शुशिला पुलामी मगर ।
बास्तवमा यो देशमा श्रम संस्कृति पार्टी जन्मनु एउटा अहोभाग्यको कुरा हो। अब देश र जनताको मुहार पक्का फेरिन्छ। हाम्रो पार्टीका अध्यक्ष श्रमपिता हर्क साम्पाङ युग पुरुष हुन् । उहाँ जस्ता युगपुरुष १०० वर्षमा एकजना जन्मन मुस्किल पर्छ।
यो देशमा हर्क साम्पाङ जस्तो माटोको सुगन्धवाट जन्मेको अर्गानिक खाटी राष्ट्रवादी नेतृत्वमा यो देशले श्रम संस्कृति पार्टी पाउनु ठूलो कुरा हो। श्रम संस्कृति पार्टी र उहाँको राजनितीमा आगमनले राजनीति प्रती नै वितृष्णा रहेको आम जनतामा खडेरीले सुकेको बिरुवालाई मलजल काम भएको छ। ठूलो राहत भएको छ। सोही अनुसार रुपन्देहीमा पनि मेरो नेतृत्वमा पार्टीको जिल्ला सभा गठन गरी पार्टीको जग बसाल्ने काम भयो ।
रुपन्देहीमा पार्टी संगठन विस्तार पश्चात पार्टीप्रति आकर्षण बढ्दै थियो । तर गत २२ गतेको श्रमदानमा केही साथिहरुको अज्ञानताले केही विवाद उत्पन्न गरेको छ । कतिपय मिडियामा छविलाल गुरुङको नेतृत्वमा समानान्तर जिल्ला सभा गठन भएको समाचार आयो । यसले अन्योलता सिर्जना गरेको छ ।
तर काेहि कसैलाइ सनक चल्याे भन्दैमा लाेकतान्त्रीक बिधि पद्दती भन्दा बाहिर गएर मेराे नेतृत्वकाे पार्टिकाे जिल्ला सभा भंग भयाे भन्ने कुरा हाँस्यास्पद हाे । आजकाे दिन सम्म म नै अध्यक्ष रहेकाे छु । यदि पदबाट हट्नुपर्ने अवस्था आएपनि लाेकतान्त्रीक बिधि पद्दतीबाट मात्रै प्रकृया अगाडी बढ्ने कुरा हाेला ।
गत २२ गते कम्तिमा २०० सय श्रमदाता श्रमदानमा आउने अवस्था थियो।त्यसमा श्रमदातावाट केही अगुवा श्रमदातामा सानो गुनासो भएको हो। आउंदो बिहीवार श्रम संस्कृति पार्टीको बुटवल ११ दुर्गानगर मजुवामा पार्टीको आन्तरिक बैठक छ। त्यो बैठकमा हामी गत २२ गतेको श्रमदानको समिक्षा गर्ने छौं। विभिन्न कारणवश जिल्ला सभामा रिक्त भएका र परिपुर्ति हुन बांकी पदमा पदपूर्ति गर्ने छौं।
र नजिक आइरहेको फागुन २१ गतेको संघिय निर्वाचनमा रुपन्देहीमा हाम्रो बलियो उपस्थित देखाउने श्रम संस्कृति पार्टी रुपन्देही जिल्ला सभाको प्रयत्न हुने छ।
अहिलेको जल्दोबल्दो र सवैले आशा गरेको पार्टीमा केही मतमतान्तर प्रतिस्पर्धा हुनु स्वभाविक हो। मृत पार्टीमा हुँदैन। तथापि लोकतन्त्रको विधि पद्धतिको नबुझ्नु भएका साथीहरूवाट केही जटिलता आएको अवस्य हो। यो पार्टीको आन्तरिक कुरा भएकोले मिलाएर लग्नु पर्छ र लग्ने छौ। यो ठूलो समस्या होइन।
२–४ जनाको कुनै कुरामा चित्त बुझेन भनेर बैधानिक बहुमतको विधि पद्धतिको बिरुद्धमा अर्को कमिटी खोल्दै जाने हो भने जुनसुकै पार्टीको पनि एउटै जिल्लामा ८–१० वटा समानान्तर कमिटी बन्दै जान्छन् । के त्यसो गर्न हुन्छत ? त्यो हुँदैन । त्यो विधि पद्धति र लोकतन्त्रको मूल्य मान्यता विरुद्धको कुरा हो, त्यसो कसैले पनि गर्न गराउन हुदैन। त्यो डेमोक्रासीको नम्स नबुझेकाले मात्रै त्यसो गर्न सक्छ। त्यस्ले कसैको हित हुदैन। पक्कै पनि पार्टीको केन्द्रीय नेतृत्वले पनि यो कुरा बुझेर उचित मार्गनिर्देशन दिनेछ ।
श्रम पिता हर्क साम्पाङको गितले पनि भनेको छ ः
देश आफै बन्दैन, गाली गर्दै अरुलाई
हातेमालो गरौ आजै सच्चाएर आफैलाई
श्रम गरौ,कर्म गरौं कस्को हेर्नू आश,
विदेशीले वचाउदैन हाम्रो देशको शाख
यो गीत अनुसार हामी अघि बढेमा इमानदारीका साथमा भन्नुपर्दा अहिले देशको सवैभन्दा भरपर्दो र विश्वासीलो पार्टी श्रम संस्कृति पार्टी नै हो। जनता अन्य पार्टी र सवै नेतालाई राम्रो सङ्ग हेरिसके अब हेर्न बाकी छ भने हर्क साम्पाङ र श्रम संस्कृति पार्टी मात्रै हो। अब हामी सानातिना विवादमा नअल्झेर सबैलाई मिलाएर जिल्लामा पार्टीको संगठनलाई विस्तार गर्नुपर्ने छ ।
लेखक श्रम संस्कृति पार्टी रुपन्देहीका संस्थापक अध्यक्ष हुन् ।




