२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

आठौं  तिलोत्तमा व्यापार मेलाको तयारी तीब्र, १५० स्टल बुक

आठौं  तिलोत्तमा व्यापार मेलाको तयारी तीब्र, १५० स्टल बुक

आठौं  तिलोत्तमा व्यापार मेलाको तयारी तीब्र, १५० स्टल बुक

आठौं  तिलोत्तमा व्यापार मेलाको तयारी तीब्र, १५० स्टल बुक

आठौं  तिलोत्तमा व्यापार मेलाको तयारी तीब्र,  १५० स्टल बुक
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
सोमवार, कार्तिक २४ २०८२
सोमवार, कार्तिक २४ २०८२
  • तिलोत्तमा । मङ्सिर १५ गतेदेखि तिलोत्तमाको मणिग्राममा सञ्चालन हुने आठौं तिलोत्तमा राष्ट्रिय औद्योगिक व्यापार मेला, कृषि तथा पर्यटन महोत्सव–२०८२ को तयारी तीब्र पारिएको छ। तिलोत्तमा उद्योग व्यापार संगठनको आयोजनामा तथा तिलोत्तमा उद्योग वाणिज्य सङ्घ र तिलोत्तमा व्यापार सङ्घ सहआयोजक रहने उक्त महोत्सव मङ्सिर २९ गतेसम्म चल्ने छ । महोत्सवमा करिब ३५० स्टल रहनेछन् भने हालसम्म १५० स्टल बुक भइसकेका  संगठनका अध्यक्ष प्रेम घर्ति मगर ले जानकारी दिए । महोत्सवले स्थानीय व्यापार, उद्योग, व्यवसाय, पर्यटन, संस्कृति र मौलिक पहिचानलाई प्रवर्द्धन गर्ने र यस वर्षको मेलामा विगतका वर्षभन्दा केही फरक र नवीन कार्यक्रम प्रस्तुत गरिने उनले बताए । हाल उद्योगी व्यवसायीहरू बैंक ब्याजदर र अन्य आर्थिक चुनौतीका कारण कठिनाइमा रहेको परिस्थितिमा यो मेलाले सबैलाई उत्साह र आशा जगाउने आयोजकको विश्वास छ । 
    संगठनका महासचिव हेमलाल न्यौपाने का अनुसार महोत्सवमा उद्घोषण तालिम, युवा पुस्ताका लागि विशेष कार्यक्रम, ३६० झुला, पिङ, चर्के पिङ, ब्रेक डान्स, डुंगा, बाल उद्यान लगायतका मनोरञ्जनात्मक खेल तथा ख्यातिप्राप्त राष्ट्रिय र स्थानीय कलाकारहरूको प्रस्तुति सहित सांस्कृतिक कार्यक्रमहरू प्रदर्शन गरिने छन्।

    विद्यार्थीहरूलाई ५० प्रतिशत छुट, ज्येष्ठ नागरिकलाई विशेष छुट दिइने र करिब दुई लाख दर्शक सहभागी हुने आयोजकको दाबी छ। कार्यक्रमममा नेपाल राष्ट्रिय उद्योग ब्यापार महासंघका केन्द्रीय महाुसचिव खिमनारायण पराजुलीले स्वाधिन र आत्मनिर्भर अर्थतन्त्रका लागि राष्ट्रिय औद्योगिकरण र ब्यापार विविधिकरण मुख्य नारा अनुसार मेला महोत्सव सहित संगठनले  अन्य गतिविधिहरु सञ्चालन गरिरहेको बताए । कार्यक्रममा संगठनका उपाध्यक्ष भुपति न्यौपाने, सचिव युवराज पराजुली,कोषाध्यक्ष दलबहादुर थापा (सन्जु)  लगायतले पनि बोल्दै तिलोत्तमा महोत्सव सिंगो तिलोत्तमावासीको भएकाले सबैको साथले सफल हुने बताए । 

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij