२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

नियमनको अभावले ४१ प्रतिशत सहकारी निष्कृय

नियमनको अभावले ४१ प्रतिशत सहकारी निष्कृय

नियमनको अभावले ४१ प्रतिशत सहकारी निष्कृय

नियमनको अभावले ४१ प्रतिशत सहकारी निष्कृय

नियमनको अभावले ४१ प्रतिशत सहकारी निष्कृय
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
मंगलवार, कार्तिक २५ २०८२
मंगलवार, कार्तिक २५ २०८२
  • श्रीकृष्ण सिग्देल
    स्याङ्जा 
    करिब ७ दशक अगाडि नेपालमा सहकारीको सुरुवात भएको थियो । सोही अनुरुप स्याङ्जामा स्थानीय तह र प्रदेश मातहतमा रहेर ५ सय ७४ सहकारीहरु दर्ता भएका छन् । जसमा २ सय ३२ सहकारी निष्कृय अवस्थामा रहेका छन् । निष्कृय रहेका सहकारीको संख्या ४१ प्रतिशत छ ।निष्कृय सहकारीको अवस्था बारे दुवै सरकारहरु बेखबरजस्तै बनेका छन् । दर्ता सजिलै गरिदिने स्थानीय तह र प्रदेशले अनुगमन र नियमनमा चासो नदिँदा सहकारीहरु निष्कृय रहेको तथ्याङ्कले देखाउँछ । सरकारले सामुहिक अनुदान दिँदा सहकारी मार्फत दिने गरेको छ । सोही लोभमा सहकारीहरु धमाधम दर्ता गर्ने र अनुदान प्राप्त गरेपछि निष्कृय बनाउने रोग पनि बढेको यो तथ्याङ्कमा देखिन्छ । 


    अहिलेसम्म गण्डकी प्रदेश सहकारी विभागमा स्याङ्जाबाट १ सय ३६ सहकारी दर्ता भएका छन् । त्यसैगरी जिल्लाका ११ ओटै स्थानीयतहमा ४ सय ३८ सहकारीहरु दर्ता भएको तथ्याङ्क छ । दर्ता भएका सहकारीहरु कति संचालनमा छन् कति छैनन् भन्ने पूर्ण जानकारी प्रदेश र स्थानीइतहका सहकारी शाखाहरुमा छैन । जुन सहकारीले बार्षिक प्रतिवेदन बुझायो सोही सहकारी संचालनमा छ भन्ने मात्रै थाहा पाएका निकाय सहकारीहरुको अवस्था कस्तो छ भन्ने बिषयमा बेखबर जस्तै बनेका छन् । जसले गर्दा सरकारी अनुदान पाउने सहकारी र बचत तथा ऋण कारोवार गर्ने सहकारीहरुको सदुपयोगितामा प्रश्न उठ्ने गरेको छ । सहकारीको मर्म, मूल्य, मान्यता र नीतिनियम विपरित चलेका सहकारी जुनसुकै बखत समस्याग्रस्त बन्न सक्छन् ।


    गण्डकी प्रदेश सहकारीमा अहिलेसम्म ६६ ओटा सहकारीले बार्षिक प्रतिवेदन बुझाएका छैनन् । वार्षिक प्रतिवेदन नबुझाउने सहकारीलाई कारवाही वा खारेजीको प्रक्रिया समेत शुरु नगरेको प्रदेश सहकारी कार्यालयको भनाई छ । त्यसैगरी स्याङ्जाका ११ ओटै पालिकाले पनि प्रतिवेदन नबुझाउने सहकारीलाई कारवाही वा खारेजीको प्रक्रिया अगाडी बढाउन सकेका छैनन् । दर्ता हुने अधिकांश सहकारीहरु कृषि र बहुउद्देश्यीय प्रयोजनका लागि रहेका छन् । बचत तथा ऋण कारोबार गर्ने भन्दा धेरै संख्यामा दर्ता भएका कृषि र बहुउद्देश्यीय सहकारीहरु नै बार्षिक प्रतिवेदन नबुझाउने सुचीमा देखिएका छन् । ११ पालिका मध्ये पुतलीबजार, वालिङ र गल्याङ नगरपालिका सबैभन्दा बढी सहकारी दर्ता भएका पालिकाहरु हुन् । निष्कृय पनि यी पालिकामै नै धेरै देखिएका छन् । 


    पालिकाहरुले दिएको तथ्याङक अनुसार पुतलीबजारमा ७४ सहकारी मध्ये ३३ सहकारीले अहिलेसम्म बार्षिक प्रतिवेदन बुझाएका छैनन् । त्यसैगरी वालिङ नगरपालिकामा १ सय १ दर्ता मध्ये ६१ सहकारी निष्कृय रहेको देखिएको छ भने गल्याङ नगरपालिकामा १ सय ६ दर्ता मध्ये ४१ सहकारीले प्रतिवेदन बुझाएका छैनन् । चापाकोट नगरपालिका ३४ सहकारी मध्ये ९, भीरकोट नगरपालिकामा १६ मध्ये १ सहकारीले प्रतिवेदन नबुझाएको तथ्याङक छ । भीरकोट नगरपालिकाले निस्कृय रहेका सहकारीहरुलाई खारेजीको प्रक्रिया अगाडी बढाएको छ । अर्जुनचौपारी गाउँपालिकामा १८ मध्ये ३, फेदिखोलामा २६ मध्ये ८, हरीनासमा २० मध्ये ११ र कालीगण्डकी गाउँपालिकामा १३ मध्ये २ सहकारीले प्रतिवेदन बुझाएका छैनन् । आँधीखोला र बिरुवामा भने सबै सहकारीहरुले प्रतिवेदन बुझाएको तथ्याङ्क देखाएका छन् । आँधीखोलामा २१ र बिरुवा गाउँपालिकामा ९ ओटा सहकारी संचालनमा छन् । 


    पछिल्लो समय बचत तथा ऋण कारोवार गर्ने केही सहकारीहरु संकटमा परेको बताइएको छ । सबैभन्दा बढी यो संकट वालिङका सहकारीहरुमा देखिएको पालिकाले जनाएको छ । ११ ओटै पालिकामध्ये वालिङ नगरपालिकामा मात्रै बचत फिर्ता नपाएको भन्दै उजुरी परेको देखिन्छ । वालिङ बाहेक अन्य पालिकामा अहिलेसम्म बचत फिर्ता पाइएन भनेर उजुरी नपरेको सहकारी शाखाले जनाएका छन् । बजारमा सहकारीले बचत फिर्ता दिएन भन्ने हल्ला सुनिएपनि सहकारी शाखामा उजुरी नपरेको वालिङ बाहेकका पालिकाहरुको भनाई छ । वालिङमा भने मेलमिलाप बहुउद्देश्यीय सहकारी र गतिशित महिला बहुउद्देश्यीय सहकारीको उजुरी परेको बताइएको छ । सहकारी शाखामा उजुरी परेपनि वालिङ नगरपालिकाले त्यस बिषयमा कुनै छलफल अगाडी बढाउन सकेको छैन । मेलमिलाप र गतिशिल महिला बहुउद्देश्यीय सहकारीले झण्डै ४ बर्षदेखी बचतकर्ताको रकम फिर्ता दिन सकेका छैनन् । 


    सरकारले सहकारीहरुलाई नियमन गर्न राष्ट्रिय सहकारी नियमन प्राधिकरण गठन गरेपछि स्थानीय तह सक्रिय भएको जनाएका छन् । यो आर्थिक बर्षको पौष मसान्तभित्र प्रतिवेदन नबुझाउने सहकारीहरुलाई खारेजी प्रक्रियामा अगाडी बढाउने पालिकाहरुले जनाएका छन् । वालिङ नगरपालिकाले निष्कृय सहकारीहरु खारेजी गर्ने आर्थिक बर्ष २०८२÷०८३ को नीति तथा कार्यक्रममै उल्लेख गरेको छ । यो प्रक्रिया अगाडी बढाउने गरी काम शुरु गरेको वालिङ नगरका सहकारी शाखा प्रमुख भुवानी तिवारीले जानकारी दिए । 


    सहकारीले बचत फिर्ता नदिदा कहाँ निवेदन दिने भन्ने अन्योल बचतकर्तामा रहेका बेला राष्ट्रिय सहकारी नियमन प्राधिकरणमा लिखित निवेदन दिन अनुरोध गरिएको छ । प्राधिकरणले असोज १० गते सार्वजनिक गरेको सूचना अनुसार बचत तथा ऋण कारोवार गर्ने सहकारीहरुका बिषयमा गुनासो भएमा सिधै सम्पर्क गर्न वा लिखित निवेदन दिन पाइने व्यवस्था गरिएको जनाएको छ । प्राधिकरणले गुनासो टिपाउन वा सुनाउन निर्देशक ज्ञाननाथ ढकाललाई तोकेको समेत जनाएको छ । कुनैपनि बचत तथा ऋण कारोवार गर्ने सहकारीले बचत रकम फिर्ता नदिएमा सम्वन्धित पालिकाको सहकारी शाखामा वा सिधै प्राधिकरणमा निवेदन दिन निर्देशक ढकालले बताए ।  


    प्राधिकरणले अहिले सहकारी समस्याकै बारेमा काम गरिरहेको बताउदै निर्देशक ढकालले सहकारी ऐन १०३ (ज) को उपदफा १ को खण्ड ३ ले उल्लेख गरे अनुसार प्रदेश र स्थानीय तहमा अधिकारी तोक्ने काम अगाडी बढाएको बताए । बचत फिर्ता नदिने सहकारीहरु अब प्राधिकरण स्थापना भएसगै फिर्ता दिन बाध्य हुने विश्वास लिइएको छ । 

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij