२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

नयाँ प्रहरी प्रमुखका चुनौती

नयाँ प्रहरी प्रमुखका चुनौती

नयाँ प्रहरी प्रमुखका चुनौती

नयाँ प्रहरी प्रमुखका चुनौती

नयाँ प्रहरी प्रमुखका चुनौती
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बिहिवार, कार्तिक २७ २०८२
बिहिवार, कार्तिक २७ २०८२
  • नेपाल प्रहरीको प्रमुखमा प्रहरी अतिरिक्त महानिरीक्षकको बरियतामा एक नम्बरमा रहेका दानबहादुर कार्की नियुक्त भएका छन् । उनले बिहीबारबाट औपचारिक रूपमा संगठनको नेतृत्व सम्हाल्दै छन् ।
    कार्की यस्तो बेला महानिरीक्षक भएका छन्, नेपाल प्रहरीको मनोबल इतिहासमै  कमजोर भएको छ । भदौ २३ र २४ गतेको आन्दोलनमा प्रहरीको भूमिकालाई लिएर चौतर्फी प्रहरीप्रति आक्रमण भएको छ नै, अभिभावकीय र मार्गनिर्देशक भूमिकामा रहनुपर्ने सरकारको भूमिका नै प्रहरीप्रति सकारात्मक बन्न सकिरहेको छैन । तालुक गृहमन्त्रालयको कुर्सीमा बसेका मन्त्री ओमप्रकाश अर्याल कतिपय अवस्थामा गृहमन्त्रीको भूमिका, जिम्मेवारी र दायित्व नै बिर्सेर बोलिरहेका छन् । भदौ २३ गतेको गोली प्रहार गरी विद्यार्थीको हत्या गरेको आरोप प्रहरीले खेपिरहेको छ भने २४ गते सुरक्षा व्यवस्था मिलाउन नसकेको र आत्मसमर्पण गरेको आरोप लागेको छ ।

    सबै दोषको जिम्मेवार प्रहरीलाई दिइएपछि चौतर्फी आक्रमणको निशानामा परेको प्रहरीको मनोबल खस्कनु स्वाभाविक नै हो । तर प्रहरीको खस्केको मनोबल उठाउनै पर्नेछ, महानिरीक्षक कार्कीले प्रहरी संगठनको खस्केको मनोबल उकास्न सरकारले गर्नुपर्ने कामबारे प्रधानमन्त्रीसहितलाई जिम्मेवारी सम्झाउनुपर्ने छ, समाजका विभिन्न निकाय र संस्थाहरुको भूमिका र सहकार्यले पार्ने प्रभावबारे जानकार कार्कीले तत्काल समुदायसँग सहकार्यको कार्यक्रम ल्याउन आवश्यक छ । प्रहरी समुदायका लागि हो, समुदायसँग दिनहुँजसो मिलेर काम गर्ने भएकाले समुदाय–प्रहरी सहकार्य बलियो नभई हुँदैन । भदौ २३ र २४ गतेको आन्दोलनमा आगजनी भएका काठमाडौंसहित विभिन्न ठाउँका प्रहरी कार्यालय भवन मर्मत र निर्माणमा समुदायको सहभागिताले गर्दा प्रहरीको लागि छिट्टै बास तयार भयो । प्रहरीको लागि मनोबल उकास्नको लागि यो काम महत्वपूर्ण थियो । अब समुदाय माझ सहकार्यलाई अभियानको रूपमा लैजानुपर्छ ।


    महानिरीक्षक कार्कीको कार्यकाल २९ महिना लामो छ, यो उनका लागि राम्रो काम देखाउने अवसर हो । अरू महानिरीक्षक झै औषत भएर निस्कने कि संगठनको छवि सुधार्नेदेखि केही नीतिगत र संरचनागत सुधार गरी आफूलाई अब्बल सावित गर्ने उनको परीक्षाको घडी हो । अहिलेसम्म उनको काम अब्बल रहेकाले धेरैले प्रहरीमा धेरै सुधार हुन्छ भन्ने अपेक्षा गरेका, तर राजनीतिक वातावरण त्यस अनुकुल बन्न कठिन रहेको छ । प्रहरीलाई अब साधनस्रोतमा पूर्ण बनाउनुपर्नेछ । सञ्चार उपकरणदेखि गाडी र पोशाकविहीन भएको प्रहरीलाई छिट्टै पूर्ण बनाएर फागुन २१ गतेको चुनावमा शान्ति सुरक्षा चुस्त बनाउनुपर्नेछ ।


    जेनजी आन्दोलनबाट पाठ सिकेर प्रहरी अघि बढ्नुपर्छ । कार्कीको नेतृत्वसँगै दुर्गा प्रसाईं समूहले आन्दोलनको घोषणा गरेको छ । समाज अराजक बनिरहेको र प्रहरी साधनस्रोतविहीन बनिरहेको बेला यो चुनौतीको सामना गर्ने सामथ्र्य बढाउनुपर्ने छ । प्रहरी संगठन दबाब र प्रभावबाट थिलोथिलो भएको थियो, अहिले त्यसमा अभाव थपिएको छ । यी तिनै विषयबाट मुक्त गर्ने सामथ्र्य जुटाउन सक्दा कार्कीको कार्यकाल सम्झनलायक हुनेछ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij