२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

सिनियर डिभिजनको निरीक्षण

सिनियर डिभिजनको निरीक्षण

सिनियर डिभिजनको निरीक्षण

सिनियर डिभिजनको निरीक्षण

सिनियर डिभिजनको निरीक्षण
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
मंगलवार, कार्तिक २५ २०८२
मंगलवार, कार्तिक २५ २०८२
  • बुटवल ।  नवीन औद्योगिक कदर बहादुर रीता माध्यमिक विद्यालय देवीनगरमा राष्ट्रिय सेवादलद्वारा संचालित सिनियर डिभिजनको निरीक्षण सोमवार सम्पन्न भएको छ ।


    उक्त अवशरमा राष्ट्रिय सेवादल मध्य तालिम शिक्षालय हात्तीखोर नवलपरासी (बसुपू) का शिक्षा अधिकृत, प्रमुख सेनानी दिनेश चौलागाईंले राष्ट्रिय सेवादल २०२२ मा स्थापना भएको राष्ट्रिय सेवादलको प्रशिक्षणबाट विद्यार्थीहरुमा राष्ट्रियता, नैतिकता, अनुशासन र इमानदारितामा सकारात्मक परिवर्तन ल्याउने र राज्यलाई आवश्यकता पर्दा दिइने तालिम भएको भएको बताउनु भयो कक्षा ११ र १२ मा पढ्ने उमेर भनेको मानिस सुमार्गमा लाग्नेकी कुमार्गमा लाग्ने समय भएकोले यो बेला समालिएमा घर परिवार, समाज र राष्ट्रलाई फाइदा हुने हुँदा यसको छुट्टै महत्व रहेको धारणा व्यक्त गर्नु भयो ।


    बुटवल उपमहानगरपालिका वडा नं. ११ का वडा अध्यक्ष एवं विद्यालयका संरक्षक रामचन्द्र क्षेत्रीले राष्ट्रिय सेवादल तालिमबाट विद्यार्थीहरुमा उत्प्रेरणा प्राप्त हुने र सेवा कार्य मार्फत संघ संस्थाहरुमा नेतृत्व गर्न सक्ने र देशलाई अन्तराष्ट्रिय जगतमा चिनाउने समृद्वी ल्याउने दायित्व भएको धारणा व्यक्त गर्नु भयो  ।


    विद्यालयका प्रधानाध्यापक प्रेम बहादुर बस्नेतले कक्षा ११ व्यवस्थापन, सिभिल इन्जिनियरिङ्ग, विज्ञान, कानुन र शिक्षा समुहका एक हजार दुई सय पचास विद्यार्थीहरुमध्येबाट विद्यार्थीले प्राप्त गरेको जिपिए, दौड, भलिवल, फुटवल, मार्शल आर्ट, र नृत्यमा भएका दक्षताका आधारमा छनौट गरिएको जानकारी गराउदै विद्यालयका असल शैक्षिक अभ्यासहरु बताउनु भएको थियो ।
    कार्यक्रममा राष्ट्रिय सेवादल हात्तीखोर नवलपरासीका तालिम पदिक जम शंकर खड्का, प्रशिक्षकद्वय हुद्वा शेर बहादुर कठायत, प्युठ शुशिला पुन र विद्यालयको तर्फबाट राष्ट्रिय सेवादलका समन्वय शिक्षक तथा खेलकुद प्रशिक्षक दिपक कुमार क्षेत्री लगायतको सहभागिता रहेको थियो ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij