२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

बालबालिकाको पठन पाठनलाई

बालबालिकाको पठन पाठनलाई

बालबालिकाको पठन पाठनलाई

बालबालिकाको पठन पाठनलाई

बालबालिकाको पठन पाठनलाई
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
पाेखरेल पाल्पामा रहेर समसामयिक विषयमा कलम चलाउँछन् ।
बिहिवार, कार्तिक २७ २०८२
बिहिवार, कार्तिक २७ २०८२
  • पाल्पा
    पाल्पा रिब्दीकोट गाउँपालिकाले विद्यालयमा अध्ययनरत बालबालिकाको प्रतिभा पहिचान गर्ने उद्देश्यसहित पालिकाभित्रका विद्यालयमा आधारित ‘पालिकास्तरीय प्रतिभा पहिचान’  अभियान गरेको छ । यसले विद्यार्थीलाई पाठ्यपुस्तकसँगै बाह्य विषयमा पनि चासो बढाउन प्रेरित गरेको छ । 


    हरेक बालबालिकाको प्रतिभा पहिचान विद्यालयस्तरबाटै हुने गरेको छ । विद्यालयमा फरक–फरक क्षमता भएका बालबालिकाहरुको प्रतिभा बाहिर ल्याउन गाउँपालिकाले नीति कार्यक्रम र बजेटमार्फत् अभियान सुरु गरेको हो ।  पालिकास्तरीय प्रतिभा पहिचान कार्यक्रममा  गाउँपालिकाका विद्यालयहरुबाट तीन तहका प्रतियोगिताहरु सञ्चालन भएका छन्  ।  रिब्दीकोट गाउँपालिका शिक्षा शाखाले  कक्षा १ देखि ५ सम्मका बालबालिकाहरु बिच चित्रकला प्रतियोगिता, कक्षा ६ देखि ८ सम्मका विद्यार्थीहरुबिच हाजिरी जवाफ प्रतियोगिता, र कक्षा ९ देखि १२ सम्मका विद्यार्थीहरुबिच वादविवाद प्रतियोगिता प्रतिभा पहिचान  गरेको छ । 


    हाजिरी जवाफ प्रतियोगितामा गाउँपालिकाभित्रका १९ वटा आधारभूत विद्यालयका कक्षा ६ देखि ८ सम्मका ५७ जना विद्यार्थीले प्रत्यक्ष सहभागिता जनाए । प्रतियोगितामा  ६० प्रतिशत प्रश्न कक्षागत  पाठ्यपुस्तकमा आधारित  र ४० प्रतिशत समसामयिक सामान्य ज्ञानसम्बन्धी थिए । प्रतियोगितामा कालीका आधारभूत विद्यालय वडा नं. १, जोगिथुम प्रथम, भैरव मेमोरियल बोर्डिङ् स्कुल वडा नं. ४ द्वितीय र आदर्श माध्यमिक विद्यालय वडा नं. २, देउराली तृतीय भए । यस्ता प्रतिभा पहिचान कार्यक्रमले बालबालिकाको  पठन पाठनमा सुधार भएको, विद्यार्थीहरुलाई सक्रिय बनाएको, विद्यालयलाई समेत जागरुप बनाएको कालीका आधारभूत विद्यालय जोगिथुमका शिक्षक नारायण कुमालले बताए । 


    गाउँपालिकाले प्रत्येक शुक्रबार विद्यालयमा पठन पाठन गरी अतिरिक्त क्रियाकलापमार्फत् प्रतिभा पहिचान गर्ने नीति बनाएको छ । अतिरिक्ति क्रियाकलापमार्फत् प्रतिभा पहिचान नीति कार्यान्वयन गर्न पालिकाबाट निरन्तर अनुगमन बढाएको छ ।  बालबालिकाहरुलाई पठन–पाठनप्रति रुचि बढाउने, सिर्जनात्मक क्षमता विकास गर्ने र विविध प्रतिभाहरुलाई उजागर गर्न प्रतिभा पहिचान कार्यक्रम गरेको  शिक्षा शाखा प्रमुख टिकाराम आचार्यले जनाए ।  


    वादविवाद प्रतियोगिता “सामाजिक सञ्जाल ः वरदान कि अभिशाप” विषयमा विद्यार्थीहरुले गरेको तर्क विर्तकले विद्यार्थीको जागरुपतालाई बढाएको छ  ।  विद्यार्थीहरुले  विषयको पक्ष र विपक्षमा तर्क–वितर्क प्रस्तुत गर्दै सामाजिक सञ्जालका सकारात्मक र नकारात्मक दुवै पक्षबारे जानकारी पाएका छन् ।  यसले उनीहरुमा विचार अभिव्यक्तिको क्षमता र विश्लेषणात्मक सोंच विकास गर्न सहयोग पु¥याएको छ  । वादविवाद प्रतियोगितामा आर्दश मावि देउराली प्रथम, भवानी मावि कुसुमखोला द्वितीय र भैरव जनता मावि भैरवस्थान तृतीय भए । 


    चित्रकला प्रतियोगितामा बालबालिकाले आफ्नो कल्पनाशक्ति, सृजनात्मकता र सामाजिक सन्देशयुक्त चित्र कोरे ।  चित्रकलाले साना कक्षाका बालबालिकामा रंग र अभिव्यक्तिको माध्यमबाट विचार प्रकट गर्ने सीप विकास गरेको  छ । चित्रकला प्रतियोगितामा ज्ञानमाला मावि फेक प्रथम, लक्ष्मी मावि माल्मुङ्ग द्वितीय र भैरव मेमोरियल बोडिङ्ग स्कुल तृतीय भए । 


    यस्ता कार्यक्रमले बालबालिकाको आत्मविश्वास बढाउने, प्रतिस्पर्धाको भावना विकास गर्ने र समग्र शैक्षिक गुणस्तरमा योगदान पु¥याउन सहयोग पुग्ने गाउँपालिका अध्यक्ष नारायणबहादुर कार्कीले बताए । प्रतिभा पहिचान कार्यक्रमले   बालबालिकाको क्षमता विकासमा योगदान पु¥याएको छ  । रिब्दीकोट गाउँपालिकाले  सञ्चालन गरेको बालप्रतिभा पहिचान कार्यक्रमले विद्यालय शिक्षासँगै बालबालिकाको सिर्जनात्मक सोंच र आत्मविश्वासमा नयाँ ऊर्जा थपेको देखिन्छ । गुणस्तरीय बनाउँदै गाउँपालिका  

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij