२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

रुपन्देही उद्योग संघमा राजनीतिक प्रभाव र गुटगत सोच : पुर्व अध्यक्ष

रुपन्देही उद्योग संघमा राजनीतिक प्रभाव र गुटगत सोच : पुर्व अध्यक्ष

रुपन्देही उद्योग संघमा राजनीतिक प्रभाव र गुटगत सोच : पुर्व अध्यक्ष

रुपन्देही उद्योग संघमा राजनीतिक प्रभाव र गुटगत सोच : पुर्व अध्यक्ष

रुपन्देही  उद्योग संघमा राजनीतिक प्रभाव र गुटगत सोच   :  पुर्व अध्यक्ष
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
शनिवार, कार्तिक २२ २०८२
शनिवार, कार्तिक २२ २०८२
  • बुटवल । रुपन्देही उद्योग संघघमा राजनीतिक प्रभाव र गुटगत सोचले संस्थाको कार्यशैली प्रभावित भएको केही पुर्व अध्यक्षहरुले ठहर गरेका छन् ।  उनीहरुले  संघका पछिल्ला समयका क्रियाकलाप संस्था स्थापनामो मूल उद्देश्य र सिद्धान्तबाट विचलित भएको बताएका छन् । 
    उद्योगीहरुको हित, उत्पादनमुखी सोच र आर्थिक सशक्तीकरणमा आफूहरुको जोड रहेको भन्दै संघका पूर्व अध्यक्ष गणेशप्रसाद अधिकारीले सस्थाको हितका लागि आफूहरुले सचेत गराएको बताए । राजनीतिक प्रभाव र गुटगत सोचले संस्थाको कार्यशैली प्रभावित भएको ठहर आफूहरुको रहेको भन्दै उनले उद्योगीप्रति निराशा र संघप्रतिको विश्वास कमजोर बनाउने काम गर्न नहुनेमा आफूहरुको जोड रहेको बताए । संस्था स्थापनाको मूल उद्देश्य अनुरुप अगाडी बढ्न उनीहरुले जोड दिएका छन् । संघको ४७ औं साधारण सभा तथा २४ औं अधिवेशनको सन्दर्भमा पुर्व अध्यक्ष गणेशप्रसाद अधिकारीसहित  केही पूर्व अध्यक्षहरुले संघको गरिमा उच्च बनाउने गरी अगाडी बढ्नुपर्नेमा जोड दिएका छन् । 
    राष्ट्रिय औद्योगिकरणलाई प्रोत्साहन गर्ने, स्वदेशी पुजीको सशक्त निर्माण गर्ने र राष्ट्रिय स्तरमा रोजगारीका अवसर सृजना गर्ने संघको मूल उद्देश्य रहेको भन्दै उनीहरुले सो उद्देश्यलाई आत्मसाथ गर्दै अगाडी बढ्नुपर्नेमा जोड दिएका छन् । संघ स्थापना हुने क्रममा उद्योगी र आम सदस्यहरुको आस्था , विश्वास र योगदानले संघलाई आजको अवस्थामा पु¥याएको भन्दै उनीहरुले मूल उद्देश्य र सिद्धान्तबाट विचलित हुन नहुनेमा जोड दिएका छन् ।
    संघको उद्देश्य विपरितका कार्यको कडा विरोध रहेको भन्दै उनीहरुले आफ्नो उद्देश्य तर्फ फर्केर उद्योगी प्रर्वद्धन, रोजगारी सृजना, स्वदेशी उत्पादन र राष्ट्रिय पुजिको सुदृढिकरणमा ध्यान केन्द्रीत गर्न सुझाव दिएका छन् । सस्थागत पारदर्शिता, निष्पक्ष नेतृत्व र सदस्यको सम्मान नै उद्योग संघको बलियो आधार भएको भन्दै उनीहरुले त्यसलाई कमजोर नपार्न सचेत गराएका छन् । पूर्व अध्यक्ष अधिकारीले संघलाई सही बाटोमा ल्याउन सचेत उद्योगीसहित सबै सदस्य एकजुट हुन आफूहरुको आब्हान रहेको बताए । 
    पूर्व अध्यक्ष गणेशप्रसाद अधिकारीले संघको उद्देश्य अनुरुप अगाडी बढ्न आब्हान गर्दै आफूसहित केही पूर्व अध्यक्षहरु साधारण सभा तथा अधिबेशनमा उपस्थीत नहुने निर्णय पनि गरिएको बताए ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij