२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

विद्युत् खरिद बिक्री सम्झौता छानबिन हुनुपर्छ

विद्युत् खरिद बिक्री सम्झौता छानबिन हुनुपर्छ

विद्युत् खरिद बिक्री सम्झौता छानबिन हुनुपर्छ

विद्युत् खरिद बिक्री सम्झौता छानबिन हुनुपर्छ

विद्युत् खरिद बिक्री सम्झौता छानबिन हुनुपर्छ
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बुधवार, कार्तिक २६ २०८२
बुधवार, कार्तिक २६ २०८२
  • ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङ र नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक मनोज सिलवालको मिलेमतोमा प्राधिकरणलाई झण्डै ४३ करोड नोक्सान पु¥याउने गरी भारतीय कम्पनीसँग गरेको सम्झौताको छानबिन हुनुपर्छ । मुलुकलाई करोडांै घाटा लाग्ने गरी सम्झौता भएको भन्ने प्रश्न उठेपछि सत्य तथ्य बाहिर ल्याउन सक्दा सम्झौतामा त्रुटि छ वा छैन भन्ने निक्र्यौल हुनसक्छ । कुनै सरकारी अधिकारीमाथि प्रश्न उठेपछि प्रश्नको जवाफ खोज्ने र जवाफदेही बनाउने काम सरकारको हो ।


    कुलमानले आफू ऊर्जामन्त्री बनेपछि २०८२ असोज ५ गते विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई हटाएर मनोज सिलवाल नियुक्त गरे । सिलवाललाई नियुक्त गरेलगत्तै आयात हुने विद्युत्का लागि महँगो शुल्क तिर्ने सम्झौता भयो । भारतीय कम्पनी पावर ट्रेड अफ इन्डिया पीटीसीसँग प्रतियुनिट ६.९५ भारु अर्थात् ११.१२ विद्युत् खरिद सम्झौता भएको छ । जब कि पिटीसीले ६.७४ रुपैयाँ भारू अर्थात् १०.७८ रुपैयाँ नेपालीमा बिक्री गर्न सक्ने प्रस्ताव गरेको थियो । कुलमान र मनोजको मिलेमतोमा मुलुकलाई घाटा लागेको भन्दै उठेको प्रश्नको उत्तर नागरिकले पाउनुपर्छ । त्यसो त कुलमानले आफू प्राधिकरणको प्रमुख छँदै मूल्य बढाएर विद्युत् खरिद गर्न भारतीय पक्षसँग सहमति जनाएका थिए । विद्युत् खरिद सम्झौतामा अनियमितता भएको बारेमा सञ्चारमाध्यममा समाचार आएपछि विद्युत् नियमन आयोगको स्वीकृति लिई विद्युत् खरिदको निर्णय भएको कुलमानले प्रष्टिकरण दिएका छन्, उनको यो प्रष्टिकरण झुटा देखिएको छ । नियमन आयोगको निर्णय बिना प्राधिकरण र पिटीसी इण्डियाबिच सम्झौता भएको पाइएको छ ।


    नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक हुँदा कुलमान घिसिङले लामो लोडसेडिङ हटाउन मिहिनेत गरे । प्राधिकरणको संरचनामा व्यापक सुधार गरी चुहावट नियन्त्रण गरे । उनको यो सुधारकै कारण मुलुकमा उनीप्रति ठूलो पंक्ति सकारात्मक भाव राख्छ । त्यही साथकै कारण अहिले कुलमानले कतिपय निर्णयले उद्योगी व्यवसायी मारमा परेका छन् । भारतसँगको विद्युत् सम्झौताले मुलुकलाई घाटा भएको छ । उनले गरेको कमजोरीले गर्दा उनले विगतमा गरेको राम्रो काम ओझेलमा पर्ने जोखिम बढेको छ । कुलमानले गलत गरेका होइनन् भन्ने पुष्टि  गर्नका लागि समेत यो सम्झौतामा उठेको प्रश्नबारे छानबिन हुनुपर्छ । शासन सञ्चालनमा बसेकाहरुलाई जवाफदेही बनाउनका लागि सरोकारवाला निकायले छानबिन गर्न ढिलाइ गर्न हुन्न ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij