२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

लुम्बिनीमा साढे १३ करोडको धानबाली पूर्ण क्षति

लुम्बिनीमा साढे १३ करोडको धानबाली पूर्ण क्षति

लुम्बिनीमा साढे १३ करोडको धानबाली पूर्ण क्षति

लुम्बिनीमा साढे १३ करोडको धानबाली पूर्ण क्षति

लुम्बिनीमा साढे १३ करोडको धानबाली पूर्ण क्षति
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
लुम्बिनी पत्रिकाका सह-सम्पादक शर्मा करिब २ दशक देखी पत्रकारितामा क्रियाशील छन् । उनले सममामयीक तथा खोजमूलक विषयमा कलम चलाउँछन् ।
शुक्रवार, कार्तिक २१ २०८२
शुक्रवार, कार्तिक २१ २०८२
  • बुटवल
    गत हप्ता परेको बेमौसमी वर्षाका कारण लुम्बिनी प्रदेशमा लगाइएको धानबाली मध्ये १३ करोड ४३ लाख मूल्य बराबरको  धानबालीमा पूर्ण क्षति भएको छ । 


    उक्त वर्षाले प्रदेशका १२ जिल्ला मध्ये ७ जिल्लाको ८९६ हेक्टरको ३ हजार ८९७.६८ मेट्रिक टन धानबाली पूर्णरुपमा क्षति भएको हो । ३ हजार ४ सय ६३ रुपैयां ८१ पैसा प्रति क्वीन्टल समर्थन मूल्य र ४.३३ मेट्रिक टन प्रति हेक्टर उत्पादकत्वका आधारमा यो क्षति भएको प्रदेश कृषि विकास निर्देशनालयका सूचना अधिकारी वरिष्ठ बाली संरक्षण  अधिकृत मिलन गैरेले जानकारी दिए । 
    यो वर्ष लुम्बिनी प्रदेशमा २ लाख ९८ हजार १० हेक्टरमा धान रोपिएकोमा प्रारम्भिकरुपमा संकलन भएको विवरण अनुसार कूल बालीको  ०.३० प्रतिशत धान पूर्णरुपमा क्षति भएको अधिकृत गैरेले बताए । 


    निर्देशनालयका अनुसार सबैभन्दा बढी रुपन्देहीको २४० हेक्टर र सबैभन्दा कम बर्दियामा ५ हेक्टरको धानबाली पूर्ण क्षति भएको छ ।  बढी क्षति हुने जिल्ला मध्ये दोस्रोमा गुल्मीको २२२ हेक्टर, तेस्रोमा  नवलपरासी पश्चिमको २०१ हेक्टर र चौथोमा कपिलवस्तुको १४४ हेक्टरको धानबाली पूर्णरुपमा क्षति भएको छ ।


     यस्तै अर्घाखांचीमा ५३ हेक्टर र पाल्पामा ३२ हेक्टर खेतको धान बालीमा पूर्ण क्षति भएको छ । ‘प्रतिशतमा हेर्दा थोरै भएपनि किसानको व्यक्तिगत धान खेतीको हिसाब गर्दा किसानका लागि यो पनि ठूलै क्षति हो’–निर्देशनालयका प्रमुख रामप्रसाद पाण्डेले भने–‘यो प्रारम्भिक विवरण हो, अब प्रदेशका पालिका र किसान समेतको यकिन तथ्यांक केही दिनमा आउंछ ।’  


    प्रदेशमा एक लाख ६९ हजार ३ सय १५ हेक्टर अर्थात ५६.८२ प्रतिशत धानबाली विना क्षति थन्काइएको र एक लाख २१ हजार २ सय १५ हेक्टर अर्थात ४०.६७ प्रतिशत धान काट्न बांकी रहेको निर्देशनालयका वरिष्ठ बाली संरक्षण  अधिकृत मिलन गैरेले जानकारी दिए ।

     
    काटेर खेतमा राखेको मध्ये ७ हजार २५० हेक्टर अर्थात २.४३ प्रतिशत धानबाली भिजेको उनले बताए । प्रदेशका दाङ,बांके,रोल्पा,प्युठान र रुकुम पुर्वमा धान बालीमा हालसम्म क्षति नभएको निर्देशनालयले जनाएको छ । 

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij