२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

निर्यातले जगाएको आशा

निर्यातले जगाएको आशा

निर्यातले जगाएको आशा

निर्यातले जगाएको आशा

निर्यातले जगाएको आशा
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बुधवार, कार्तिक १९ २०८२
बुधवार, कार्तिक १९ २०८२
  • मुलुकको अर्थतन्त्र र राजनीतिमा मडारिएको कालो बादलले निराशा बढिरहेको बेला रूपन्देहीको एउटा उद्योगले उत्पादन अमेरिका निर्यात गरेको सार्वजनिक भएको  छ । रूपन्देहीको शुद्धोधन गाउँपालिकामा पाँच वर्षअघि स्थापना भएको फस्र्ट च्वाइस फुड्सले उत्पादन अमेरिका निर्यात सुरु गरेको  छ । यसअघि नेपाली बजारसँगै भारतमा निर्यात गर्दै आइरहेको कम्पनीले तेस्रो मुलुकमा  निर्यात गर्न थालेको हो ।


    भैरहवा भन्सार कार्यालयबाट दुई वटा कन्टेनर ४२ मेट्रिक टन फ्रेन्च फ्राइज बोकेर कोलकाता बन्दगाहका लागि छुटेका छन् । हिमालयन क्रिस्प र हाम्रो फ्राइज ब्रान्डका फ्रेन्च फ्राइज निर्यात गरेर उद्योगीले एउटा सकारात्मक पहलकदमी लिएका छन् । दुई कन्टेनर उत्पादन निर्यात हुनुले मात्रै परिमाणका हिसाबले ठूलो विषय होइन्, तर सन्देशका हिसाबले महत्वपूर्ण छ । आयातमुखी अर्थतन्त्रमा धानिएको मुलुकमा निर्यातको पहलकदमी लिदा बजार बन्न सक्छ । बजारको खोजी एकैपल्ट ठूलो मात्रामा तयार हुने होइन्, सानै ढंगले हुँदै जाने हो । त्यसो त उद्योगले थप निर्यातको माग पनि लिइसकेको बताइएको छ । अब हरेक हप्ता अमेरिकाका लागि भैरहवा भन्सारबाट फ्रेन्च फ्राइज निर्यात हुने उद्योगका सञ्चालक कृष्ण पौडेलले जानकारी दिए । 


    उद्योगले उत्पादन गरेको फ्रेञ्च फ्राइज आलु अहिले नेपालको आन्तरिक बजारमा खपत भइरहेको  छ । भारतीय बजारमा निर्यात गरिरहेको उद्योगले अमेरिका निर्यात सुरु गरेसँगै बेलायतका लागि पनि अर्डर आएको छ । फ्रेञ्च फ्राइच खाने बढ्दो प्रचलनले पछिल्ला वर्ष उपभोक्ताको आकर्षण बढेको छ । अहिले नेपालमा खपत भइरहेको मध्ये ७५ प्रतिशत फ्रेञ्च फ्राइजको आयात विस्थापित गर्न सफल यो उद्योगले उद्योगलाई चाहिने आलु उत्पादनमा किसानसँग हातेमालो गरिरहेको छ । किसानलाई आलु खेतीमा प्रोत्साहन कार्यक्रम अघि बढाएर उत्पादनमुखी अर्थतन्त्र निर्माणको लागि सरकारले पहलकदमी लिनुपर्ने हो । उद्योग र किसानलाई जोडेर उत्पादनलाई बढाउने कार्यक्रम राज्यले लिनुपर्नेमा उद्योगीले नै गरेका छन् । किसानको खेतबारीमा पुगेर किसानलाई आलु लगाउन आग्रह गरिरहेका छन् । यो अभियानमा सरकार कतै देखिन सक्दा उद्योगी र किसान सबैले सरकार हुनुको अनुभूति गर्न सक्थे । 


    २ अर्ब लगानी भएको उद्योगले नेपालका २६ जिल्लाका करिब ३५ हजार किसानलाई आलु उत्पादनमा जोडेर उनीहरूबाट खरिद गरेको आलु प्रशोधन गरी उद्योगले फ्रेन्च फ्राइजलगायत परिकार उत्पादन गरिरहेको छ । करिब ५ बिघा क्षेत्रफलमा ६० हजार स्क्वायर फिटमा फैलिएको उद्योगले विश्वस्तरीय फ्रोजन पोटाटो प्रोडक्ट र फ्रेन्च फ्राइज उत्पादनसँग प्रतिस्पर्धा गर्न अग्रसर हुनु मुलुककै लागि गौरवको विषय हो । निर्यातमुखी र स्थानीय कच्चा पदार्थबाट उत्पादन हुने यो उद्योगझै अरु उद्योगलाई विभिन्न खालका सुविधा दिएर राज्यले प्रोत्साहन गर्नुपर्छ । सरकारले उद्योगबाट कर असुल्नेमात्रै होइन्, उनीहरुलाई प्रोत्साहन गर्ने र लगानी विस्तारका लागि सहजीकरण गर्दा फाइदा मुलुककै लागि हो ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij