२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

हरैया बहुमुखी क्याम्पस क्यूएए प्रमाणीकरणको अन्तिम चरणमा

हरैया बहुमुखी क्याम्पस क्यूएए प्रमाणीकरणको अन्तिम चरणमा

हरैया बहुमुखी क्याम्पस क्यूएए प्रमाणीकरणको अन्तिम चरणमा

हरैया बहुमुखी क्याम्पस क्यूएए प्रमाणीकरणको अन्तिम चरणमा

हरैया बहुमुखी क्याम्पस क्यूएए प्रमाणीकरणको अन्तिम चरणमा
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बिहिवार, कार्तिक २७ २०८२
बिहिवार, कार्तिक २७ २०८२
  • कञ्चन । रुपन्देहीको ग्रामीण क्षेत्रमा स्थापित हरैया बहुमुखी क्याम्पस उच्च शिक्षाको लागि गुणस्तर आश्वासन एजेन्सी क्यूएए मान्यता प्रमाणीकरणको अन्तिम चरणमा पुगेको छ । विश्वविद्यालय अनुदान आयोगअन्तर्गतको गुणस्तर आश्वासन तथा प्रमाणीकरणका लागि  विश्वविद्यालयय अनुदान आयोगका प्रतिनिधिहरु हरैया बहुमुखी क्याम्पसको अन्तिम अवलोकन तथा निरीक्षणमा आएका छन् ।


    क्याम्पसको अन्तिम निरीक्षणमा आएका आयोगका प्रतिनिधिहरुले कार्तिक २९ गतेसम्म क्याम्पसको शैक्षिक, प्रशासनिक, भौतिक पूर्वाधार, वित्तीय व्यवस्थापन तथा छात्र–छात्रा सहभागितालगायतका विभिन्न पक्षहरूको निरीक्षण गरी सरोकारवालाहरुबिच अन्तक्र्रिया तथा छलफल समेत गर्ने हरैया बहुमुखी क्याम्पसले जनाएको छ । निरीक्षणको क्रममा टोलीले क्याम्पसले प्रस्तुत गरेका दस्ताबेज र प्रतिवेदनका आधारमा आवश्यक प्रश्नोत्तर सत्र समेत सञ्चालन गर्ने निरीक्षण टोलीका एक सदस्यले बताएका छन् ।


    विश्वविद्यालय अनुदान आयोगका हरैया बहुमुखी क्याम्पस क्यूएए  संयोजक प्राध्यापक डा. लेखनाथ भट्टराईले हरैया बहुमुखी क्याम्पसले क्याम्पसको उच्च शिक्षाको गुणस्तरीयताका मापदण्डहरू पूरा गर्ने दिशामा उल्लेखनीय प्रगति गरेको बताएका छन् । क्याम्पसका शुभेच्छुक तथा सरोकारवालहरु बिच क्याम्पसमा बुधबार भएको अन्तक्र्रिया कार्यक्रममा यूजिसीका प्रतिनिधि प्राध्यापक डा. भट्टराइले क्यूएए  प्रमाणीकरण क्याम्पसको रुपमा मान्यता प्राप्तीका लागि क्याम्पसले अझ उच्च शैक्षिक उत्कृष्टता हासिल गर्ने विश्वास व्यक्त गरे ।


    कार्यक्रममा कञ्चन गाउँपालिकाका उपाध्यक्ष मौसमी थापा मगरले हरैया बहुमुखी क्याम्पसले विश्वविद्यालय अनुदान आयोगले दिने सबै मापदण्ड र प्रकृयाहरु पूरा गरी छिट्टै नै उच्च शिक्षाको लागि गुणस्तर आश्वासन एजेन्सी क्यूएए  मान्यता पाउने विश्वास व्यक्त गरिन् ।


    सो कार्यक्रममा शिक्षाशास्त्र संकाय प्रमुख तथा क्यूएए  फोकल पर्सन विनोद पौडेलले विश्वविद्यालय अनुदान आयोगबाट प्री–भिजिटको क्रममा प्राप्त सुझाब अनुसार भएका कामको प्रगति विवरण प्रस्तुत गरेका थिए । उच्च शिक्षा सञ्चालन गरेका सामुदायिक तथा निजी क्याम्पसहरुलाई गुणस्तर आश्वासन तथा प्रमाणिकरण प्रक्रियाका लागि शिक्षण संस्थाको शैक्षिकस्तर, पारदर्शिता, उत्तरदायित्व र सुधारको मापदण्ड पूरा गर्ने संस्थालाई विश्वविद्यालय अनुदान आयोगले क्यूएए मान्यता दिने भएकोले हरैया बहुमुखी क्याम्पसले ती सबै आवस्यक मापदण्ड र प्रकृया पुरा गरेको पौडेलले बताए । 


    क्याम्पसको अन्तिम भ्रमणमा आएका विश्व विद्यालय अनुदान आयोगका प्रतिनिधिहरुलाई स्वागत गर्दै क्याम्पस प्रमुख प्रकाश खनालले क्याम्पसको अनुगमन तथा निरीक्षण सफलतापूर्वक सम्पन्न हुने र छिट्टै क्याम्पसले क्यूएए  प्रमाणिकरण प्राप्त गर्ने अपेक्षा गरिएको जनाए ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij