२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

देश कता जाँदै छ !

देश कता जाँदै छ !

देश कता जाँदै छ !

देश कता जाँदै छ !

देश कता जाँदै छ !
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
मंगलवार, कार्तिक १८ २०८२
मंगलवार, कार्तिक १८ २०८२
  • एच.के. श्रेष्ठ
    सन् २०२५ को सेप्टेम्बर आठ र नौं मा नेपालमा दन्केको ‘जेनेरेसन् जेड्’ को  विद्रोहको ज्वाला विश्वका अन्य प्रताडित देशहरुसम्म पनि म्याराथोनको  गतिमा झोसिन पुग्यो । एसियन मुलुक संगै युरोपियन र अफ्रिकी राष्ट्रहरू इन्डोनेसिया, फिलिपिन्स, मोरक्को, केन्या, मेडागास्कार, पेरु, जर्जिया आदि थुप्रै देशहरुले नेपालको देखासिखी गरे र  आ–आफ्नो राष्ट्रमा प्रोटेस्टका प्रदर्शनलाई राज्य सत्ताको दमनप्रति  अटेरीे गर्दै निर्णायक बनाउँदै अघि बढे ।


    तिनै मध्ये पूर्वी अफ्रिकाको सन् २०२४ को सर्भे अनुसार औसत आयुत २०% रहेको विश्वमै गरिबी देशमध्यको मेडागास्कार नेपालको जेन –जी विद्रोह पछि नेपालकै ढंगले आन्दोलित भएको भर्खरै सन् २०२५ सेप्टेम्बर २५ मा हो । बिजुली पानीको अभाव, भ्रष्टाचार र गरिबी केन्द्रित एजेन्डा उठाएर जेन – जी  कै अगुवामा ठूलो   प्रोटेस्ट प्रदर्शनको विद्रोह भयो । सन् १९६० सम्म शक्तिशाली सर्पले निर्वल  भ्यागुतोलाई  मुखमा च्यापेर खेलाइरहे झैँ फ्रान्सी उपनिवेशको साम्राज्यवादी मुखमा प्याकप्याक त्रासमा निसास्सिएको देश मेडागास्कारमा  ७५% जनसंख्या गरिबीको रेखामुनि कठिन जिन्दगी भोगिरहेको परिवेशमा फ्रान्सकै कटपुतली सरकारको रुपमा मार्क रबलो मालनाले सन् २००९ सम्म पराधीन शासकको रूपमा मेडागास्कारलाई शास्ती दिँदै आइरहेको थियो । 


    जनताको ठूलो विरोध आन्दोलनपछि सन् २००९ मै सेनाको समेत सहयोगले मालनालाई सत्ता च्युत गरी एन्ड्री राजोएलिनालाई सेनाले राष्ट्रपतिमा चयन गरेदेखि सन् २०१८ को निर्वाचित हुँदै सन् २०२३ सम्मको निर्वाचित राष्ट्रपतिको  रूपमा कमजोर शासन गर्दै आएका थिए ।  तर एन्डी« राजोए लिनामा पनि  पछिल्लो शासकीय कालमा फ्रान्सकै प्रभावमा रहेको र फ्रान्सकै नागरिकता लिएको आरोपसहित निर्वाचिन(२०२३)  धाँधली गरेको भन्ने विपक्षी दलहरूको व्यापक आरोप र विरोध  अघि बढिरहेको थियो । त्यही राप र ताप सहित राज्यमा बिजुली–पानीको अभाव, भ्रष्टाचार, गरिबी र कुशासनको मुद्दामा सेप्टेम्बर २५ मा जेन –जी पुस्ताकै अगुवामा आन्दोलनले उत्कर्सता लिएको थियो । आक्रोसले र्उिलएको भीड राष्ट्रपति भवन पर्खाल भत्काएर जलाउनेसम्ममा पुग्दा सुरक्षाकर्मीको हिंसात्मक घटनाले २२ जनाको मृत्युपश्चात् सेनाले समेत ब्यारेक छोडेर आन्दोलनमा सहभागी हुँदा राष्ट्रपति एन्ड्री राजोएलिना राजीनामा नदिकन देश छोडेर  फ्रान्स र दुवैतर्फ भागे । 


    त्यसपछि अक्टोबर १४ मा संसदले उनलाई महाअभियोग लगायो र सेनाले सत्ता कब्जा गरेको घोषणापश्चात् कर्नेल ‘माइकल ¥यान्ड्रीया निरिना’ राष्ट्रपति  बने । कर्णेल माइकल ¥यान्ड्रीया निरिनाको’सत्ता सफत  (२०२५, अक्टोवर १७) सँगै मेडागास्कारमा आन्दोलित युवाहरूले ठूलो विजयोत्सव मनाए, खुशि साटे, सुखको आशा जगाए र सत्ता परिवर्तनबाट आएका राष्ट्रपतिबाट शान्ति,अमनचयन, सुधार, सुशासन र परिवर्तनको विश्वास र भरोसा जगाए । 


    राष्ट्रपति कर्णेल निरिनाले संवैधानिक अदालत, निर्वाचन आयोग र प्रमुख लोकतान्त्रिक संस्थाहरू खारेज गर्दै सेनाकै नेतृत्वमा दुई वर्ष सरकार चल्ने घोषणाका साथ जनचाहना र आवश्यकताअनुसार सबै गर्ने प्रतिबद्धता जाहेर गरे । उनले युवा माग सबै सम्बोधन हुने बताए । तर उनको साशनले कुनै सुधार र जन आशा जगाउने काम गरेन । झन उनले विजिनेसम्यान राजाओनारी भेलिलाई युवा र जन इच्छाविपरीत प्रधानमन्त्री नियुक्त गरे, जो विरोधको प्रवल कारक बन्न पुग्यो, न त शान्ति, सुशासन, अमनचयन, नत युवाको माग  पूरा नै गरे । उही पुरानै साशकीय बाटोमा थेग्रिए । जेनजी नेतृत्वको विद्रोहको कुनै अर्थ नरहने, सार्थकता  र औचित्य नहुने ढंगले आन्दोलन प्रति ठूलो धोका भयो भन्दै अक्टोबर २२ मै फेरि राजधानी अन्टोनानारीभोमा हजारौंको संख्यामा विरोध प्रदर्शन र आन्दोलन  गर्नु पर्ने भयो ।


    अब नेपालले सारमा करिब करिब मेडागास्कारको नतिजा भोगिरहेको छैन त ? जेनजीको नेतृत्व भनिएको परिस्थिति जन्य विद्रोहमा पुगेको घटनाको नतिजा यही हो त ?  आज अन्जानमा होस् या जान्मा त्यत्तिका दर्जनौं केटाकेटीहरूको बलिदानले स्थापित गरेको नयाँ सत्ताको हविगत यसै आलटालमा सिमित  हुने हो र ? मेडागास्करका सरकार विरोधी प्रदर्शनकारी अर्थात् युवा पुस्ताका जेनजीले आफ्नै विद्रोहप्रति पश्चाताप र धोका बेहोर्न  परे जस्तै नेपालका जेनजीले  नि पश्चाताप गर्नु पर्ने, हरेस खानुपर्ने, निराश हुनुपर्ने र आन्दोलनको मर्म र भावनाप्रति कुठराघात भयो भन्न पर्ने बेला आएको दिनानुदिनको राजनीतिक घटनाक्रम र सरकारी रबैयाले पुष्टि गर्दैछ । मेडागास्कारको  जेनजी विद्रोहले स्थापित गरेको सैनिक राष्ट्रपति कर्णेल माइकल ¥यान्ड्रीया निरिनाको असफल कार्यशैली र मनोमानि ढंगले प्रधानमन्त्री नियुत्त निर्णयप्रति र जेनजी आन्दोलनले खोजेको परिवर्तनमा असक्षम, असफल, अपारदर्शी भन्दै धोका भएको घोषणा स्वरूप एक महिना नबित्दै पुनः आन्दोलन र प्रदर्शनमा फर्किएको  परिस्थिति नेपालमा समेत डोहोरिने अवस्था  छ ।


    भ्रष्टाचारको प्रमुख मुद्दा बोकेर उठेका जेनजी विद्रोहपश्चात् अधिकांश नेपालीको मनले स्वीकार गर्न गाह्रो परेको र स्वयम् जेनजी वर्गमा नै सर्व स्वीकार्य नभएको एक थान सरकार पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा बनेको छ । प्रधानमन्त्रीको आफ्नै प्रश्न उठेको छ । संवैधानिक, राजनीतिक, सामाजिक,  कुनै हिसाबले पनि मान्न  नसकिने  जिकिर बुद्धिजीवीहरूको पनि  छ । मेडागास्कारमा राष्ट्रपतिले जनताको स्वीकार्यमा नपरेका व्यक्ति राजाओनारिभेलीलाई प्रधानमन्त्री नियुक्त गरे जस्तै  नेपालमा सरकारको मन्त्रिमण्डल गठन प्रक्रिया नै पूरा हुन सकेको छैन । भएकाहरु तथा प्रस्तावितहरु नै विवादित छन् । 
    समस्याहरूले अवरोध खडा गरेको देखिन्छ  । जेनजी पुस्ताले खेतालो जस्तो सरकार खडा गरी चित्त बुझाउन परेको छ । जेनजीबाट मन्त्री हुन सक्ने कोही गरी खाने भेटिएको छैन । केही प्रस्तावमा आएका नामहरु आफैँमा अनेकौं आर्थिक, चारित्रिक, नैतिक, सामाजिक, राजनीतिक, विवादमा मुछिएको देखियो । 


    भएका मन्त्रीहरूमा पाको उमेरको भएता पनि राज्य सत्ता वा मन्त्रालयलाई कुशल ढंगले सञ्चालन गर्ने, सफल बनाउने र विद्रोहका माग, मुद्दा र मर्म र भावना पार लगाउने खालको खासै देखिँदैन । कतिपय मन्त्रीहरुलाई त उनीहरूले जिम्मा पाएका मन्त्रालय नै घाँडो भएको देखिन्छ । अनुभवको अभावले दुविधाको शिकार भएको देखिन्छ ।


    अत्यन्तः नमिल्दो कुरा के छ भने प्रायः सबै आन्दोलन, विद्रोह, क्रान्ति र जनयुद्धहरूमा  त्यसका आयोजक, संवाहक र नेतृत्व सम्बन्धित शक्तिले परिवर्तनपश्चात् सत्ता सम्हालेको वा नेतृत्व गरेको हुन्छ, तब परिवर्तनकारी ती घटनाहरूको सार्थकता हुन्छ । यस जेनजी विद्रोहपछि खाली भएका सत्ता  वा  सरकार जेनजी पुस्ता (जसले विद्रोह ग¥र्यो)  ले नै चलाउनु पर्ने हो । तर अनुभव, परिपक्कता,क्षमता र नेतृत्व उच्चता नभएको कारण सरकार चलाउने सम्भव भएन । अरु कसैलाई सापटी लिन, सहयोग माग्न जिम्मा दिन पर्ने बाध्यताले गर्दा पनि दर्जनौंको सहादतको मर्म र उद्देश्यको मुद्दाहरू पूरा हुनको सट्टा विषयान्तर हुँदै गइरहेको र मुख्य एजेण्डा वा मुद्दा निर्वाचन जस्तो भएको छ , गराइएको छ, गरिएको छ । जो विद्रोहको कल्पनामै थिएन । 


    विद्रोही भिडको आवाजले घन्काएका मुद्दाहरू कुनै पनि कुरा पूरा भएका छैनन् र हुनेवाला पनि छैन । उही पुरानै सरकार कार्यकालका परम्परागत केही निरन्तरता अनुरुप आयोग गठन, सुरक्षाबल कटौती, कार्यपालिका भित्रका पदाधिकारीका कर्मचारी कटौती, सेवा सुविधामा थोरै हेरफेर, निर्वाचनको तयारीको हल्ला आदि देखाएर सरकारले भात खाने बाटो मात्र गरेको छ । भ्रष्टाचारको गहन अध्ययन गरी यसका हागा विंघा   र कारणको जरामा समेत पुगेर निर्मूल पार्ने गरी तत्कालीन रोकयाम र दीर्घकालीन उन्मुलनको योजना, कार्यनीति र रणनीतिमा जाने  तिर कुनै सोच, ध्यान र ज्ञान देखिँदैन । स्रीप सरकारको एक थान कोटा पूरा गर्ने र ओली सरकारको रिप्लेस भएकोमा सीमित छ ।


    के जेनजी विद्रोह र दर्जनौंको बलिदान निर्वाचन गर्ने मुख्य एजेन्डाको हो त ? निर्वाचन नै समाधान हो र ? प्रथमत निर्वाचन हुने सम्भावनामा निकै प्रश्नहरू छन् । यसको बावजुद पनि निर्वाचन भइहालेमा त्यो के शान्तिपूर्वक होला ? त्यसमा पुनः हत्या, हिंसा, अपराधिक घटना, द्वन्द्व आदि नहोला ? रक्तपातपूर्ण नहोला ? ति अवान्छित र कहालिलाग्दो परिस्थितिवाट उत्रेर अधि बढेछ भने पनि निर्वाचनको नतिजा पछि अनेक दलहरूबिच धाँधली को आरोप–प्रत्यारोपले मुलुकको गतिलाई नरोकक्ला ? त्यो पनि पार पाएछ भने पनि निर्वाचनले तिनै कांग्रेस, एमाले, माओवादी रास्वपा, राप्रपा आदि पार्टीहरुलाई रोक्ला ? 


    तिनै दल मित्र भएका अहिले विभिन्न आरोपसहित असफल भनिएका नेताहरुलाई छेकवार लगाउने त्यस्तो केही प्रावधान, कानुन, नीति, उपाय तथा बन्देजहरु राज्यले, सरकारले र निर्वाचन आयोगले बनाएको छ र ? बनाउला र बनाउने मुडमा छ र ? हिम्मत गर्ला र ? छैन । त्यस्ता केही देखिंदैन अनि अन्तिम नतिजा के हुने हो भन्दा मुलुक उही संविधान, उही परम्परा, उही संसद, उही कार्यपालिका, न्यायपालिका र व्यवस्थापिकाले चल्ने हो । भ्रष्टाचार, सुशासन, आर्थिक अभावका संवाहक, प्रतिनिधि आधिकारिकहरुलाई झन् सुशीला सरकार सम्पादित निर्वाचनले अनुमोदन गर्ने हो जेनजीको विद्रोह, संख्यौंका बलिदानी, रगत र अंगभंगता इतिहास मात्र बन्ने हो र त्यसको मर्म वेदना, भावना सिसिफसको कथा मात्र हुने हो ।


    अर्को यूरोपियन देश जर्जियामा पनि नेपालको जेन–जी आन्दोलनको बाह्य प्रभावले सन् २०२५ , अक्टोबर ४ मा राष्ट्रपति मिखेइल काभेलाशभिलि शासनविरुद्ध हजारौंको संख्यामा राजधानी ट्बिलिसिमा प्रदर्शन भयो । राष्ट्रपति भवनतर्फ पर्खाल भत्काउँदै सत्ता कब्जा गर्ने अठोटका साथ अघि बढिरहँदा जर्जियाका आन्दोलनकारीले नेपालको राष्ट्रिय झण्डा फहराए । जर्जियाको आन्दोलनमा नेपालको राष्ट्रिय झण्डा एउटा महत्वपूर्ण गौरब र प्रतिक स्वरूप खडा गरिएको थियो । नेपाली झण्डाको महत्वपूर्ण सांकेतिक गरिमाको साथ सरकार छोडेर भाग्ने भए भाग नत्र नेपालको हालत बनाउँछौ भन्ने अर्थ थियो । अन्याय, अत्याचार, कुशासन, भ्रष्टाचारका विरुद्ध लडून र सफल हुन् नेपाली जेनजी आन्दोलन संसार भरी प्रेरणादायी अर्थमा थियो । नेपाल सुशासन, भ्रष्टाचारको अन्त्य र सफल विद्रोहको प्रतिक हो भन्ने जस्ता अर्थ थियो, जर्जियामा नेपाली झण्डाको ।


    तर के जर्जियाले र अन्य जेनजी आन्दोलन भएका मुलुकले बुझे जस्तै, माने जस्तै, मर्यादा दिए जस्तै सार्थक बन्दैछत, नेपालभित्रै चाहिँ जेनजी विद्रोहको परिणाम ? । निश्चित छैन । वरु मुलुक अब झन ‘घर न घाटको’ अवस्थाको बन्दी हुने हो कि भन्ने भइसक्यो । मेडागास्कारमा जस्तै मानवीय संकट उत्पन्न हुने खतराको  दिशातर्फ नजाला भन्न सकिन्न । यी सब अपजस  जेनजी पुस्ता कै कमजोरी मान्न पर्ने हुन्छ । जेनजीको कुनै संगठानिक वैचारिक परिपक्कता, राजनीतिक दर्शन, केन्द्रीय कमान्ड, केन्द्रीकृत भावना र परिपक्कतासहितको पूर्व तयारी विनाकै विद्रोह यस परिस्थितिको भागिदारको रूपमा पुष्टि हुँदै गइरहेको छ । सही रुपमा मुलुक अवतरण भएर पार लाग्न नसके जेनजी विद्रोह आफैँमा प्रत्युत्पादक नहोला भन्न सकिंदैन ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij