२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

छाक टार्नैै धौ धौ

छाक टार्नैै धौ धौ

छाक टार्नैै धौ धौ

छाक टार्नैै धौ धौ

छाक टार्नैै धौ धौ
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
सोमवार, कार्तिक १७ २०८२
सोमवार, कार्तिक १७ २०८२
  • ट्रंकलाइन र डेडिकेटेड लाइनको बक्यौता नतिरेको भन्दै नेपाल विद्युत् प्राधिकरणले उद्योगको विद्युत् आपूर्ति बन्द गरेपछि अहिले दुई दर्जन ठूला उद्योग बन्द छन् । ती उद्योगको नोक्सानी र प्राधिकरणको आम्दानी तथा नोक्सानीको बारेमा जति चर्चा हुन्छ, मजदुरलाई परेको समस्याको चर्चा कमै हुन्छ ।


    अहिले उद्योगमा कार्यरत ४० हजार मजदुरको रोजीरोटी खोसिएको  छ । उद्योगले मजदुरलाई बेतलवी बिदामा राखेका छन् । अब उनीहरुले उद्योग नचलुञ्जेल पारिश्रमिक पाउने छैनन् । सरकार–उद्योगी विवादको मारमा बिहान–बेलुका छाक टार्ने मजदुर समस्यामा परेका छन् । ती मजदुरका समस्या आवाज धिमा छ । मजदुरको बिहान–बेलुकाको छाक खोसिएपछि मजदुर उद्योगीसँगै आन्दोलनमा उत्रेका छन् । आन्दोलनमा उत्रेका तिनै मजदुरको पक्षमा बोल्दाबोल्दै केही दिनअघि मजदुर नेता कमल गौतमको हृदयघात भइ निधन भयो । चिकित्सकहरुले उनको निधन ‘कार्डियो अरेष्ट’ले भएको बताएका छन् । उनको निधनलाई कतिपयले सामाजिक सञ्जालमा नकारात्मक टिप्पणी गरे पनि मजदुर आन्दोलनमा सहभागी हुँदाहुँदै निधन भएको र सरकारले यो मुद्दालाई बेवास्ता गरेकोले आगामी दिनमा मजदुर आन्दोलन अझै संगठित भइ अघि बढ्ने भावनात्मक आधार तयार गरेको छ । मानवीय संवेदना हराएको सामाजिक सञ्जालमा हो, अझै पनि भुईमान्छे माँझ मानवीय संवेदना नासिएको छैन । वर्गीय समाजमा उद्योगी व्यापारीका समस्याको सुनुवाइ हुने, उनीहरुको नाफा नोक्सार समस्याको हिसाबकिताव र आवाज उठ्ने स्वभाविक हो, मजदुरका दबिएका कमजोर आवाजलाई बेवास्ता गरे सडकमा आन्दोलनको आँधीबेहरी आउन सक्छ किनकि उनीहरु परिर्वतनका संवाहक हुन् । उनीहरु छिट्टै संगठित हुन्छन्, एकातिर  उनीहरुको छिट्टै संगठित हुने प्रवृत्ति र अर्कोतिर सरकारी बेवास्ताले उनीहरुलाई संगठित हुने बलियो आधार तयार गरेको छ ।


    अहिले मुलुक संक्रमणकालमा छ । चुनावी सरकार छ, तर सरकारले चुनाव गराउने गरी भन्दा अरु सामान्य अवस्थाको सरकार झै कतिपय दीर्घकाललाई प्रभाव पार्ने निर्णय गर्न लाग्दा सडकमा बल्न लागेको आगो निभाउने फुर्सद छैन । ट्रक लाइन र डेडिकेटेड लाइनको विवाद केही वर्षदेखि चल्दै आएको छ । उद्योगी व्यवसायीलाई अन्यायमा पर्न नदिने र प्राधिकरणको बक्यौता उठ्ने मोडलबाट समस्याको समाधान गर्नुपर्नेमा उर्जामन्त्री कुलमान घिसिङको जोरजबर्जस्तीले उद्योग बन्द हुँदा मजदुरको छाक टार्ने माध्यम खोसिएपछिको आक्रोश सडकमा पोख्न नै सरकारले प्रोत्साहित गरेको छ । 


     छाक टार्न नपाएर सडकमा उत्रनेका समस्या सुन । संक्रमणकालमा सडकका  समस्यालाई मिहिन ढंगले सुन । जोरजबर्जस्ती नगर । उद्योगी व्यवसायीलाई अपराधीको व्यवहार नगर । कामविहीन भएपछि छाक टार्न समस्या परेका मजदुरका समस्यालाई बुझेर समस्या समाधान गर्न लाग । उर्जामन्त्री घिसिङको जोरजबर्जस्तीको मारमा उद्योगी र मजदुर परेका छन् नै, यसले मुलुकको अर्थतन्त्रलाई झनै समस्यामा पार्ने जोखिम छ । बिग्रदै गएको लगानीको वातावरणलाई झनै बिगार्न यो घटनाले थप बल पु¥याएको  छ । जो उद्योगीले बक्यौता तिर्नुपर्ने कारण छैन, उनीहरुलाई दोषी करार नगर । प्रधानमन्त्री ज्यू, धरातलको समस्यालाई सुन्नुहोस्, समाधानका लागि पहलकदमी लिन ढिलाइ नगर्नुस् ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij