२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

रिडीमा बढ्दै धार्मिक गतिविधि

रिडीमा बढ्दै धार्मिक गतिविधि

रिडीमा बढ्दै धार्मिक गतिविधि

रिडीमा बढ्दै धार्मिक गतिविधि

रिडीमा बढ्दै धार्मिक गतिविधि
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
पाेखरेल पाल्पामा रहेर समसामयिक विषयमा कलम चलाउँछन् ।
सोमवार, कार्तिक १७ २०८२
सोमवार, कार्तिक १७ २०८२
  • पाल्पा 
    पाल्पा, गुल्मी र स्याङ्जाको संगमस्थल रुरु क्षेत्रधाम रिडीमा भगवान हृषिकेशको भव्य रथयात्रा आयोजना गरिएको छ । ऐतिहासिक तथा धार्मिक महत्व बोकेको रुरु क्षेत्र धाममा प्रत्येक वर्ष कात्तिक शुक्ल पक्ष हरिवोधनी एकादशीको अर्काे दिन द्वादशीको दिन  हृषिकेश भगवानको रथयात्रा निकाल्ने परम्परा रहँदै आएको छ । विगतका वर्षहरूमा जस्तै यस वर्ष पनि देशका विभिन्न स्थानबाट आएका तीर्थयात्री, साधु–सन्त र भक्तजनहरूको ठूलो उपस्थितिमा रथयात्रा निकालिएको हो । 


    रथयात्राको सुरुवात रुरु क्षेत्रधामस्थित हृषिकेश मन्दिर परिसरबाट सुरु भएको रथयात्रा गुल्मीको रिडी बजार, हृषिकेश क्षेत्र, अर्गली बजार क्षेत्रमा परिक्रमा गराई  भगवानको दर्शन पूजाआजा गरिएको पुजारी विवेक भट्टराईले बताए ।  वैदिक मन्त्रोच्चारण, धार्मिक भजन–कीर्तन र पण्डितहरूको पूजापाठसहित  रथयात्रा  गरिएको हो । भक्तजनहरूले भगवान हृषिकेशको रथ बोकेर  रुरु क्षेत्र परिक्रमा गरे । रथयात्रामा स्थानीयवासीले भगवानप्रति फूलमाला, धूप–दिप र प्रसाद  चढाएका थिए । 
    रुरु क्षेत्रधामलाई ‘नेपालको चारधाम’ मध्ये एक मानिन्छ । यहाँको धार्मिक महत्व विष्णु भगवानको अवतार हृषिकेशसँग जोडिएको छ । 


    धार्मिक विश्वासअनुसार रुरु क्षेत्रको रिडीमा स्नान गरी भगवान हृषिकेशको दर्शन गरे पापकर्महरू नाश भई मोक्ष प्राप्ति हुन्छ भन्ने जनविश्वास रहिआएको हृषिकेश मन्दिर व्यवस्थापन समितिका अध्यक्ष पर्शुराम भट्टराईले बताए  । यही कारणले यहाँ वर्षभरि तीर्थयात्रीहरूको आगमन हुने गरेको छ, विशेषगरी माघे संक्रान्ति र हृषिकेश रथयात्राका अवसरमा त हजारौंको संख्यामा भक्तजन यहाँ जम्मा हुने गर्छन् ।


    हालका वर्षहरूमा रुरु क्षेत्रलाई धार्मिक पर्यटन स्थलको रूपमा विकास गर्न स्थानीय सरकार, धार्मिक गुठी संस्था र विभिन्न संघसंस्थाले पहल गरेका छन् । मन्दिर पुनर्निर्माण, तीर्थपथ सुधार, खानेपानी र सरसफाइजस्ता आधारभूत संरचना विस्तारसँगै रुरु क्षेत्र अहिले आन्तरिक पर्यटकहरूको पनि आकर्षण बन्दै गएको स्थानीयवासी कमल खनालले बताए ।


     रथयात्राका क्रममा धार्मिक कार्यक्रमसँगै साँस्कृतिक प्रस्तुति, भजन–कीर्तन प्रतियोगिता र पारम्परिक वाद्यवादनको प्रदर्शन गरिएको थियो । कार्यक्रममा स्थानीय जनप्रतिनिधि, धार्मिक अगुवा र समुदायका वरिष्ठ नागरिकहरूले रुरु क्षेत्रको ऐतिहासिक र सांस्कृतिक महत्वबारे व्यक्तिहरुको सहभागिता रहेको थियो । 


    हर्षोल्लास र आस्थाले भरिएको हृषिकेश रथयात्रा सम्पन्न भएपछि भक्तजनहरूले मन्दिरमा पूजा–आराधना गरी प्रसाद ग्रहण गरेका छन् । रुरु क्षेत्रधामको यो रथयात्रा केवल धार्मिक श्रद्धाको प्रतीक मात्र नभई सांस्कृतिक एकताको प्रतीकका रूपमा पनि स्थापित हुँदै गएको स्थानीयवासीको भनाइ छ । 


    हृषिकेशव भगवानको रथयात्राको लागि तानसेन नगरपालिकाले स्थानीय बिदा दिएको थियो । रथयात्रामा प्रदेश सासंद वीरबहादुर राना, प्रदेश मुख्य सचिव बाबुराम अधिकारी, पाल्पा, गुल्मी, स्याङ्जाका जनप्रतिनिधि, नेपाली सेना, सशस्त्र प्रहरी, जनपद प्रहरीहरुको सहभागिता रहेको थियो । नेपाली सेनाको सलामी अर्पणसहित रथयात्रा निकालिएको थियो । 

     

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij