किसन ज्ञवाली
नेपालको कम्युनिस्ट आन्दोलन लामो इतिहास, विशाल जनाधार र उल्लेखनीय राजनीतिक उतार–चढावको गाथासँग जोडिएको छ । यस यात्रामा नेपाल कम्युनिस्ट पार्टी (एमाले) एक प्रमुख शक्तिको रूपमा स्थापित हुँदै आएको छ । तर, कुनै पनि संगठनको दीर्घकालीन स्थायित्व र जनविश्वास उसको निरन्तर आत्म-मूल्याङ्कन, क्षमतामा निर्भर रहन्छ । आज एमालेले भोगिरहेका समस्या कुनै एक व्यक्तिको अल्पदृष्टि वा असहमतिको परिणाम मात्र होइनन् । यी समस्या व्यापक रूपमा संगठनात्मक आचरण, नेतृत्व शैली, मूल्याङ्कन प्रणाली, कार्यकर्ता व्यवस्थापन र वैचारिक रूपान्तरणमा निहित छन् ।
नेतृत्व र कार्यकर्ताबीचको दोषारोपण संस्कृति:-
आज संगठनभित्र एउटा विचित्र मानसिकता हाबी हुन थालेको छ माथि’ बस्नेहरूले सधैं ‘तल’ लाई दोषी देख्छन्, र ‘तल’ रहेका कार्यकर्ताले सधैं ‘माथि’ को मात्र कमजोरी देख्छन् । यस्तो पारस्परिक अविश्वासले संगठनात्मक एकता जोगिने होइन, झनै कमजोर बनाउँछ । नेतृत्वद्वारा कार्यकर्ताको विचार सुन्ने संस्कार कमजोर हुँदै गएको छ भने कार्यकर्ताले पनि आत्मालोचना भन्दा गुनासो–प्रधान प्रवृत्ति अपनाउँछन् ।
विचार र आलोचनालाई संस्थागत संवादको हिस्सा बनाउने अभ्यास नभई व्यक्तिकेन्द्रित असन्तुष्टि बन्न पुगेको छ भने नेतालाइ पनि आलोचनात्मक कार्यक्रता भन्दा यस मेन ठिक लाग्ने प्रवृत्ति ले गर्दा नेता र कार्यक्रताको सम्बन्ध दास र मालिकको जस्तो हुन पुगेको छ । जसले गर्दा भूगोल मा काम गरेर भन्दा नेता लाई फेरो हालेर जिम्मेवारी हत्याउने प्रवृत्ति ले भूगोल मा जनताको एजेन्डा इसियु हरु ओझेल परेका कारण पार्टी र जनता बीच को सम्बन्ध मा दरार पैदा भएको छ भने भूगोल मा जतिसुकै काम गरेपनि मुल्यांकन नहुने ! त्यही फेरि हालेकोले कामकाजी कार्यक्रता लाई ग्राहक बनाएर नेता संग प्रस्तुति गर्ने र धारणा बनाउने र गुट बनाउने गरेकोले भूगोल मा काम गर्ने कार्यकर्ता र नेता को बीचमा समेत दरार पैदा भएको छ । जसले गर्दा सिङ्गो पार्टी पंक्तिको आन्तरिक एकतामा नै खलल पैदा भएकोछ ।
पदको जिम्मेवारीभन्दा पदको प्रतिष्ठा ठूलो ठान्ने प्रवृत्ति:-
पार्टीभित्र पद पाउनु उपलब्धि मानिन्छ, तर पदसँग जोडिएको जिम्मेवारी निर्वाह नगर्नु आजको गम्भीर समस्या हो । पद नपाउन्जेल मरिहत्ते गर्ने पद पाए पछि जिम्मेवारी बहन नगर्ने प्रवृत्ति को बिकास हुनु ,जनप्रतिनिधि वा संगठनात्मक पदाधिकारीहरूले आफूमा निहित जनअपेक्षा समाल्नुभन्दा पदको औपचारिकता देखाउनमा नै सिमित हुन थालेका छन् । नेतृत्वसँग प्रश्न सोध्ने संस्कृतिको कमी र जवाफदेहिताको अभावले संगठनमा सृजनात्मकता हराउदै गएको छ भने निष्क्रियता र निराशा फैलाएको छ ।
काम र उद्देश्यबीचको संयोजन नहुनु :-
एउटा अभियान वा कार्यक्रमलाई अर्को तह–स्तरको कामसँग नजोड्नु अर्को संरचनात्मक कमजोरी हो । विचार, कार्यक्रम र परिणामबीच स्पष्ट सम्बन्ध नबनेपछि नेता ,कार्यकर्ता तथा जनताको बीचमा संगठनको काम बोलीमा मात्र सीमित छ कि भन्ने संशय पैदा हुन्छ । सम्बन्धित बिभाग हरु ले पार्टी लाई त्यस् क्षेत्रको विषय बिग्यता प्रदान गर्ने हो! र राज्य संचालनमा पोलिसी बनाएर कार्यान्वयन मा लैजाने हो तर हाम्रो अभ्यास बिभाग भनेको मान्छे थन्को लाउने ठाउँ हो भन्ने भास्य तैयार भएको छ Right man Right place को नीति अवलम्बन गर्नुपर्ने मा पद दिनका लागि बिभाग निर्माण गर्नु सांगठनिक रुपमा ठूलो कमजोरी हो जसले डेलिभरी र सु- शासन मा प्रत्येक्ष प्रभाव पार्छ ।
जनताको मुद्दासँग कमजोर सम्बन्ध:-
कम्युनिस्ट आन्दोलनको मूल आधार जनताको तथ्यगत समस्यालाई नीतिगत रूपमा उठाउने र समाधानको बाटो देखाउने हो । तर आज जनता सङ्लग्न मुद्दाहरूलाई तहगत र विषयगत रूपमा उठाउने अभ्यास कमजोर देखिन्छ । स्थानीय जीवनस्तर, किसान, श्रमिक, युवा, विद्यार्थी, महिला वा सीमान्तकृत समुदायका मुद्दा धेरैजसो केवल घोषणा–पत्रमा मात्र सिमित छन् । आन्दोलनको रडाको गर्दा मात्र जनताको समस्या सम्झने तर निरन्तर अध्ययन, हस्तक्षेप र समाधानको अभियान नचाल्ने कमजोरी संगठनभित्र संस्थागत बन्दै गएको छ ।
नीति-कार्यक्रम प्रधान भन्दा पनि ब्याक्ती कसरी हाइलाइट हुने ,नेतृत्व बढि करेस्मेटिक बन्ने तिर बढी लगाब देखिँदा कामको रिजल्ट आउदैन, आय पनि जनतामा अपनत्व आउदैन, कार्यक्रता र पार्टी मा सामुहिक इफोर्ट आउदैन फल स्वरुप पार्टी कमिटी भुत्ते बन्छ बिस्वास जगाउन सकिदैन र जनता बाट टाढा पुग्छ पार्टी त्यसैको उदाहरण हो - एक पटक चुनाव जित्यो अर्को पटक चङ्गा चैट भोग्नु परि रहेको छ पार्टीले !
युवाप्रति असमान मापदण्ड:-
संगठनका वरिष्ठ नेताहरूले आफू कहिलै १०–१२ वर्षको किशोरावस्थामा राजनीतिमा लागेको कुरा गर्वका साथ सम्झन्छन् । तर अहिले ४५ वर्षका युवालाई ‘अझ अनुभव भइसकेको छैन’ भन्दै भूमिकाहीन बनाउने प्रवृत्ति दोहोरो मापदण्डको उत्कृष्ट उदाहरण हो । यो केवल संगठनात्मक समस्या होइन—यो वैचारिक जडता हो । युवा पुस्तालाई नेतृत्वमा ल्याउने कुरा भाषणमा मात्र होइन, संस्थागत संयन्त्रमा पनि देखिनुपर्छ ।
आज सक्षम युबा हरुलाइ पार्टी नेतृत्व हाक्न बाट बन्चित बनाइएको छ , नेतृत्व लिएका ठाउमा पनि इन्चार्ज को सिन्डिकेट ले कमिटी लाई नै बन्धक बनाएर राखिएको छ नेतृत्व को आत्म केन्द्रित सोच ले गर्दा कमिटी को हेड मात्रै परिचालन हुने सिङ्गो कमिटीका सदस्य हरु प्यारालाइज हुने अवस्था सिर्जना हुदा सिङ्गो पार्टी भनेको ब्याक्ती जस्तो देखिँदा आन्दोलन मा 2-4 जना टाउके बाहेक सिङ्गो पार्टी पंक्ति को अपन्त्व हराएको कारण पार्टी खुम्चिदै गएको छ ।
वैचारिक रूपान्तरण र स्कुलिङको अभाव:-
कम्युनिस्ट पार्टीहरू विचार र सिद्धान्तका आधारमा चल्छन् । तर विचारलाई व्यवहारमा अनुवाद गर्न निरन्तर वैचारिक प्रशिक्षण—स्कुलिङ—आवश्यक हुन्छ । आज UML भित्र सैद्धान्तिक स्पष्टता भन्दा व्यवहारिक अवसरवाद बढेको देखिन्छ । वैचारिक बहसहरू नहुनु, वैचारिक भिन्नताहरूलाई क्रियाशील बहसको सट्टा व्यक्तिगत असन्तुष्टि वा गुटबन्दीमा परिणत गर्नु संगठनका लागि घातक बन्दै गएको छ । बिचार एस्तो शक्ति हो जसले सिङ्गो समाज लाई एउटा धारणा मा लामबद्द बनाएर अभियान र आन्दोलन लाई सफल बनाउछ । त्यस्ता बैचारिक कामको क्षेत्र स्थानीय कमिटीमा प्राथमिकता मै पर्दैनन् जसले गर्दा अराजकता हाबी भएको छ , भद्रगोल को स्थिति छ ।त्यसैले बैचारिक कामको क्षेत्र लाई पहिलो प्राथमिकतामा नराख्ने हो भने क्लब बन्छ तर पार्टी बन्दैन ।
समाधानको बाटो के ?
यी समस्याहरूको समाधान केवल ‘अन्योलमै अलमलिरहने’ वा ‘व्यक्तिको आलोचना गर्ने’ बाटोबाट सम्भव छैन । केही आधारभूत रूपान्तरणहरू प्रस्तावित गर्न चाहान्छु ।
1. संगठनात्मक निरन्तर आत्म-मूल्याङ्कनको प्रक्रिया विकास गर्नु — आलोचना–आत्मालोचनाको परम्परालाई आधुनिक शैलीमा पुनजीवित गर्ने ।
2. जिम्मेवारी र जवाफदेहिताको प्रणाली सुदृढ बनाउने — पदाधिकारीहरूले काम नगरेमा संस्थागत मूल्याङ्कन र नतिजा लाई आधार मानेर जिम्मेवारी प्रदान हुने पद्धति को बिकास गर्ने ।
3. कार्यक्रम र अभियानबीच एकीकृत कार्यनीति बनाउने — स्थानीयदेखि केन्द्रीय तहसम्म एउटै लयमा काम गर्न सकिने प्रणाली विकास गर्ने ।
4. युवा पुस्ताको निर्णायक सहभागिता सुनिश्चित गर्ने — प्रतिनिधित्व मात्र होइन, अधिकारसहितको नेतृत्व प्रदान गर्ने ।
5. वैचारिक स्कुलिङलाई अनिवार्य संस्कृति बनाउने — सैद्धान्तिक प्रशिक्षणलाई केवल औपचारिकता होइन, कार्यकर्ताको विकासको मेरुदण्ड बनाउने ।
6. जनताको मुद्दासँग दैनिक सम्बन्ध कायम गर्ने — निर्वाचनका बेला मात्रै होइन, निरन्तर आन्दोलन, सहकार्य र हस्तक्षेपको शैली विकास गर्ने ।
7. यी समस्या संग जुधेर अब्बल पार्टी निर्माणका लागि पार्टीको
क) Re- structure
ख) Re- form
को आवस्यकता छ । तर नेतृत्व मात्र फेरेर पार्टी बन्छ भन्ने हल्ला हावाकुरा हुन ! को कसलाइ फेर्नु हुन्छ अनुहार हेरेर ! केही हुनेवाला छैन सोच बदल्नु जरुरी छ । पार्टी भनेको सामुहिक effort हो ब्याक्ती गौण हो ।
अन्ततः, एमालेले आफ्नो विगतको गौरव र जनविश्वासलाई स्थायित्व दिन चाहन्छ भने केवल ‘अर्कालाई दोष दिने’ होइन, संस्थागत सुधारको साहस गर्नैपर्छ । समस्या व्यक्तिगत होइन, संरचनागत र प्रणालीगत हो । समाधान पनि त्यही स्तरमा खोज्न सक्दा मात्र पार्टीले नयाँ पुस्ता र नयाँ युगसँग सहयात्रा गर्न सक्छ । अहिलेको घडी आत्म-मूल्याङ्कनको हो—जागरणको हो—र रूपान्तरणको हो ।
केन्द्रिय माहाधिबेसन मा पार्टीले यहि हिसाबले नेतृत्व गरोस शुभकामना .....




