२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

सदरमुकाम निर्माणमा चोरीका ढुंगा प्रयोग, करोडौंको राजस्व छली

सदरमुकाम निर्माणमा चोरीका ढुंगा प्रयोग, करोडौंको राजस्व छली

सदरमुकाम निर्माणमा चोरीका ढुंगा प्रयोग, करोडौंको राजस्व छली

सदरमुकाम निर्माणमा चोरीका ढुंगा प्रयोग, करोडौंको राजस्व छली

सदरमुकाम निर्माणमा चोरीका ढुंगा प्रयोग, करोडौंको राजस्व छली
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
श्रेष्ठ नवलपरासी (बसुपू) मा रहेर पत्रकारितामा क्रियाशिल छन् ।
बिहिवार, कार्तिक २७ २०८२
बिहिवार, कार्तिक २७ २०८२
  • नवलपुुर
    नवलपुरको कावासोती ३ मा निर्माणाधिन नमूना सदरमुकाममा भौतिक संरचना निर्माणको लागि प्रयोग गरिने अर्बौंको ढुंगामा करोडौंको राजस्व छलि गरेको पाइएको छ ।


    नमूना सदरमुकाममा ढुंगा आपूर्तिको जिम्मा पाएको कावासोतीका क्रसर व्यवसायी हेमुशंकर देवकोटाले विना बिल विजक, स्टक प्रमाणित समेत नगरेका चोरीका ढुंगाहरु बिक्री गरेका छन् ।


    जिल्ला प्रशासन र सम्बन्धित पालिकाले कामको अनुगमन नगर्दा यस्तो भएको पाइएको हो । सम्बन्धित पालिकाका कर्मचारी, प्रहरी, प्रशासन, ठेकेदारका साथै भवन निर्माण हेर्ने निकाय सघन सहरी तथा भवन निर्माण आयोजना चितवनका कार्यलयका कर्मचारीहरु सहितको मिलेमतोमा यस्तो भएको पाइएको हो ।


    स्थानीय क्रसर व्यवसायी एवम ठेकेदार हेमुशंकर देवकोटाले उक्त निर्माण क्षेत्रमा ढुंगा आपूर्तिको जिम्मा लिएको छ ।
    नवलपुरका प्रमुख जिल्ला अधिकारी भविश्वर पाण्डेले यस विषयमा आफूले सम्बन्धित व्यापारी देवकोटसँग कुराकानी गरेको र उसले उक्त ढुंगाको कागजपत्र पु¥याउन नसके प्रशासनले जफत गर्ने जनाए ।


    पाण्डेले भने – ‘नमूना सदरमुकाम निर्माणको काम पनि रोकिन भएन काम गर्ने बाहनामा राजस्व छली, अवैध उत्खनन् तथा चोरी निकासी पनि हुनु भएन । यदि उसले ढुंगा कहाँबाट कसरी ल्याएको प्रमाणित गर्न नसके जफत हुन्छ ।’


    नवलपुर जिल्लामा गत वर्ष खोलामा गिट्टी बालुवाको ठेक्का खुल्दासम्म नमूना सदरमुकाममा नदेखिएको यत्रा ढुंगा, खोला ठेक्का बन्द भएपछि रातारात थुप्रिएका हुन् । नमूना सदरमुकाम निर्माण स्थलमा गाउँबाट हेर्दा देखिने स्थानमा बारबेर गरेर काम गरिएको भए पनि ढुंगा ल्याउने स्थानमा भने चोरी गरेर थुपार्न मिल्ने गरी खुल्ला राखिएको छ ।


    यो ढुंगा कावासोतीको केरुङ्गे खोला, पत्थर खोला, हुप्सेकोटको गिरुवारी खोलालगायतका खोलाहरुबाट चोरी गरी ल्याएको खुलेको छ ।
    स्थानीय क्रसर व्यवसायी एवम् ठेकेदार हेमुशंकर देवकोटासँग यस विषयमा कुरा गर्दा उनले कुनै प्रतिक्रिया दिएनन् । उनले यस विषयमा भेटेरै कुरा गर्ने भन्दै तर्किए ।  


    कावासोती नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेष पाण्डेले आफूहरुले यस विषयमा अध्ययन गरिरहेको जानकारी दिए । उनले भने–‘निर्माणको नाममा राजस्व छलि हुन भएन ।’


    प्रमुख प्रशासकीय अधिकृत पाण्डेले आफूले यस विषयमा प्रमुख जिल्ला अधिकारीलगायत सम्बन्धित पक्षसँग छलफल गरिरहेको जानकारी दिए ।


    सघन सहरी तथा भवन निर्माण आयोजना चितवनका प्रमुख कृष्णकुमार महर्जनले आफूहरुले समान कहाँबाट कसरी ल्यायो भन्दा पनि ठेक्काअनुसार काम भए नभएको मात्रै हेर्ने विषय भएकोले यस विषयमा खासै जानकारी नभएको बताए । 
    उनले भने–‘निर्माणको नाममा प्राकृतिक स्रोत साधनको दोहन हुन भएन । त्यसैले हामीले स्थानीय पालिका र प्रशासनलाई यस विषयमा अनुगमन गर्न अनुरोध गरेका छौं ।’


    करिब एक सय ८० विगाहा क्षेत्रफलमा नमूना सदरमुकाम भित्रको भवनहरु निर्माण कार्य अहिले धमाधम चल्दैछ । यहाँ २ पटक गरी लागेको ठेक्कबाट ९ वटा कार्यालय भवनका साथै सभाहल, गेट, वाल कम्पाउण्ड, केरुङ्गे खोलामा तटबन्धन, सडक कालो पत्रेलगायतका काम हुँदैछ ।


    दुई फरक निर्माण कम्पनीले काम थालेको हालको आयोजनाको लागत ५ अर्ब २१ करोड रहेको छ । नमूना सदरमुकामको डीपीआर बमोजिम सबै काम सक्न कुल १६ अर्ब २५ करोड ५३ लाख ९० हजार लाग्ने अनुमान गरिएको छ ।


    संघीय सरकारअन्तरगतको जिल्ला प्रशासन कार्यालय, नवलपुर जिल्ला अदालत, जिल्ला समन्वय समिति, सशस्त्र प्रहरी, कोष तथा लेखा नियन्त्रण कार्यालय, सभा हल र ४ वटा एकीकृत भवनको काम अघि बढिरहेको छ ।


    कावासोती नगरपालिकाले अवैध ढुंगा खरिद गरेको सम्बन्धमा ठेकेदार कम्पनी समानान्तर जेभीलाई पत्र काट्ने तयारी गरेको छ । ढुंगा आपूर्तिको जिम्म पाएको व्यापारी हेमु शंकर देवकोटा जिल्ला प्रशासन कार्यालयबाट कागज पत्र मिलाइदिन भन्दै जिल्ला प्रशासन धाउने गरेको र एक जना अधिकृतमार्फत् प्रमुख जिल्ला अधिकारीसँग कुरा मिलाउन धाइरहेको समेत खुलेको छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij