२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

एनएसपिएल बिजेता लुम्बिनी राईडर्सलाई समृद्धिको भब्य स्वागत

एनएसपिएल बिजेता लुम्बिनी राईडर्सलाई समृद्धिको भब्य स्वागत

एनएसपिएल बिजेता लुम्बिनी राईडर्सलाई समृद्धिको भब्य स्वागत

एनएसपिएल बिजेता लुम्बिनी राईडर्सलाई समृद्धिको भब्य स्वागत

एनएसपिएल बिजेता लुम्बिनी राईडर्सलाई समृद्धिको भब्य स्वागत
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बुधवार, कार्तिक २६ २०८२
बुधवार, कार्तिक २६ २०८२
  • बुटवल । नेपाल स्ट्रिट प्रिमियर लिग (एनएसपिएल) को विजेता टिम लुम्बिनी राईडर्सलाई बुधबार रुपन्देहीमा भव्य स्वागत तथा नगर परिक्रममा गराइएको छ ।


    नेपालकै सबैभन्दा ठुलो धनराशिको टेनिस बल टी–१० क्रिकेट प्रतियोगिताको विजेता टिम लुम्बिनीका सह प्रायोजक समृद्धि हेयर ड्रेसिङ सलोन एण्ड एकेडेमीका सञ्चालन मोहन ठाकुरले बुधबार बुटवलमा क्याप्टेन अहमद खानसहित खेलाडीलाई खादा लगाएर स्वागत गरेका हुन ।


    काठमाडौँको तल्लो मुलपानी मैदानमा सोमबार राती भएको प्रतिस्पर्धात्मक फाइनलमा अपन जनकपुरलाई पराजित गर्दै लुम्बिनीले उपाधि चुमेको थियो ।


    उपाधिसँगै लुम्बिनीले नगद २१ लाख रुपैयाँ, ट्रफी हात पर्‍यो । उपविजेता जनकपुरले नगद ११ लाख रुपैयाँमा चित्त बुझायो । क्याप्टेन अहमद खानको नेतृत्वमा टोलीले उत्कृष्ट प्रदर्शन गरेको थियो भने फाईनल खेलमा दिप नारायण सिंहलाई म्यान अफ द म्याच घोषित भए ।


    डीजीआर स्पोट्र्स एण्ड इभेन्ट म्यानेजमेन्ट प्रा.लि.को आयोजनामा कार्तिक १८ गते २४ गतेसम्म भएको प्रतियोगितामा ७ टोलीले सहभागिता जनाएका थिए ।


    देशभर विभिन्न स्थानमा सम्पन्न भएका ट्रायलमार्फत करिब १५०० भन्दा बढी खेलाडीमध्येबाट २५० जना खेलाडीहरूलाई अक्सनबाट छनोट गरिएको थियो । लुम्बिनी टिमको मुख्य प्रायोजक बाबुल निर्माण सेवा र समृद्धि सह–आयोजक रहेका थिए ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij