालमा अमेरिकि संस्थाका करिब  चालिस हजार नेपालीहरु जोडिएका छन् भन्ने समाचार बाहिरिएको छ ।

    यसैअनुसार  युथ काउनीसल  र  बारबरा फाउन्डेसनलाई लिन सकिन्छ । बारबरा फाउन्डेसन शुरुमा एकजना अमेरिकि नागरिक जो दरबार सङ्ग सम्बन्ध जोडिएको थियो दरबारले देश निकाला गरेपछि २०६६ साल तिर नेपाली नागरिकता प्राप्त गरेकी थिइन  । जीवित छउनजेल आफ्नै सम्पत्तिबाट समाजसेवा गर्दै आएकि बारबरा उनको मृत्युु पछि अमेरिकाले यहि संस्था मार्फत गतिविधि गर्दै आएको पनि छ । उक्त  संस्थाको जिम्मा लिएका ब्यक्तिहरु अहिले सरकारको नेतृत्वमा प्रभावशाली भुमिकामा हँुदा  जेनजी पुस्ताहरु बोल्न नसक्नुको कारण के हो ?


    सामाजिक सन्जाल बन्दको हल्ला  
    गत वर्ष युट्युबबाट मात्र सरकारलाई करिब ३२५ करोड नेपाली  आम्दानि भयो । अघिल्लो सरकार देखिको पालाबाट फेसबुक ट्विटरलगायत २६ वटा सन्जालबाट नेपाललाई वार्षिक आधा खर्बसम्म आम्दानी हुने र दुई तिहाईको बलियो सरकार भएको बेला नै बहुराष्ट्रिय कम्पनीको रुपमा अमेरिकाका उत्पादनलाई कानुनको दायरामा ल्याउन खोज्नु सामान्य कुरा थिएन ।  

    सरकारले हिम्मत त गर्यो तर पार ल्गाउन सकेन । सरकारको यो निर्णय प्रतिउत्पादक भयो  । फेस्बुक लगायतका सामाजिक सञ्जालबाट मनग्यै आम्दानी गरिरहेकाहरुमा पनि निश्चित दिनसम्म खुल्छ भन्ने केही ग्यारेन्टि नहुदा र युवायुवतीको लागि त यो जीवन पद्धति  जस्तो भएको थियो । ट्विटरका मालिकले त नेपाललाई हेपेर चिठि लेखे भन्ने कुरा आयो । अमेरिका २६  सामाजिक सञ्जालमध्ये १८ भन्दा बढिको त्यहाँका नागरिकको सम्पत्ति भएकोले आफ्नो बहुराष्ट्रिय उत्पादनलाई रोक्ने कुन महासय हो भनेर पनि उनीहरुले नेपाल सरकार प्रति गिद्दे दृष्टि राखेको देखिन्छ । 

    नेपालका प्रधानमन्त्री केपि शर्मा ओली महत्वपूर्ण रास्ट्र अमेरिका  र  छिमेकी रास्ट्र बिचको सन्तुलन कायम गर्न सिपालु मान्छे भएको परिचय बनाउनु भएको थियो  ।  पश्चिमाको एमसिसि र छिमेकिको बिआरआइ जस्ता ठुला महत्वपूर्ण परियोजनाहरु सङ्गसङ्गै अगाडि लान  चाहन्थे ।  एमसिसि नेपालले स्वीकार नगर्दिए हुन्थ्यो भन्ने छिमेकी राष्ट्र चिनको चाहना थियो ।  प्रधानमन्त्री ओलिले पस्चिमा पुँजीवादी मुलुकको नेतृत्व गर्ने अमेरिकाको सित्तैको लगानीमा राजनिती गर्न हुन्न भन्ने पक्षमा थिए ।

    शक्ति सन्तुलनको पक्षलाई ध्यान दिँदै यो विषयमा ओलीको परिपक्क धारणा थियो । उहाँले भन्नु भएको थियो कि अमेरिकाको एमसिसि र चाइनाको बिआरआइसङ्गै अघि बढाउँछु । नेपालले सन्तुलित परराष्ट्रका नीति अबलम्बन गर्ने, आर्थिक कुटनैतिक सम्बन्ध वृद्धि गर्ने, क्षेत्रीय सन्तुलन कायम गर्ने, रणनैतिक विषयमा सावधानि कायम  गर्ने, जनशक्ति र ज्ञान प्रविधि विकासमा ध्यान दिने, रणनीति सन्चार र छबि :– अन्तर्राष्ट्रिय रुपमा नेपालले Bridge bitween south and east asia भनेर नेपाल अघि बढ्न सक्ने हुनु पर्दछ  भन्नेमा प्रधानमन्त्री ओलि प्रस्ट नै हुनुहुन्थ्यो  । तर मैले ताक्छु मुढो बन्चरो ताक्छ घुडो भने जस्तै भयो । 
    अमेरिकाको चाइना रोक्ने नजिकको देश नेपालको अस्थिरतामा खेल्न सहज होस भन्ने चाहनालाइ हामी नेपालीले जानि नजानि सहयोगी बन्ने स्थितिमा पुगेका छौं ।

     जे होस् एउटा भनाइ छ–‘दुई हात्ती लडे पनि मेरो बारीको सत्यनास–  मिले पनि सत्यनास’ भने जस्तै भयो मेरो देश ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij