२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल बन्न सकेन वैकल्पिक विमानस्थल

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल बन्न सकेन वैकल्पिक विमानस्थल

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल बन्न सकेन वैकल्पिक विमानस्थल

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल बन्न सकेन वैकल्पिक विमानस्थल

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल बन्न सकेन वैकल्पिक विमानस्थल
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
पत्रकारितामा क्रियाशिल विगत १३ वर्षदेखि रूपन्देहीलाइ कार्यक्षेत्र बनाइ अर्थ, सुरक्षा, खेल र समसमायिक तथा खोजमूलक विषयमा कलम चलाउँछन् ।
सोमवार, कार्तिक २४ २०८२
सोमवार, कार्तिक २४ २०८२
  • भैरहवा 
    शनिबार काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्राविधिक समस्या आएपछि काडमाडांै आउन लागेको कतार एयरवेजको विमान साँझ घण्टौ आकाशमै चक्कर लगायो । दर्जनौ पटक आकाशमै चक्कर लगाएको विमान अन्तत बंगालदेशको ढाकामा डाइभर्ट भयो । 


    फ्लाई दुबईको जहाज भारतको लखनउ र कोरियन एयरको जहाज दिल्ली डाइभर्ट भयो । यस्तै दिल्लीबाट काडमाडौंको लागि उडान भरेको नेपाल वायुसेवा निगमको जहाज पनि केही बेर आकाशमै होल्ड हुन पुग्यो । 


    करिब साढे ४ घण्टा विमानस्थलको एयरफिल्ड लाइटनिङ सिस्टम बिग्रिदा रातीको आन्तरिक उडान पनि प्रभावित भयो । 
    नेपालमा नामको लागि ३ वटा अन्तर्राष्ट्रिय विमानस्थल भए पनि एक विमानस्थलमा समस्या आउँदा विकल्पको रुपमा भैरहवा र पोखराको विमानस्थललाई प्रयोग नगरेपछि सबैको चासो बढेको छ । 


    शनिबार बिहानैदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको रनवेको बत्ती (एयरफिल्ड लाइटनिङ सिस्टम) बिग्रिएपछि दिउँसोको उडान निययमित भए पनि रातीको उडान अवरुद्ध भएको थियो । तर अवरुद्धको समयमा अन्यत्र विमानहरु डाइभर्ट गर्नुपर्नेमा केही विमान आकाशमै घुमिरहे भने केही अन्यत्र डाइभर्ट भए । विमानस्थल बन्द हुँदा भैरहवा र पोखरा डाइभर्ट गर्न सकिने वैकल्पिक व्यवस्था पनि नगरी आकाशमै होल्ड गरियो र केही अन्यत्र डाइभर्ट हुनुको कारण यहाँ ती एयरलाइन्सको प्राविधिक र सेवा नहुुनु हो । चालकदलले आकस्मिक अवस्थामा नजिकको सूचीकृत पाए विमानस्थललाई विकल्पको रुपमा रोज्ने गरेका छन् । 


    दुई वैकल्पिक अन्तर्राष्ट्रिय विमानस्थल हुँदासमेत पाइलटले उडान भर्नुअघि नै जहाज अवतरण गर्ने वैकल्पिक विमानस्थल खुलाउनु पर्छ । एयरलाइन्सले उडान अगाडि विकल्पमा नराख्दा ती विमानहरु नेपालका अन्य विमानस्थलमा अवतरण नगरेका हुन् । नेपालमा हवाई इन्धन पनि महँगो हुने भएकाले जहाज अन्यत्र डाइभर्ट हुने गरेका छन् ।

     
    गौतमबुद्ध विमानस्थलका प्रवक्ता श्यामकिशोर शाहले एयरलाइन्सले जुन सेक्टरमा उडान गर्छ, त्यता प्राविधिक टोली र कर्मचारीहरु राख्ने वा समझदारी गरेको हुन्छ । जहाज अवतरण गर्दा प्राविधिक र यात्रुलाई अन्य कठिनाइ नहोस् भन्ने सुनिश्चतता भएपछि मात्रै वैकल्पिक रुपमा जहाजहरु आउने गर्छन् । तर भैरहवा र पोखरा विमानस्थलमा सबै मापदण्डहरु पूरा भए पनि एयरलाइन्सका प्राविधिकहरु सुनिश्चत नभएको र यहाँ उनीहरुको सम्बन्ध विस्तार नभएकोले पनि डाइभर्ट विमानहरु नआएको बताए । 


    ठूला जहाजलाई धेरै समयको उडान गर्दा सहज र कम खर्चिलो हुने भएकोले पनि नजिकको विमानस्थललाई विकल्पको रुपमा नरोजेको उनले जनाए । भैरहवा थाइ एयर एसियाको उडान अहिले भइरहेको छ, यहाँ ग्राउण्ड हेण्डलिङको लागि पर्याप्त टिम छ, तर इञ्जिनियरिङ टिम मर्मत सम्भारका लागि उपलब्ध नभएकोले पनि नआएका  प्रवक्ता शाहले जनाए । 


    जहाँ धेरै उडान हँुदैन त्यहाँ विमान कम्पनीले लगानी गर्दैनन्, काठमाडौंमा विभिन्न कम्पनीको आफ्नै मर्मत सम्भार टोली छ र केहीले अरुसँग सम्झौता गरेकोले वायु सेवाहरुको प्राविधक काम समाधान गरिरहेको भएता पनि यहाँ त्यस्तो छैन । डाइभर्ट भएर बाहिर जानु भनेको यहाँभन्दा बढी सेवा सुविधा रहेकोले बाध्य भएर जान्छन् । इन्धन शुल्कले पनि कतिपय विमानहरु बाहिर जाने गरेकोले यो विमानस्थललाई विकल्पको रुपमा प्रयोग नगरेको प्रवक्ता शाहले बताए । 


    भैरहवाको हकमा एयर चाइनाले २–३ पटक डाइभर्ट गरेको छ । काठमाडांैबाट सवा एक घण्टामा ढाका, एक घण्टामा लखनउ पुगिन्छ, तर भैरहवा र पोखरा २० मिनेटमै जाँदा विमानमा असर पर्ने गर्छ । इन्धनको हकमा पनि भारतमा यहाँभन्दा १ सय ५६ डलर र ढाकामा करिब २ डलर प्रति किलोलिटरले सस्तो भएकोले पनि नेपालभन्दा बाहिर रोज्ने गरेका छन् । 


    त्रिभुवन विमानस्थलमा रनवेको बत्तीमा देखिएको समस्याका कारण इतिहासमा नै पहिलोपल्ट उडान अवरुद्ध भएको हो । पूर्णरूपमा सञ्चालनमा रहेको मुलुकको पहिलो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द हुँदा आन्तरिक तथा बाह्य उडानसँगै हजारौं यात्रुहरू अलपत्र परेका थिए । विमानस्थल बन्द हुँदा भारत, बंगलादेशलगायत देशहरूमा डाइभर्ट भएका अन्तर्राष्ट्रिय उडान पुनः काठमाडौं विमानस्थल फर्किएका छन् ।


    हाल मुलुकभित्र तीन अन्तर्राष्ट्रिय विमानस्थल हुँदा समेत दुई विमानस्थललाई विकल्पको रुपमा प्रयोग नगरी देखाउनका लागि मात्रै बनाएको जस्तो अनुभूत भएको सिद्धार्थ उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष ठाकुरकुमार श्रेष्ठले बताए । सरकारले सम्बन्धी विमान कम्पनीहरुसँग कुरा गरेर वैकल्पिक रुपमा पनि प्रयोग गर्न मिल्नका लागि कुटनीतिक पहल गर्न जरुरी रहेको बताए । 
    ‘निजी क्षेत्रले के गर्नुपर्छ सहयोग गर्न तत्पर छौं, सरकारले अगुवाइ गरेर निरन्तर अन्तर्राष्ट्रिय उडानको लागि पहल गर्नु पर्ने तथा नेपाल एयरलाइन्स र हिमालयन एयरलाइन्सले समेत यहाँबाट सुचारु गरे आर्थिक चलायमान हुने  राज्यको लगानी विस्तारै उठ्ने छ ।’–उनले भने । 


    भैरहवा र पोखरामा रहेका विमानस्थल काठमाडौँ विमानस्थलको विकल्प बन्न नसक्दा भैरहवा वा पोखरामा अवतरण नभई भारत र अन्यत्र डाइभर्ट भएका हुन् । काठमाडौँमा अवरोध यहीका अन्त्रत विमानस्थलमा रोक्न सक्नु पर्छ, जसका लागि विदेशी हवाई कम्पनीलाई सर्त अघि सार्नुपर्ने देखिन्छ ।


    निजी क्षेत्र र सरकारको पहलमा भैरहवास्थित विमानस्थलमा नियमित अन्तर्राष्ट्रिय उडान गर्नका लागि वैदेशिक रोजगार व्यवसायीको उपस्थिति भैरहवामा विस्तार गर्नुपर्ने र अन्तर्राष्ट्रिय नेटवर्कमा पहुँच बढी भएको ट्राभल एजेन्सीहरु आउनु पर्ने जरुरी देखिन्छ । 

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij